धरान / भारत सरकारले चिनसँग परमाणु आपूर्तिकर्ता समूह (एनएसजी) को सदस्यताका लागि औपचारीकरुपमा नै सहयोग मागेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी सी जिनपिङसँग त्यस्तो सहयोग मागेका हुन् । विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले मोदीले चिनियाँ राष्ट्रपतिसँग त्यस्तो सहयोग मागेको जानकारी दिएका छन् ।

भारतलाई उक्त समूहको सदस्यता दिने विषयमा चिनले आफुलाई विपक्षमा उभ्याउँदै आएको छ । टर्की, न्युजिल्यान्ड र दक्षिण अफ्रिका जस्ता देशले भारतलाई समर्थन नदिएका कारण आफु सहयोग गर्न नसक्ने चीनले बताउँदै आएको छ । अमेरिका, फ्रान्स जस्ता देश भने भारतको पक्षमा वकालत गर्दै आएका छन् । उक्त समूहको सदस्य हुनलाई सर्वसम्मत समर्थन आवश्यक पर्छ ।