विजय थापा
वाशिंगटन डिसी । अहिले अमेरिकामा चर्चा र परिचर्चाको शिखरमा रहेको विषय भनेको नै राष्ट्रपतिको उम्मेद्वारहरुको प्राथमिक चुनावले सबैलाई ध्यानाकर्षण गराएको छ ।

अधिकांशलाई चुनावको ज्वरो आएको छ । उम्मेद्वारहरुको प्रतिस्प्रधात्मक संघर्ष, जित र हारको गणितीय हिसाब किताबको रणनीति, कथा र व्यथा खुबै चर्चामा रहेका छन् ।

आफ्नो दलबाट आधिकारिक उम्मेद्वार बन्नको लागि कुनै कसर नछोडी संघर्षको मैदानमा अहोरात्र खटिइरहेका छन् । २४सैँ घण्टा गणितीय हिसाब किताबमा अल्झिरहेका छन् ।

सुक्ष्म रुपमा काममा तल्लिन छन् । मतदातासंग प्रत्यक्ष भेटघाटलाई तेज पर्दै आफ्नो पक्ष आफूलाई मतदान गर्न जोडतोडका साथ लागि परेका छन् ।

रिपब्लिकन दलको तर्फबाट डोनाल्ड ट्रंप अग्रपंक्तिमा छन् । डेमोक्रेटिक दलको तर्फबाट पूर्व विदेश मन्त्री हिलारी क्लिन्टन तथा बर्नी स्यानडर्सको निक्कै प्रतिस्पर्धामा देखिएकी छिन् ।

क्लिन्टन र स्यानडर्स दुवै उतिकै सशक्त उम्मेद्वारका रुपमा अमेरिकी नागरिकलाई छाप छोड्न सफल भएका छन् । तर, क्लिन्टन अहिलेसम्मको दौडमा अगाडि देखिएकी छिन् ।

अमेरिकाका बिभिन्न राज्यहरुमा बसोबास गर्दै आएका दर्जनौ नेपाली समुदायका बुद्धिजीवीसंग आगामी नोबेम्बरमा हुने निर्वाचनमा कुन उम्मेद्वार भावी राष्ट्रपति बन्छ भन्ने राखिएको जिज्ञासामा हिलारी क्लिन्टन राष्ट्रपति भएको देख्न चाहेको कारण उनीहरुले आफ्नो विचार पोखेका छन् ।

झन्डै ३ दशकदेखि अमेरिकाको फ्लोरिडामा बस्दै आएका केनी पाण्डेले डोनाल्ड ट्रंप भनेको नेपालको नानीमैया दाहाल जस्तै हुन भने । लहरै लहरमा अग्रपंक्तिमा आएका छन् । तर, आफू हिलारी क्लिन्टन राष्ट्रपति भएको हेर्न मन लागेको बताउँदै क्लिन्टन योग्य, सक्षम र अनुभव भएकोले क्लिन्टन राष्ट्रपति बन्ने आफूलाई लागेको बताए ।

यसैगरी, नर्थ क्यारोलिनामा बस्दै आएकी प्रख्यात उपन्यासकार तथा चिरहरण उपन्यास कि उपन्यासकार नीलम कार्की निहारिकाले आफू महिला आरक्षणको पक्षमा नभएको भन्दै हिलारी क्लिन्टन अरु पुरुष जस्तै योग्य भएकोले क्लिन्टन नै राष्ट्रपति हुन् भन्ने चाहना रहेको बताइन । उनीमा केहि कमी आफूले नदेखेको भन्दै यस्ता व्यक्तित्वलाई जिताउनु पर्ने कुरा राखिन ।

सिकागोमा लामो समयदेखि ब्यबसायमा संलग्न रहेका तथा समाजसेवी बाला घिमिरेले यस पटक हिलारी क्लिन्टन आउनु पर्छ भन्ने कुरा राखे । उनले अगाडि भने बर्नी स्यानडर्स उतिकै राम्रा हुन् तर हिलारीसंग अनुभव र उनले आफ्नो नेतृत्वको प्रमाण गरि सकेकोले क्लिन्टन राष्ट्रपति बन्ने छिन् भने कुरामा आफू बिश्वस्त रहेको बताए । घिमिरेले व्हाइट हाउसबाट राष्ट्रपति स्वयम् सेवा पदक समेत प्राप्त गरेका छन् ।

यसैगरी न्यु जर्सीमा बसोबास गर्दै आएकी महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता बिष्णुमाया परियारले अमेरिका अहिलेसम्म महिला राष्ट्र पति कहिले नहुन सकेको अवस्थामा रहेकोले यस पटक उनि जस्तो योग्य र होनाहार उम्मेद्वारले जित्नु पर्ने कुरा राखिन । उनको सक्षमताको प्रमणित उनले गरी सकेकी छिन् भन्दै उनका नीति, कार्यक्रम तथा उनका दर्शनबाट आफू प्रभावित भएकोले उनलाई मतदान गर्ने र जिताउने योजना रहेको बताइन ।

नेपाल दमक घर भै लामो समयदेखि क्यालिफोर्नियाको लस एन्जेलसमा बस्दै आएका अमेरिका नेपाल पत्रकार संघका सचिब सुदीप पन्तले आफू पूर्णरुपमा हिलारी क्लिन्टनको पक्षमा भएको बताए । उनले मंगलबार हुने निर्वाचन तथा अन्यमा कार्यक्रममा खुलेर हिलारी क्लिन्टनको समर्थनमा मैदानमा उत्रिने बताए । क्लिन्टन एक दर्शन भएकी र अत्यन्तै सक्षम भएकीले आफ्नो मत उनलाई जाने बताए ।

यसैगरी, धादिङ नेपालका घर भई हाल अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका उद्यमी, ब्यबसायी, युएस च्याम्बर्स अफ कमर्सका संस्थाका सल्लाहकार सानुबाबु सिलवालले यस पटकको प्राइमरी छनौटको सम्भावना डेमोक्रेटिक दलबाट पूर्व प्रथम महिला किलिन्टन छानिने लगभग प्रस्ट भएको बताए ।

ससारकै शक्तिशालि, प्रजातान्त्रिक, खुल्ला अर्थतन्त्र,अबसर र सपनाको भूमि अमेरिकाकै सबैभन्दा ठूलो पद राष्ट्रपतिमा पुग्न गम्भिर, तार्किक, कुटनितिक र शक्ति सन्तुलनको क्षमता बोकेको ब्याक्ति हुनुपर्दछ । अमेरिकी जनता यसैमा विश्वास र घमण्ड गर्दछन् ।

यस सबालमा ट्रम्प सक्षम छैनन् भन्नेमा अमेरिकी जनता सजग छन् र रिपब्लिकन दल आफैमा ट्रम्पका हातमा शक्ति सुम्पदा दल र मुलुक नै सकटमा पर्नेमा चिन्तित देखिन्छन ।
प्रबासीहरुको माया, अर्थतन्त्रको विश्वासिलो आधार, शक्ति सन्तुलनको क्षमता र मुलुकको नेत्रित्वको गम्भिरतालाइ हेर्दा हिलारिको बिकल्प देखिएन ।