धरान/रोजगारीको सिलसिलामा भारतको मुम्बाई पुगेका दुई नपालीको क्रुरतापूर्वक हत्या गरिएको छ । स्थानिय एक समुहले मदिरा पिउन पैसा माग्दा नदिएपछि नेपाली युवाहरुको हत्या गरेको मुम्बाई प्रहरीले जनाएको छ । उनीहरुले धारिलो हतियारले शरिरका बिभिन्न भागमा काटिएको छ भने लिङग समेत काटेर फालिएको छ । स्थानिय मारुल पाडा उल्लाहस नगरमा शुक्रबार बिहान उनीहरुको हत्या गरिएको जनाईएको छ । रोजगारिको सिलसिलामा श्रीमती र छोराछोरी लिएर मुम्बाई पुगेका कैलालीको लम्कीचुहा चौरी निवासी ३१ वर्षीय मदन सुनार र २६ वर्षीय राजु सुनारको भारतीयबाट हत्या भएको हो । हत्या गरिएका युवा मदन इलेक्ट्रोनिक्सको काम गर्दै आएका थिए भने राजु सेक्युरीटी गार्डको काम गर्ने गरेको जनाईएको छ ।उनीहरु दुबैजना स्थानिय बालाजी प्यालेसमा बस्दै आएका थिए । मुम्बाई प्रहरीले हत्याको आशंकामा एक महिला सहित पाँच जनालाई पक्राउ गरेको छ ।हत्यामा प्रयोग गरिएको चक्कु,मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।पक्राउ परेकी महिला बालाजी प्यालेसमा नै बस्ने गरेको र मदन र ति महिला बिच केहिदिन अगाडि सामान्य बिबाद भएको स्थानिय टिटवाला पुलीस थानाका पुलिस इन्पेक्टर नागरेले स्थानिय मिडियालाई जानकारी दिएका छन् ।प्रहरीले हत्या आरोपमा स्थानीय अनिल मेघदास पेट्निया, हरदीप सिंह, त्रिलोक सिंह गिल, राम अनिल डेम्बानी, विशाल सिंह र सोनु सिंह लाई पक्राउ गरेको छ । नेपालीहरुको हत्यापछि मुम्बाईमा रहेका राजनैतिक दल तथा नेपाली अधिकारकर्मीहरुले अपराधीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।