सोल/ दक्षिण कोरियाको सैनिकले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको छ ।
अज्ञात रुपमा नै उत्तर कोरियाले चौथोपटक गर्न लागेको सो मध्यमदूरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएको पत्ता लागेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
दक्षिण कोरियाली सेनाका एकजना अधिकारीले टेलिफोनबाट दिएको जानकारीमा उत्तरले मङ्गलबार बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको जनाएको छ ।
मङ्गलबार बिहान साढे पाँच बजेमात्र उत्तर कोरियाकोkoroya पूर्वी तटीय क्षेत्र वानसनबाट बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको बताएको हो ।
सो तयारीको सूचना पनि सोलले प्राप्त गरेको जनाएको थियो । सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो ।
उत्तरले कोरिया गएको जुन महिनादेखि पटक–पटक क्षेप्यास्त्र परीक्षण गरेर विवादमा आएको छ । त्यसमध्ये यसअघिको अर्काे एक परीक्षण पनि असफल भएको बताइएको थियो ।
कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौं कङ्ग्रेसको सम्बोधनका क्रममा उत्तर कोरियाली नेताले आपूmले निशस्त्रीकरणका लागि संसारमै सहयोग गर्ने बताएका थिए ।
यस्तै उनले दक्षिण कोरियासँग वार्ताको प्रस्ताव पनि गरेका थिए । तरपनि उत्तरको यसअघिको अविश्वासका कारण दक्षिण कोरिया सो प्रस्तावबाट सन्तुष्ट हुन सकेको छैन ।  
दुवै राष्ट्रले एकअर्काको सम्मान गर्नुपर्ने र वास्तविक रुपमा सम्बन्ध सुधारका लागि एक आपसमा सम्मानका हात पैmलाउन सक्नुपर्ने धारणा उनले त्यस अवसरमा राखेको भएपनि वास्तवमा त्यसो हुन सकिरहेको छैन ।
दक्षिण कोरियालाई मुठभेडको मानसिकता त्याग्न र कानुनी एवम् अरु धेरै किसीमका बाधा व्यवधानहरुलाई अघि सारेर एकीकरणका निम्ति पर्नसक्ने अप्ठेराहरुलाई बिर्सेर व्यावहारिक रुपमा सम्बन्ध सुधारको मार्गमा लाग्न उनले आग्रह समेत गरेका थिए ।
दुई कोरियाबीच पछिल्लो समयमा निकै नै चिसिएको सम्बन्धको सुधारका लागि द्विपक्षीय वार्ताका लागि प्योङयाङले गरेको प्रस्ताव दक्षिण कोरियाले अस्वीकार गरेको छ ।
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भइसकेको बताउने गरिएको छ ।
तर मङ्गलबार बिहान गरेको भनिएको सो असफल क्षेप्यास्त्र परीक्षणका बरेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन ।