तरहरा/ संविधान निर्माण भइसकेको अवस्थामा स्वतन्त्ररुपले व्यवसाय गर्ने वातावरण बनाइदिन व्यापारी÷व्यवसायीले सरकारसँग माग गरेका छन् । राजनीतिक आन्दोलनमार्पत् संविधान जारी भइसकेको अवस्थापछि पनि स्वतन्त्ररुपले व्यवसाय गर्ने वातावरण नभएको गुनासो गर्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
नेकपा एमाले समर्थित व्यवसायीहरुको संस्था नेपाल राष्ट्रिय वाणिज्य सङ्घ इटहरी उपमहानगर कमिटीको बिहीबार आयोजित दोस्रो अधिवेशनमा भेलामा बोल्ने व्यवसायीहरुले यस्तो माग गरेका हुन् । नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले देशमा अब आर्थिक क्रान्तिका लागि सरकार लाग्नुपर्ने बताए । सरकारले देशको आर्थिक रुपान्तरण गर्नका लागि पहिले लगानीको वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।
उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा व्यवसायी लिलम बस्नेतले इटहरीमा असुरक्षाका कारण व्यवसायीहरुले साँझमै व्यवसाय बन्द गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘छिमेकी शहरहरुमा राति १० बजेसम्म व्यवसाय सञ्चालन गर्ने तर इटहरीमा भने बेलुका ७ बज्न नपाउँदै व्यवसाय बन्द गर्नुपर्ने अवस्था छ ।’ शान्तिपूर्ण ढङ्गबाट व्यापार÷व्यवसाय गर्न सहज वातावरण तयार गर्नुपर्ने उनले बताए ।
यसैबीच, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष समेत रहेका लिलम बस्नेतले कार्यक्रममार्पmत् उद्योग वाणिज्य सङ्घ इटहरीका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आगामी असार २३ गते हुने उवासङ्घको चुनावमा अध्यक्षमा उठ्ने बताएका हुन् । उनीसँगै अन्य व्यवसायीले पनि उम्मेदवारीको घोषणा गरेका थिए ।
वर्तमान कार्यसमितिका सदस्य समेत रहेका शैलेस विष्ट, कमल पौडेल, उमानाथ दाहाल, टङ्क खनालले पनि उम्मेदवारी घोषणा गरे । यस्तै मुना तिम्सिना र सञ्जु सिग्देलले पनि महिला तर्पmबाट सदस्यको उम्मेदवारी दिने घोषणा गरेका छन् ।