धरान/ हेर्दा आकर्षक देखिने तर सुनको केही अंश मात्रै भएको बनावटी चुरा किन्दै हुनुहुन्छ ? होशियार † ठगिनुहोला । सिङ्गापुरबाट आयात गरिएको भन्दै सुन पसलहरुले नै गैरकानूनी रुपमा अहिले यस्ता कमसल चुराहरु बिक्री गरिरहेका छन् । [caption id="attachment_4811" align="aligncenter" width="800"]thagi चुरा बेच्दा दिइएको बिल । तस्विरः ब्लाष्ट[/caption] सुनको मात्रा दुई आनासम्म हुने त्यस्ता चुराहरु धरानका केही सुन पसलहरुले नै चार आना आउने मूल्यमा बिक्री गरिरहेका हुन् । पसलेले त्यस्ता चुरा २२ क्यारेट सुनबाट बनाइएको भन्दै बेच्ने गरेका छन् । यति मात्रै होइन, पसलहरुले समग्र सुनको आधा तौल जर्ती र ज्यालासमेत जोडेर यस्ता चुराहरु बेच्ने गरेका छन् । आकर्षक देखिने भएका कारण पनि महिलाहरु अहिले व्यापक मात्रामा ठगिने गरेको यो संवाददाता सुन पसलहरुमा पुग्दा जानकारी भयो । यस्ता कमसल चुराहरु बिक्री भइरहेको थाहा पाएपछि सुनसरी सुनचाँदी व्यवसायी सङ्घले नै आप्mना सदस्यहरुलाई आन्तरिक रुपमा सर्कुलर जारी गरेको पाइएको छ । सर्कुलरमा भनिएको छ, ‘बजारमा पोलिसको चुराका गरगहनाहरु सुनचाँदी पसलबाट बिक्री गरिएको र केही पसलेहरुले त्यस्ता सामान खरिद गर्ने गरेको र धितो बन्धकीसमेत राखेको सुन्नमा आएकाले त्यस्ता सामग्री खरिद बिक्री नगर्न सबैमा अनुरोध गरिन्छ ।’ यो सर्कुलर असार १ गते जारी गरिएको छ तर कतिपय सुन पसलहरुबाट असार ९ गतेसम्म र सङ्घकै कार्यसमिति सदस्यसमेत रहेका जगत लामिछानेको ऊँ साई ज्वेलर्सले असार १ गतेसम्म बेचेको पाइयो । लामिछानेको पसलमा केही थान त्यस्ता चुराहरु अभैm रहेको भेटिएको थियो । सङ्घले यसलाई सुनका गहनासमेत नमानी ‘पोलिस भएका चुराहरु’ भनेर दावी गरेको छ । तर यस्ता सयभन्दा बढी चुरा बेचेको रत्नरोडको प्लाटिनम ज्वेलर्सका सञ्चालक प्रदीप गहतराज र २० भन्दा बढी चुरा बेचेको शिखर सगरमाथा ज्वेलर्सका कृष्णबहादुर दर्नाल र लामिछानेले ‘रिफाइन’ गर्दा तोकिए जति नै सुन फेला परेको दावी गरेका छन् । ‘किनिसकेपछि रिफाइन गरेर हेर्दा लेखेअनुसार नै पायौँ ।’ [caption id="attachment_4812" align="alignnone" width="700"]sunchadi सुनसरी सुनचाँदी व्यवसायी सङ्घको सर्कुलर । तस्विरः ब्लाष्ट[/caption] उनीहरुको भनाइ छ । सर्कुलरपछि केही सुन पसलेहरु यस्तो कारोबार गर्न हच्किए पनि केही पसलमा अभैm यस्तो कारोबार भइरहेको छ । तर, रिफाइन गरेर परीक्षण गरेका ओम लामिछानेले भने तोकिएको तौलभन्दा ६५ मिलिग्रामसम्म कम भएको फोनमा बताए । त्यस्तै प्लाटिनम ज्वेलर्सबाट चुरा खरिद गरेर लगेकी एक महिलाले ५० प्रतिशतभन्दा बढी जर्ती लगाइएको थाहा पाएपछि फिर्ता गरिदिएको बताइन् । ‘उसको पसलमा सुन किनबेच गरिरहन्थेँ । पञ्चरत्न साट्नुपर्ने थियो’, नाम नछाप्ने शर्तमा उनले भनिन्, ‘त्यही बेला चुरा राम्रो लागेर किनेँ तर अति महङ्गो लिएछ । तत्कालै फिर्ता गरिदिएँ ।’ प्लाटिनमका सञ्चालक गहतराजले भने महङ्गो भएको हिसाबले ती महिलाले फिर्ता गरेको बताए । उनले सो चुरा ११ हजार २ सय ५० रुपैयाँमा बिक्री गरेका थिए । तर तौल २ आनाभन्दा थोरै मात्र बढी थियो जसमा जर्ती नै ५० प्रतिशतभन्दा बढी लगाइएको थियो । गहतराजले धरानका अधिकांश सुन पसलहरुले यस्ता चुरा बिक्री गरेको दावी गरे । कतिपय चुराहरुमा त ज्यालासहित जर्ती सुनको आधाभन्दा बढी नै लिने गरेको पाइएको छ । उनीहरुले आपूmहरुलाई नै केही महङ्गो परेको हिसाबले उपभोक्ताहरुलाई सबै कुरा बुझाएर बिक्री गरेको बताए । बजारमा यस्ता सामग्रीहरु धेरै पसलमा बिक्री भइरहेका छन् । सङ्घका जिल्ला अध्यक्ष किसन मास्केले सुन पसलहरुबाट त्यस्ता ‘लेपन गरिएका’ चुराहरु बिक्री भइरहेको जानकारी भएपछि सर्कुलर गरिएको जनाए । ‘हामीलाई जानकारी आएपछि तत्कालै सर्कुलर गरिदिएका थियौँ’, उनले भने, ‘कतिपयले नजानेर पनि लिन सक्छन् भनेर सचेत गराउने हिसाबले सर्कुलर गरिएको हो ।’ सो सर्कुलरबारे पनि ती पसलहरुमै पुगेपछि जानकारी भएको थियो । नाम नछाप्ने शर्तमा एक सुन व्यवसायीले भने, ‘सुन पसलेहरुले ग्राहकहरुलाई झुक्याएर बेच्न हुँदैन ।’ २ आनामा ५० प्रतिशत जर्ती लगाउनै नमिल्ने ती व्यवसायीको भनाइ छ । ‘त्यो सिधै गैरकानूनी हो । सरकारसँग नेगोसिएसन भएको १० देखि १२ प्रतिशतसम्म जर्ती हो’, ती व्यवसायीले भने, ‘हाम्रो माग १५ प्रतिशतसम्म लगाउन पाउनुपर्छ भन्ने हो तर यहाँ त ५० प्रतिशतसम्म जर्ती लगाइएको पाइयो ।’ ती व्यवसायीले सुन तौलको हिसाबले बिक्री हुने भए पनि यस्ता चुरा गोटा गन्तीको हिसाबले बिक्री हुने गरेको दावी गरे । यो विषय प्रहरीसम्म पुगेको छैन । धरानका डीएसपी ढकेन्द्रप्रसाद खतिवडाले यो विषयमा अहिलेसम्म कोही पनि नआएको बताए ।