काठमाडौ/ अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम आक्रमण हुँदा १४ नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परी १४ जना नेपालीको मृत्यु भएको हो । अफगानी गृहमन्त्रालयले प्रकाशित गरेको विज्ञप्तीका अनुसार बिस्फोटमा परी हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । आक्रमणमा परेको मिनीबसमा १४ जना नेपाली सुरक्षागार्ड सवार थिए । अन्य ९ जना नेपाली घाइते भएका छन् । तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५ः४० बजे आत्मघाती हमला गरेका थिए । पाकिस्तानस्थित नेपाली दूतावासले घटना सम्बन्धी विस्तृत जानकारी लिने काम भइरहेको बताएको छ । तालिबानका प्रवक्ता जबिउल्ला मुजाहिदले ट्वीट गर्दै उक्त हमलाको जिम्मेवारी लिएका छन् । घटनास्थलमा कयौं एम्बुलेन्स पुगेर घाइतेलाई धमाधम अस्पताल पु¥याइरहेका छन् । स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । ती आक्रमणकारीले मिनिबस आफू नकिज आइपुगेपछि बमले उडाएका हुन् । अफगान मिडियाले एक सरकारी अधिकारीलाई उधृत गर्दै जनाए अनुसार रमजान सुरु भएपछि काबुलमा यो पहिलो आतंकी हमला हो ।