राजविराज(ब्लाष्ट) जिल्लामै सबैभन्दा बढी ग्राहक भएको राजविराजस्थित राष्ट्रिय वाणिज्य बैङ्क सेवा÷सुविधा थप गर्नुपर्ने समयमा आपैmं थला पर्न थालेको छ । सेवाको तुलनामा आवश्यक कर्मचारी अभाव भएपछि ग्राहकको अत्यावश्यक काम समेत गर्न नसकी बैङ्क थला पर्न थालेको हो । आवश्यकताअनुसार कर्मचारी नहुँदा बैङ्कले ग्राहकको अत्यावश्यक काम समेत पूरा गर्न सकेको छैन । एक वर्ष अघिसम्म करीब तीन दर्जन कर्मचारी भएको बैङ्कमा हाल गार्ड र कार्यालय सहयोगीसहित जम्मा २१ जना कर्मचारी मात्र कार्यरत् छन् । लगातार एकपछि अर्को कर्मचारी घट्दै जाने तर एकजना पनि नथपिने निरन्तरको प्रक्रियाले नियमित क्रियाकलाप समेत प्रभावित भएको कर्मचारीहरु बताउँछन् । बैङ्कका सहायक प्रवन्धक कमलेश झाका अनुसार विगत एक वर्षभित्रमा जम्मा ११ जना कर्मचारी बैङ्कबाट बाहिरिएका छन्, तर त्यसबीचमा एकजना पनि कर्मचारी थप भएका छैनन् । ‘अवकाश, राजीनामा तथा सरुवा लगायतका प्रक्रियाबाट जम्मा ११ जना कर्मचारी बिदा भए, तर थपिएको रेकर्ड छैन’, उनले भने । उपलब्ध कर्मचारीले बैङ्कको काम कुनै पनि शर्तमा नभ्याउने अवस्था रहेको बताएका उनले सबै कर्मचारीले हाल ४÷५ वटा फाँटको काम एक्लैले गर्नु परिरहेको गुनासो गरे । कर्मचारी अभावकै कारण समयमा काम सम्पन्न नहुँदा कतिपय ग्राहक वादविवादमा समेत आउन थालेको झाले बताए । यति मात्र होइन, यसबीचमा उपलब्ध कर्मचारी समेत आजित भएर आपूmखुशी गर्न थालेपछि हुँदै गरेको काम समेत प्रभावित हुन थालेको छ । बैङ्कका प्रवन्धक सुरेश ठाकुरको नौ महिनाअघि सरुवा भएपछि कर्मचारीले झन् लत्तो छाडेको सहायक प्रवन्धक झा बताउँछन् । विराटनगरबाट राजविराज आउनुपर्ने प्रवन्धक भोला निरौला हालसम्म नआउँदा वीरगञ्ज सरुवा भएका ठाकुर पनि जान पाएका छैनन् । आजभोलि गर्दै बसेका ठाकुरलाई कर्मचारीले टेर्न छाडेपछि बैङ्कमा थप समस्या उत्पन्न भएको छ । ‘सरुवा भएको हाकिम त हो, भन्ने मनोवृत्ति कर्मचारीमा बढेको छ’, एक कर्मचारीले भने, ‘कार्यालयको काम मियोबिनाको दाइँ भएपछि सेवाग्राही प्रताडित भएका छन् ।’ यही प्रवृत्तिले प्रोत्साहन पाउँदा १५ दिनअघि मात्रै बैङ्कका अधिकाङ्श कर्मचारी एकैपटक बिदामा बसे । करीब आधा दर्जन कर्मचारीले मात्र कार्यालयको सम्पूर्ण काम गर्नुपर्ने भएपछि करीब हप्ताभन्दा बढी बैङ्कको काम लगभग अवरुद्ध भयो । चेक भजाउने काममा समेत सेवाग्राहीले २÷३ दिन धाउनुपर्ने भएपछि सप्तरीका सिडिओ बलदेव गुरुङले समेत काम नियमित गर्न निर्देशन गर्नुपरेको कर्मचारी स्रोतले नै जानकारी दिएको छ । अर्कोतर्पm कर्मचारी अभाव र मनोमानीका कारण राजविराज शाखामार्पmत् हुने ऋण प्रवाह समेत लामो समयदेखि रोकिएको छ ।