स्वास्थ्य

    Showing ५१-६० of ५,४२३ items.
  • स्पार्क फाईभको शिविरमा ९० जनाको उपचार

    धरान / स्पार्क फाईभ अस्पताल, धरान–१ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य परिक्षण तथा उपचार सेवा पाएका छन् ।शनिबार अस्पतालको आठौं साधारणसभाको अवसरमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा काठमाडौं स्पार्क हेल्थ होममा कार्यरत डा.अनिलकुमार महतो, डा.तारा भुजेल लगायतले विरामीको चेकजाँच गरेका थिए ।शिविरमा विरामीको ढाड, कम्मर, गर्दन, घुँडा, जोर्नीहरु दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, बाथ रोग, युरिक एसिड बढेको, शरिर झम्झमाउने, लाटो हुने, कुम जाम भएको, प्यारालाईसिस, मुख बाङ्गिएको लगायतका समस्याहरुको जाँच गरिएको थियो । शिवरमा सहभागी हुनेलाई ल्याब परि

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सङ्खुवासभा अस्पतालका कर्मचारीमाथि हातपात गर्ने प्रहरी नियन्त्रणमा

    सङ्खुवासभा । जिल्ला अस्पताल सङ्खुवासभाका दुई कर्मचारीलाई हातपात गरेको आरोप निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठ पक्राउ परेका छन् । मङ्गलबार साँझ खान खाई सकेर क्वाटरमा बसिरहेको बेला उनी क्वाटरमा नै आएर दुई कर्मचारीलाई हातपात गरेको हो । मङ्गलबार साँझ साँढे ७ बजेतिर हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रमुख दिपेश श्रेष्ठले दुई स्वास्थ्य कर्मचारीमाथी हातपात गरेको हो ।अस्पतालका फार्मेसिस्ट धिरज रौनियर र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाईजर शेखर खत्रीलाई उनले हातपात गरेको हो ।पीडितहरुले प्रहरी कार्यालयमा राती नै निवेदन दिएका छन । आरोपित श्रेष्ठ विहानै प्रहरी नियन्त्रणमा छन् । उन

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २०३ पटक पढिएको
    • खेवाहाङ मेवाहाङ
  • दुर्गममा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता

    विराटनगर । प्रदेश १ को पहाडी जिल्लाका अस्पतालहरूमा काम गर्ने चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने भएको छ । पहाडी जिल्लाको अस्पतालहरूमा चिकित्सक जान नमानेपछि प्रदेश १ सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रदेश सरकारले ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि २०७९’ बनाएर प्रदेशका दुर्गम र पहाडी जिल्लाका अस्पतालहरूमा खटिने चिकित्सकले प्रोत्साहन भत्ता चालु आर्थिक वर्षको भदौबाट पाउने गरी व्यवस्था गरेको छ । प्रदेशका १ पहाडी जिल्लाका अस्पतालहरूमा चिकित्सकहरूको चरम् अभाव छ । चिकित्सकहरू सहर केन्द्रित हुँदा दुर्गमका अस्पताल भने विशेषज्ञ डाक्टरको अभावबाट गुज्रिरहेका

    • प्रकाशित मितिः भदौ २७, २०७९
    • १३२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • स्पार्क फाइभको शिविरमा ९० जनाको उपचार

    धरान । स्पार्क फाइभ अस्पताल धरान–१ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाएका छन् ।शनिबार अस्पतालको आठौं साधारणसभाको अवसरमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा काठमाडौं स्पार्क हेल्थ होममा कार्यरत डा.अनिलकुमार महतो, डा.तारा भुजेललगायतले बिरामीको चेकजाँच गरेका थिए ।शिविरमा बिरामीको ढाड, कम्मर, गर्दन, घुँडा, जोर्नीहरू दुख्ने, नसा च्यापिएको, हड्डी खिइएको, बाथ रोग, युरिक एसिड बढेको, शरीर झम्झमाउने, लाटो हुने, कुम जाम भएको, प्यारालाइसिस, मुख बाङ्गिएको लगायतका समस्याहरूको जाँच गरिएको थियो । शिविरमा सहभागीलाई ल्याव परीक्ष

    • प्रकाशित मितिः भदौ २६, २०७९
    • १२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपीमा एमआरआई मेसिन खरिद गर्न निर्देशन

    विजयपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन जडान गर्न निर्देशन दिएका छन् ।शुक्रबार प्रतिष्ठानका सह–कुलपतिसमेत रहेका मन्त्री खापुङले प्रतिष्ठानको २९ औं वार्षिकोत्सव तथा १०९ औं बीपी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका पदाधिकारीलाई तत्काल आधुनिक प्रविधियुक्त एमआरआई मेसिन जडान गर्न निर्देशन दिएका हुन् । मन्त्री खापुङले ठूलो स्वास्थ्य संस्थामा एमआरआई मेसिन नहुनु दुःखद् भएको बताए । उनले ८ सय ३० बेड, १५ सय चिकित्सा शास्त्रका विद्यार्थी, ३ सय ५० फ्याकल्टी डाक्टर, १८ सय कर्मचारी भएको ठूलो स्वास्थ्य शैक्षिक संस्थामा बि

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • २०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भोजपुरमा १६ हजार बढी बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप

    भोजपुर । भोजपुरमा १६ हजार भन्दा बढी बालबालिकालाई कोरोना बिरुद्धको फाइजर खोप लगाइएको छ । पहिलो चरण अन्र्तगतको अभियानमा जिल्लाका १६ हजार भन्दा बढी बालबालिकालाई फाइजर खोप लगाइएको हो ।अभियानका क्रममा ५ देखि ११ बर्ष उमेर समुहका १६ हजार ५ सय २४ जना बालबालिकाले खोप लगाएका हुन् । बालबालिकाहरुलाई खोप लगाउने अभियान जिल्लामा अहिले पनि जारी रहेको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए । पहिलो मात्रा खोप लगाएकाहरुका लागि पुन दोश्रो मात्राको खोप अभियान संचालन गर्न लागिएको उनले जानकारी दिए । बुढाथोकीका अनुसार दोश्रो चरणको खोप अभियान भाद्र २७ गते देखि सुरु हुने भएको छ । स्वास्थ्य

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • १५५ पटक पढिएको
    • सन्देश किराती
  • निःशुल्क डायलासिस गराउँन पालो कुर्नुपर्दैन

    झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहनु भएको छ । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क तिर्नुपरेको छैन ।विर्तामोड–४ का ६९ वर्षीय अग्निप्रसाद अधिकारी दुई वर्षदेखि मिर्गौलाको डायलासिस गराउन भद्रपुरको ओमसाई पाथिभरा अस्पताल धाउछन् । निजी अस्पताल भए पनि सरकारले मिर्गौलाको डायलासिस निःशुल्क गराएको हुँदा उनले शुल्क तिर्नुपरेको छैन ।झापामा तीनवटा अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा निःशुल्क उपलब्ध गराइएको छ । भद्रपुरको मेची प्रादेशिक अस्पताल, ओमसाई पाथिभरा अस्पताल र बिर

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १९९ पटक पढिएको
    • रासस
  • भद्रपुरमा तीन दिने निःशुल्क आँखा उपचार शिविर

    भद्रपुर । झापाको भद्रपुरमा तीन दिने निःशुल्क आँखा उपचार शिविर शुरु भएको छ । सरिया परिवारको आयोजना, इनर व्हिल क्लब अफ भद्रपुरको सह आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार शिविर सुरु भएको हो ।भद्रपुर स्थित आँखा उपचार केन्द्रमा सुरु भएको शिविरको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकास सरावगीले उद्घाटन गरेका थिए । दाता सत्यनारायण सरियाको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको विशेष आतिथ्य रहेको थियो भने रोटरी क्लब अफ भद्रपुर, इनरव्हील क्लब अफ भद्रपुर र मेची आँखा अस्पतालका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो । तालिम संयोजक युवराज व

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १४७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बीपी प्रतिष्ठानकी प्राध्यापक डा.खनाल सम्मानित

    धरान । नेपाल चिकित्सक सङ्घले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी प्राध्यापक डा.बसुधा खनाललाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्र्डबाट सम्मानित गरेको छ ।सङ्घले नेपाली चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान दिएको भन्दै १५ महिला चिकित्सकलाई गरेको यो सम्मानमा प्रतिष्ठानकी डा.खनाल पनि परेकी हुन् । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अवार्ड प्रदान गरेकी थिइन् ।माइक्रोबायोलोजीको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानलाई कदर गर्दै आएकी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागकी प्राध्यापक डा.खनाल धरानमै जन्मिएर, यहीँबाट विद्यालय र विश

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • १३५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सहयोग रकम पत्रकार सम्मेलन मार्फत सार्वजानिक

    धनकुटा । मिर्गौला पिडित इटहरी उप–महानगरपालिका वडा नं.२ कर्णेलटोलका वर्ष ३५ का निलम पौडेलको उपचार सहयोगको लागि २ लाख, ४६ हजार, ९ सय रुपयाँ वुधवार उनका परिवारलाई हस्तान्तरण गरिएको छ ।‘निलम पौडेल बचाऔं आर्थिक सहयोग संकलन अभियान–०७९’ धनकुटाका संयोजक थामवहादुर राई (सानो) को अगुवाईमा मिर्गौला पिडित निलमका आमा शान्ता पौडेललाई नोवेल मेडिकल कलेज विराटनगरमा गएर नगद हस्तान्तरण गरिएको हो । अभियानका संयोजक थामवहादुर राईले लामो समय धनकुटामा बसोबास गरेका पौडेल परिवारले उपचारको क्रममा पैसाको अभाव भएको बताएपछि धनकुटामा नगद संकलन गरेर सहयोग गरिएको बताए । उनले बुधबार बिहान धनकुटामा पत्रकार सम्मेलन गरेर नगद संकलन

    • प्रकाशित मितिः भदौ १६, २०७९
    • १८९ पटक पढिएको
    • सन्तवीर लामा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved