Pradip-gywali

काठमाडौँ  / नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले सरकारमाथि देखापरेको सङ्कट तत्कालका लागि समाधान भएको बताएका छन् ।  रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले विभिन्न शक्तिले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएर संविधान कार्यान्वयनमा अवरोध पु¥याउने उद्देश्यले सत्तारुढ दलभित्र विभाजन ल्याउन खोजेको भए पनि त्यो प्रयास अहिले असफल भएको बताए । सचिव ज्ञवालीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर जुनसुकै दलको नेतृत्वमा पनि राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने तथ्य औँल्याउँदै त्यसका लागि आफ्नो पार्टीले मार्ग प्रशस्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसका नेता धनराज गुरुङले मुलुकमा विद्यमान चुनौती तथा मधेसका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो दलले एनेकपा (माओवादी)का अध्यक्षलाई प्रस्ताव गरेको जानकारी गराएका थिए । । एनेकपा (माओवादी)का नेता दीनानाथ शर्माले वर्तमान सरकारले प्रतिपक्षमा बसेका काँग्रेसलगायत दललाई समेत सरकारमा सहभागी गराउनुपर्ने सुझाव दिँदै अन्यथा राष्ट्रिय सरकार निर्माणका लागि बाटो खुल्ला गर्नुपर्नेमा जोड दिए । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले मोर्चाका माग पूरा नहुँदासम्म आफूहरु सरकार फेरबदलमा नलाग्ने र सरकारमा पनि सहभागी नहुने बताए । रासस