धरान / पार्टी एकता भएको एकसाता नहुदै नेकपा माओवादी केन्द्रमा विवाद चुलिएको छ । पार्टी एकतासँगै चुलिएको पदीय भागवन्डा विवादका कारण पुराना एक केन्द्रिय सदस्यले पार्टी परीत्यागको घोषणा गरेका छन् । चितवनका पुराना नेता सन्देश पौड्यालले सामाजिक संजाल फेसवुक मार्फत पार्टी परीत्यागको घोषणा गरेका हुन् ।
तत्कालिन जनमोर्चा नेपालसँगको पार्टी एकीकरणका क्रममा माओवादीमा आएका पौड्यालले लामो समयमा वाईसिएलको नेतृत्व तहमा क्रियसिल रहेका थिए । नवगठित केन्द्रिय समितिमा सहभागि लाई लिएर माओवादी भित्र विवाद देखिएको छ । जिल्ला तहको हैसियत समेत नरहेकाहरुलाई केन्द्रिय सदस्य वनाईएको भन्दै माओवादी नोताहरुले सामाजिक संजालवाटै तिव्र असन्तुष्टि व्यक्त गरीरहेका छन् । उता धादिङमा समेत विवाद चुलिएको छ । जिल्ला अध्यक्षलाई छाडेर सचिवलाई केन्द्रिय सदस्य वनाईएपछि विवाद वढेको हो । प्रचण्ड कै छोरीले समेत असन्तुष्टि जनाउँदै महाधिवेषन हलवाटै प्रतिनिधिवाट चुनिएर मात्रै केन्द्रिय सदस्य वन्ने अभिव्यक्ति दिएकी थिईन् ।