धरान/युरोपियन युनियनमा रहनु पर्ने स्पस्ट धारण राख्दै आएका बेलायती राष्ट्रपती डेभिड क्यामरुनले आफ्नो नीती धारण बिपरित बहुमत आएपछि राजीनामा दिने भएका छन् । उनले अक्टोबरमा पद छाड्ने बताएका छन् ।
ऐतिहासिक जनमत संग्रहमा ५२ प्रतिसत मत युरेपीयन युनीयनबाट अलग रहनु पर्ने पक्षमा खसेको छ । क्यामरुन युरोपीयन युनियनमा रहनु पर्ने पक्षमा थिए ।

क्यामरन २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए ।क्यामरनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए । क्यामरनले प्रधानमन्त्रीका रुपमा ६ वर्ष देशको सेवा गर्न पाएकामा आफु खुसी रहेको समेत बताएका छन् ।
उनले देशलाई अब नयाँ नेतृत्वको आबश्यक्ता परेको भन्दै नयाँ बाटोमा हिड्न नयाँ नेतृत्व चाहिएको बताएका छन् । एसेन्सी