अष्ट्रेलिया- सन् २०१६ का विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पर्न असफल वनेका छन् । चर्चित पत्रिका टाइम्स म्यागेजिनको प्रभावशालि व्यक्तिको सुचिमा पर्न नदिन नेपालीहरुले सामाजिक संजालवाट 'नो भोट 'अभियान नै चलाएका थिए । नेपालमाथि गरीएको नाकावन्दीपछि आक्रोसित नेपालीहरुले विश्वभरवाट यो अभियानलाई सघाएका थिए । सूचीमा मोदीकै देशको भारतीय रिजर्भ बैंक (आरबीआई) का गर्भनर रघूराम राजन भने समावेस भएका छन् । सूचीमा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग, उत्तर कोरियाका तानाशाह किम जोङ्ग उन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति बाराक ओबामा भने अटाएका छन् । सूचीमा फेसवुकका मालिक मार्क जुगरवर्ग दम्पत्ति, बलिउड अभिनेत्री प्रियंका चोपडा, जर्मनीकी राष्ट्रपति एङ्गेला मर्केल, पोप फ्रान्सिस र कमेडियन अजिज अन्सारी पनि समोटिएका छन् ।