धरान/नेपाल बिद्युत प्राधिकरणका कर्मचारीले पाउने प्रोत्साहन भत्ता बितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले निर्देशन दिएको छ । अख्तीयारले औपचारीक पत्र नै पठाएर प्राधिकरणलाई भत्ता बितरण नगर्न निर्देशन दिएको हो । निर्देशनको बोधार्थ अर्थ मन्त्रालयलाई पठाईएको छ ।akhatiyar

नेपाल विद्युत प्राधिकरणले कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता वितरण गर्दे आएको थियो ।घाटा बेहोरीरहेको संस्थाले भत्ता वा बोनस पढ्नु नाजायज हुने अख्तीयारको ठहर छ । वार्षिक अबौं रुपैयाँ घाटा बेहोरिरहेको विद्युत प्राधिकरणले करिब ६६ करोड रुपैयाँ व्ययभार पर्ने गरी कर्मचारीलाई प्रोत्साहन दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गराउन अख्तीयारले उर्जा मन्त्रालयलाई समेत पत्राचार गरेको छ ।