विराटनगर । विराटनगर ९ अस्पताल चौकस्थित आस्था क्लिनिक एण्ड डाइग्नोष्टिकले विरामीहरूको लागि छुट योजना ल्याएको छ ।असार १ गतेदेखि क्लिनिमा ल्याबमा ५० प्रतिशतसम्म छुट योजना ल्याएको हो । क्लिनिकलले आइतबार पत्रकार सम्मेलन गरि असार १ गतेदेखि सुगर, थाइराइट र जन्डिसको जाँचमा ५० प्रतिशत छुट दिइने संचालक कमलेश कुमार कर्णले जानकारी दिए । सुगर, थाइराइट र जन्डिस बाहेक अन्य सम्पूर्ण ल्याब जाँचमा ज्येष्ठ नागरिकहरूलाई २५ प्रतिशत छुट योजना ल्याएको उनले बताए । क्लिनिकमा आएर विरामीले स्वास्थय उपचार गरेका विरामीलाई औषधीमा १० प्रतिशत छुट पनि दिएको छ । ‘यो छुट योजना १ असारदेखि विरामीहरूलाई उपचारमा सहज पुर्याउन ल
विराटनगर । मोरङ रतुवामाई नगरपालिका–६ काधुपाडाका ५२ वर्षीया विष्णुकुमारी खड्काका दुवै मिर्गाैला फेल भएको तीन वर्ष भयो । उनी दुई वर्षदेखि कोसी अस्पतालमा हप्ताको दुई पटक डायलाइसिस गर्न नियमित आउने गरेकी छन् । कोसी अस्पतालमा ‘एभी फिस्टुला’ बनाउने जनशक्ति नभएपछि उनी नोबेल अस्पतालमा गइन् । उनले १५ हजार रुपैयाँ नोबेलमा तिरेपछि हातमा एभी फिस्टुला बनाइदिए । त्यसपछि अहिले उनले कोसी अस्पतालमा हप्तामा दुई पटक निःशुल्क डायलाइसिस गर्दै आएकी छन् ।‘निःशुल्क डायलाइसिस त भयो । डायलाइसिस गर्नुभन्दा अगाडि गरिने एभी फिस्टुला बनाउने दक्ष चिकित्सक पनि कोसीमा राखिदिएको भए हामीजस्तो विपन्न परिवारका बिरामीको लागि
विराटनगर। विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले मोरङको रङ्गेली नगरपालिका– ५ आँपगाछीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । स्थानीय जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जना बिरामीको उपचार गरेको न्यूरो अस्पतालले जनाएको छ । शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली पुगेर बिरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शैलजा क्षेत्री (श्रेष्ठ), न्यूरो सर्जन डा. आशिषजङ थापा, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. निशा अधिकारी, वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद स
बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ । गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ । अध्यक्ष घर्तीमगरले भने, “उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गरा
भ्रष्टाचारकाे मुद्दा खेपिरहेका धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. राजकुमार रौनियारले सफाइ पाएका छन् । बुधबार बिशेष अदालतको १ नम्बर इजलाश न्यायधिश श्रीकान्त पौडोल, यमुना भट्टराई र डा.खुशीप्रसाद थारुको इजालाशले अन्तिम बहसपछि रौनियारलाई पर्याप्त प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।अख्तियारकाे स्टिङ अप्रेशनमा करिब २ वर्षअघि ८ लाख रुपैयाँ घुस लिएको रकमसहित उनका भतिजा डा.रामहरि उनलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले आफै पैसा लगेर गर्ने स्टिङ अप्रेशनलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि प्रा.डा.रौनियारले पनि सफाई पाउने
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपीडी टिकट काट्ने समय परिवर्तन भएको छ ।पहिला बिहान ८ बजेदेखि खुल्ने गरेको टिकट काउन्टर अब बिहान साढे ७ बजेदेखि १२ बजेसम्म खुल्ने प्रतिष्ठानले सूचना जारी गरेको छ । दिउँसो भने पुरानै समय २ बजेदेखि ३ बजेसम्म टिकट काट्न सकिने प्रतिष्ठानका सह–प्रवक्ता डा.चूरामणि पोखरेलले जानकारी दिए ।त्यसैगरी प्रतिष्ठानले नेपाल सरकारको विपन्न नागरिक कार्यक्रम अन्तर्गतको सुविधाका लागि प्रतिष्ठानकै फार्मेसीबाट औषधि किन्नुपर्ने जनाएको छ । सरकारले विपन्न नागरिकका लागि मुटु, क्यान्सर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स, अल्जाइमर, मिर्गौला रोगका बिरामीहरूलाई
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि गठित ९ सदस्यीय कार्यदलले मंगलबार प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानको सेवा सुधारको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेन्टल गेट अगाडि हामी नेपाल नामक संस्थाले थालेको घोपा बचाउ अभियान आन्दोलनका मागलाई पूरा गर्नका लागि कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले मंगलबार प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष डा. गुरु खनाललाई प्रतिवेदन बुझाएको प्रतिष्ठानका डा. चूरामणि पोखरेलले जानकारी दिए । आन्दोलनको ५६ औं दिनमा धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङको रहोबरमा छलफल बस्दै ५ सदस्यीय समिति गठन गरेको थियो ।
विराटनगर । नेपालको संविधानको मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हकको ग्यारेन्टी गरिएको छ । संविधानको धारा ३५ (३) मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’ तर, अहिले पनि धेरै नेपालीले आर्थिक अवस्था कमजोर हुँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् ।त्यसको एउटा उदाहरण हुन्; मोरङको धनपालधान गाउँपालिका–५ का ५५ वर्षीय प्रकाश चौधरी भनिने विमलाल सरदार । उनको टाउको र श्वास नलीको शल्यक्रिया गरेको पाँच महिना भयो । खुट्टा भाँचिएपछि चिकित्सकले शल्यक्रिया गरेपछि स्टिल लगाउन सुझाव दिएको छ । तर, पैसा अभावका कारण उनको पूर्ण रूप
धरान/परिवर्तनका लागि सामाजिक अभियानको पाक्षिक सामाजिक स्वास्थ्य क्लिनिकमा १ सय ५ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।अभियानका अध्यक्ष विष्णु बरालका अनुसार अन्य क्लिनिकभन्दा सबैभन्दा बढी बिरामीहरूको जाँच गरिएको हो । यसअघि ८० भन्दा केही माथिसम्मले उपचार सेवा लिएका थिए । अभियानको यो सत्रौँ संस्करण हो । पाक्षिक रूपमा गरिँदै आएको कार्यक्रमअन्तर्गत यसपटक सिद्धि नेवाः परिषद्सँगको सहकार्यमा कार्यक्रम गरिएको हो । सिद्धि नेवाः परिषद्को हलमा गरिएको कार्यक्रममा मुटु, मधुमेह र उच्च रक्तचापबाट पीडित बनेकाहरूको जाँच गरिँदै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा अभियानले यो कार
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुलुकको समग्र स्वास्थ्य नीति परिवर्तन गर्ने हैसियत राख्छ । महारजगञ्ज शिक्षण अस्पताल र वीर अस्पतालपछि मुलुकका २० वटा स्वास्थ्य शैक्षिक संस्थाहरू मेडिकल कलेजहरूको तुलनामा जेठोमात्र नभएर डेढ दर्जन बढी अन्तर्राष्ट्रिय स्तरका नामी विश्वविद्यालयसँग आपसी सम्बन्ध राख्ने प्रतिष्ठान राजनीतिक दलको कोपभाजनमा परेकै कारण अधोगतिमा छ । पछिल्लो समयमा बुधबारदेखि अस्पताल निर्देशकको पद रिक्त भएको छ । अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहको पाँच वर्षे पदावधि सकिएपछि बुधबारदेखि अस्पताल निर्देशकको पद रिक्त भएको हो । हुन त बीपी प्रतिष्ठानमा रजिष्ट्रार प्रा.डा. मोहन
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved