ओस्लो (नर्वे) /नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा शुक्रबार दुर्घटनाग्रस्त हेलिकोप्टरमा यात्रारत ११ जनालाई मृत अवस्थामा उद्धार गरिएको छ । अन्य दुईजना अझै बेपत्ता भएको उद्धार कार्यमा सम्लग्न टोलीले बताएको छ । हेलिकोप्टरमा १३ जना मानिस यात्रारत भएको जनाइएको छ । उनीहरू कसैलाई पनि जीवित उद्धार गर्न सकिनेमा उद्धार टोलीले शंका व्यक्त गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि हेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएकोे स्थानीय सञ्चारमाध्यमले जनाएका थिए । एउटा भयानक विष्फोट पछि आफूहरुले करिब मानिसहरू समुद्रमा तैरिरहेको अवस्थामा देखेको नर्वेली प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टेलिभिजन स्टेसन टिभी–२ ले उल्लेख गरेको थियो ।एएफपी