1 photo sport taplejung
रविन भट्टराइ/प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ताप्लेजुङमा आयोजित मैत्रिपुर्ण फुटबल खेलमा पत्रकार एघार, कर्मचारी एघार सँग ५–१ गोल अन्तरले पराजित भएको छ ।
सदरमुकाम स्थित नयाँ रणभिम गुल्मको खेल मैदानमा भएको मैत्रिपुर्ण खेलमा पहिलो हाफ सम्म १–१ गोलको बराबरी भए पनि दोस्रो हाफमा कर्मचारीका तर्फबाट ४ गोल भएको थियो । एक आत्मघाती गोल भने पत्रकार केशव कुमार लामाले आफ्नै पोस्टमा लगाउँदा सञ्चारकर्मि ५–१ गोल अन्तरले पराजित भएको हो ।
कर्मचारीका तर्फबाट पहिलो हाफ सम्म प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे, प्रहरी नायव उपरीक्षक रामबहादुर केशी, योजना अधिकृत अम्बिका प्रसाद चौलागाई समेतले खेलेका थिए भने दोस्रो हाफमा कर्मचारीका युवा तथा व्यवसायिक खेलाडि मैदानमा उतारेका कारण पनि खेल नतिजा सञ्चारकर्मिको पक्षमा नपरेको सञ्चारकर्मिले बताएका छन् । सञ्चारकर्मिको खेलका लागि पुर्व तयारी नहुनु पराजित हुनुको मुख्य कारण रहेको पत्रकार खगेन्द्र अधिकारीले बताए । राष्ट्रसेवक कर्मचारी र पत्रकार विच यसरी मैत्रिपुर्ण खेल र अन्तरक्रिया भए सम्बन्ध सुमधुर हुने भएकाले पत्रकारीता दिवसका अवसरमा खेलको आयोजना गरीएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । दिवसका अवसरमा विहिबार विहान जिल्लाका स्थानिय रेडियोहरुमा राजनितिक दल, प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मि विच अन्तरसम्बाद कार्यक्रमको आयोजना गरीएको थियो भने साँझ सञ्चारगृह र पत्रकार महाँसंघको कार्यालयमा दिप प्रजलन गरीएको नेपाल पत्रकार महाँसंघ ताप्लेजुङ शाखाका उपाध्यक्ष माला पालुङ्वाले बताईन् । भोली शनिवार विहान सदरमुकाममा प्रभातफेरी सहित जिल्ला विकास समितिको सभाहलमा अन्तरक्रिय कार्यक्रम गरी यस वर्षको पत्रकारीता दिवस सम्पन्न गरीने बताईएको छ ।