धरान/प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार गतिशिल हिसाबले सञ्चालन हुने बताएका छन् । सरकारले ल्याउने निती तथा कार्यक्रम र oooooबजेट सबै पक्षलाई सहभागि गराईने बताएका छन् ।

उनले एमाओबादीले समर्थन फिर्ता लिए संसद विघटन हुन्छ भनेर हल्ला फिजाईएको प्रति दुःख ब्यक्त गरे । हरेक समस्या र अफट्यारोहरुमा हरेक बिकल्पको बारेमा छलफल हुने भएकाले छफलफका बिषयलाई अनाबश्यक हल्ला हुनु दुखद हो उनले भने । उनले संसद बिघठन नहुने स्पष्ट पारेका छन् ।

बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘  संसदको अभ्यासबाट अघि बढने हाम्रो संस्कारलाई हामी छाड्दैनौ ।’म सबैलाई बिश्वास दिलाउन चाहान्छु सरकार बिश्वासमा चल्छ अाेलीले भने ।