जुवा (दक्षिण सुडान) /  दुई हप्ताअघि इथियोपियाको गाम्वेला क्षेत्रबाट अपहरणमा परेका १२५ जना इथियोपियाली बालबालिकामध्ये ३२ जना सकुशल फिर्ता भएका छन् ।  दक्षिण सुडानबाट आएको एक समूहले करिब दुई हप्ताअघि २०४ जना इथियोपियाली गाउँलेहरूको हत्या गरेको र करिब १२५ जना बालबालिकाको अपहरण गरी दुई हजार वस्तुभाउ लुटेर दक्षिण सुडानी सीमा क्षेत्रतिर लगेका इथियोपियाली सरकारले बताएको थियो ।
गाउँलेको हत्यापछि बालबालिकाको अपहरण गरी लगेको समूहलाई दुवै देशको सुरक्षाकर्मीको सहयोगमा उद्धार प्रयास जारी रहेको इथियोपियाली सरकारले बताएको छ ।
बालबालिकालाई दक्षिण सुडानको मुर्ले समुदायकोे एक समूहले अप्रिल १५ का दिन लगेको इथियोपियाली सरकारले जनाएको छ । एपी