उर्लाबारी/ एक सहकारी संस्थाले उर्लाबारीमा शुक्रबार अन्र्तर मावि स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उर्लाबारी ३ मा रहेको सुर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको प्रतियोगितामा उर्लाबारी, मधुमल्ला र टाँडी भित्रका ७ वटा मावि तथा उच्च माविको सहभागिता रहेको थियो । प्रतियोगितामा मधुमल्लाको मनोहर उच्च मावि प्रथम, मधुमल्लाको शारदा मावि द्धितिय, मधुमल्लाकै देवकोटा मावि तृतिय र उर्लाबारीको राधिका उच्च मावि सान्तवना भएका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना भएकालाई शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका सचिव गोपाल भट्टराईले बताएक छन । कार्यक्रम श्रोतब्यक्ति पूर्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता तथा संस्थाका कार्यवाहक अध्यक्ष धर्मप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।