धरान / अज्ञात समूहको गोली लागेर धरान–११ का एक युवाको मृत्यु भएको छ । भारतीय सेनाबाट अवकास भएका मिनबहादुर राईको चारदिन अघि अफगानिस्तानको काबुलमा गोली लागेर मृत्यु भएको हो । indexअफगानको आइडिजी सेक्युरिटी लिमिटेडमा सुरक्षागार्डको रुपमा कार्यरत रहेका बेला अज्ञात समूहले गरेको गोली प्रहारबाट निधन भएको थियो । निधन भएपश्चात पीडित परिवार शोकाकुल छ । भोजपुर छिनामखु गाविस घर भएका उनले भारतीय सेनामा रहेका बेला धरान–११ शान्तिचोकमा घर बनाएर बसेका थिए ।
यही क्रममा दुईवर्ष अघि बैदेशिक रोजगारीको शिलशिलामा अफगानिस्तान पुगेका थिए । उनको एकछोरा र एक छोरीसहित चारजनाको परिवार धरानमा बस्दै आएको थियो । श्रीमानको निधनपश्चात अहिले श्रीमति बिमला शोकमा डुवेकी छिन् । उनको हत्या बारे हालसम्म अफगान सरकारले कुनै आधिकारिक धारणा सार्वजनिक नगरे पनि विद्रोही समूहको गोली प्रहारबाट मृत्यु भएको बताउँदै आइरहेको छिमेकीहरुले बताएका छन् ।
उनी ललितपुरस्थित युनिभर्सल कनेक्सन प्रालि नामक मेनपावरबाट अफगान पुगेका थिए । उनको शव ल्याउने तयारी भइरहेको आफन्तजनले बताएका छन् ।