धरान/ एनएमबी बैङ्कले ‘आत्मनिर्भर नेपालको साथमा एनएमबी बैङ्क’ भन्ने नारासहित आफ्नो कर्पोरेट क्याम्पेन शुरु गरेको छ ।
क्याम्पेनको मुख्य उद्देश्य आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैङ्कले पु¥याएको योगदानको कदर तथा विनाशकारी महाभूकम्प, नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको आत्मनिर्भरताको सकारात्मक ऊर्जाको प्रचारप्रसार गर्नु रहेको बैङ्कले जनाएको छ । बंङ्कले आत्मनिर्भर नेपाल तथा आर्थिक समृद्धि एवं देशको प्रगतिको मार्गचित्र अनुरुप कृषि, सौर्य ऊर्जा, साना तथा मझौला उद्यमकर्जा, रिटेल तथा अन्य विपन्न क्षेत्रमा समेत बैङ्किङ सेवा पु¥याउँदै आएको छ । हाल बैङ्कको कूल ६९ शाखा ४८ एटीएम र ७ एक्सटेन्सन काउन्टर रहेको बताइएको छ ।