
धरान/अरबौ रुपैया राजश्व छलि गरेको पुष्टि भएपछि अहिले युवाहरुले एनसेललाई कर तिर्न दवाव दिईरहेका छन् । एनसेललाई कर तिर्न दबाब लिने उदेश्यले पुर्बका भिन्न ठाउहरुमा दबाब मुलक कार्यंक्रमहरु सञ्चालन भईरहेका छन् ।
सरकारले भने यस बिषयमा अहिले सम्म केहि बोलेको छैन । कर तिर्न दबाब दिने उद्धेश्यले बिहीबार सुनसरीको इटहरीमा एनसेल यूजर ग्रुपले हस्ताक्षर अभियान चलाएका छ । हस्ताक्षर अभियानमा सहभागिहरुले एनसेललाई जिम्मेवार हुन आग्रह गरेका छन् । ‘कर नतिर्नु अपराध हो,अपराधिलाई कारबाहि हुन्छ’ झपाको बुधबारेमा एनसेल बिरुद्ध अभियान चलाई रहेका सन्तोष तिम्सीनाले भने ‘राज्यले कारबाहि गरेन भने हामी राज्य बिरुद्ध अभियान थाल्छौ. ।सुनसरीको इटहरीमा भएको दबाबमुलक अभियानमा नयाँ शक्तिका अभियन्ता मोहन तिम्सिनाले राज्य कोषमा ठुलो रकम जम्मा हुनबाट चुकेको भन्दै एनसेललाई जसरी भए पनि करको दायरमा ल्याउनु पर्ने धारणा राखेका थिए ‘ एनसेल पे योर ट्याक्स” लेखेर राखिएको सात मिटरको ब्यानरमा पाँचहजार वढी सर्वसाधारणले हस्ताक्षर गरेको बताईएको छ । संकलन गरिएको हस्ताक्षर एनसेललाई बुझाईने अभियानकर्मी हिरा आचार्यले जानकारी दिएका छन् ।


इटहरीका सञ्चारकर्मि मिलन बिछोडले इटहरीका सचेत नागरिकहरुले एनसेलको सिम एनसेल सेन्टरमा गएर फिर्ता गरेको जनाएका छन् ।उनले आफ्नो फेसबुक स्टाटसमा ‘ एनसेललाइ जिम्मेवार बनाउन र राज्यलाइ झकझक्याउन नगारिकको खाचो छ ।भन्दै सचेत नागरिकलाई दबाब अभियानमा सहभागि हुन आग्रह गरेका छन् । अर्का सञ्चारकर्मी हिमाल युगपथले पनि आफ्नो फेसबुकमा स्टाटसमा यस्तो लेखेका छन् ‘ एनसेल किनबेच र कर छली प्रकरण – नाफा एनसेलले गरेको होइन, त्यसैले कर तिर्न एनसेल बाध्य छैन । नाफा गर्ने त टेलियासोनेरा हो, एनसेलमा गरेको आफ्नो लगानी बेचेर ऊ बाहिरिइसक्यो । टेलियासोनेरा नेपाली कम्पनि होइन, हाम्रो देशको नीति पनि उसलाई बाँध्ने खालको भएन, त्यसैले नेपाललाई लाभ कर तिर्दिनँ भन्ने हिम्मत गर्न सक्यो । अब सरकारलाई खबरदारी सुरु गरौं । ताकि अहिले एनसेल किनेको मलेसियन कम्पनि एक्जियाटाले फेरी अर्कोलाई नाफामा बेच्दा हामीलाई समेत कर तिरोस् ।’ उनले स्टाटस मार्फत राज्यको फितलो कानुनलाई तत्काल सुधार गर्नु पर्ने र करका बिषयमा राज्य गम्भिर बन्नु पर्ने सन्देश दिएका छन् ।