काठमाण्डौ / अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १२ जना नेपालीको ज्यान गएको छ । पराराimageष्ट्र मन्त्रालयले १२ जना नेपाली युवाको नाम परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका हुन् । पराराष्ट्रमन्त्रालयले जनाए अनुसार मृत्यु हुनेमा सुनसरीका अंकुर तामाङ, काठमाण्डौका हरिवहादुर बरुवाल क्षेत्री, चनद्रबहादुर रानामगर, विदुरबहादुर सुवेदी क्षेत्री, पर्वतका नविनबहादुर क्षेत्री, नुवाकोटका लिलबहादुर गुरुङ,मधुसुदन कोईराला, डम्बरबहादुर तामाङ, बुटवलका जितेन्द्रसिंह थापा, चितवनका कृष्णबहादुर ढुंगाना, र लमजुङका अमृतबहादुर थापा रहेका छन् । घाईतेहरुमा प्रेमबहादुर क्षेत्री मोरङ, चेतप्रसाद शेरचन म्याग्दी, कुमारबहादुर गुरुङ गोरखा, मानबहादुर थापा मुग्लिङ, कृष्णकुमार देउजा चितवन, अमृत रोकाया सुर्खेत, च्याङ्बा तामाङ नुवाकोट रहेका छन् ।