काठमाडौँ / आफ्ना पति कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकीछन् ।
साझा यातायात सहकारी लिमिटेडका अध्यक्षसमेत रहेका कनकमणि दीक्षितलाई आयोगले कानुनी प्रक्रिया नपु¥याई स्वेच्छाचारी ढङ्गले विना कुनै निर्णय गैरकानुनी रुपमा अनुसन्धान अघि बढाएको र थुनामा राखेको रिट निवेदनमा उल्लिखित छ ।
कनकमणि दीक्षितका तर्फबाट उनीकी पत्नीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी हुन ।

Prominent Journalist Kanak Dixit is arrest by the security force, when he is delivering his peace in a protesting rally organized by FNJ, in New Road on 05, April 2006, Kathmandu.  While they given their support to the general strike called by the major seven Nepalese political parties and Maoist in Katmandu form April 06-09. (Photo: Shehab Uddin)

यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।
दीक्षितको नाममा चेज बैंक अमेरिकाको खातामा अमेरिकी डलर १७ हजार २०८, श्रीमती शान्ता दीक्षितको नाममा बेलायतको एचएसबिसी बैंकमा ६८ हजार ९२६ अमेरिकी डलर र अमेरिकाको एप्पल बैंकमा बेलायती मुद्रा चार हजार १२६ रहेको अध्ययनको क्रममा पत्ता लागेको अख्तियारको दाबी छ । रासस