विजयपुर/प्रहरीले आ
फ्नो पतिलाई झुटो अभियोग लगाएर फसाउन खोेजेको भन्दै धरान– १८ स्थित सारङ्गी होटलकी सञ्चालिका इन्दिरा राईले न्याय गरिदिन आग्रह गरेकी छिन् । बुधबार पत्रकार तथा राजनैतिक दलसँग गुनासो सुनाउँदै उनले आफ्नो पति सुवास राईलाई प्रहरीले झुटो मुद्दामा फसाएको बताएकी हुन् ।
बैशाख १९ गते छापामार शैलीमा आएका प्रहरीले होटलमा छापा मारेको सञ्चालिका राईले भनिन् । होटलमा केही नभेटेपछि १०४ नम्बर कोठाको सिरानेमा गाँजा भेटिएको भन्दै समातेर लगेको उनले जानकारी दिइन् । ‘प्रहरी आपैंmले गाँजा राखेको हो भन्ने हाम्रो ठम्याइ हो’, गुनासो सुनाउँदै उनले भनिन्, ‘प्रहरीले निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाउँदै छ ।’ इलाका प्रहरी कार्यालय धरानले भने गाँजा खरिद–बिक्री भइरहेको सुराकी पाएपछि आफुहरु गएर नियन्त्रणमा लिएको जनाएको छ ।
इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले सुराकीले दिएको सूचनाका आधारमा खानतलासी गर्दा एक सय ५० ग्राम गाँजा भेटिएको जनाए । कोठा खानतलासी गर्दा गाँजा भेटिएकाले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए । राईलाई १९ गतेबाट लागू हुनेगरी १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । प्रहरी आफैले गाँजा राखेको आरोपको उनले खण्डन गरे ।