बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ र ९ मा निर्माणाधीन घरमा प्रयोग गरिएको एड्भान्स सिमेन्ट कमसल भएको दाबी घरध
नीले गरेका छन् । वीरगञ्जबाट उत्पादित उक्त सिमेन्ट गुणस्तरहीन रहेको उनीहरुले बताएका छन् ।
घर निर्माणका लागि धनपति सत्याल र अरुण सुवेदीले एड्भान्स सिमेन्ट प्रयोग गरेका थिए । तर, ढलाइ गरेको ३० दिन बित्दा पनि सिमेन्टले काम नगरेको उनीहरुको भनाइ छ । ‘घरको पिलरबाट बुर्बुर् बालुवा निस्कन्छ’, पिलर देखाउँदै सत्यालले भने, ‘धेरै दिन बित्दा पनि पिलर सेटिङ भएन ।’ सिमेन्टमा खराबी भएको शङ्का लागेपछि उनीहरुले त्यसबारे कम्पनीलाई जानकारी गराएका थिए । कम्पनीका बजार प्रतिनिधि भनिने सञ्जयकुमार अधिकारीले २०÷२१ दिनपछि सिमेन्ट सेट हुन्छ भनेर जवाफ दिएको सत्यालले बताए ।
एड्भान्स सिमेन्ट बुट्टाबारीको गौतम हार्डवेयरबाट खरिद गरिएको थियो । सो सिमेन्टबाट निर्माण गरिएको घरको पिलरहरु कामै नलाग्ने भएपछि पटक–पटक कम्पनीसँग कुरा राख्दा पनि आनाकानी गरिरहेको घरधनीहरुले बताएका छन् । कम्पनीले इञ्जिनियर ल्याएर जाँचबुझ पनि ग¥यो । घरको पिलरको फोटो तथा नमूना समेत लिँदा सिमेन्टमा खराबी रहेको परीक्षणमा देखिएको भनी इञ्जिनियरले बताएको घरधनीले बताएका छन् । कम्पनीले सिमेन्टमा खराबी रहेकाले क्षतिपूर्ति दिलाउने आश्वासन दिएपनि अहिलेसम्म कोही सम्पर्कमा नआएको घरधनीले बताएका छन् । उनीहरुले अन्यायमा परेकाले आपूmहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । खराब सिमेन्ट बिक्री गर्ने कम्पनीलाई आवश्यक कारवाही गर्न घरधनीले माग समेत गरेका छन् ।
यता कम्पनीका प्रदीप कोइरालाले एड्भान्स सिमेन्टमा त्यस्तो कुनै समस्या नआउने जानकारी दिँदैे त्यस विषयमा बुभ्mने प्रतिक्रिया दिए ।