धरान उपमहानगरपालिका

    Showing १-१० of ११ items.
  • नेकपाको दबावमा धरानको सडक मर्मत हुँदै

    धरान / पर्यटकीय नगरी धरान उपमहानगरपालिकाको प्रवेशद्वारदेखि नै सडकमा परेका खाल्डाखुल्डीले शहरलाई नै कुरुप बनाएको लामो समय वित्दासमेत सडक विभागले सडक मर्मतमा चासो नदिए पछि कोशी राजमार्ग अन्तर्गत धरान–८ र १२ नं.का स्थानीय तथा नेकपा धरानले सडक डिभिजन कार्यालय विराटनगरमा सोमबार मर्मतका लागि दवाव दिएको छ । सडक डिभिजन कार्यालय विराटनगरकी इन्जिनियर प्रियांका झासमक्ष ढिलासुस्तीबारे उनीहरुले जिज्ञासा राखेका थिए । धरानको सौन्दर्यतालाई विगार्ने गरि भत्किएको सडक मर्मत गर्न ढिलाई भएको विषयमा उनीहरुले दवाव दिएका थिए ।इन्जिनियर झाले धरानको बरगाछीदेखि पुरानो ट्राफिक चोकसम्म ठेक्का लागि सकेको र त्यहाँदेख

    • प्रकाशित मितिः माघ २०, २०७६
    • २,०९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानका नवनिर्वाचित मेयरले गरे पदभार ग्रहण, कर समायोजन पहिलो निर्णय

    धरान / धरान उपमहानगरपालिकाका नयाँ निर्वाचित मेयर तिलक राईले आज पदभार ग्रहण गरेका छन् । विहान ११ बजे गणेशमान चौकस्थित गणेशमान सिंहको सासिकमा माल्यार्पण  र ११ः ३० बजे धरान–१९ स्थित हरियाली सामुदायिक बन परिसरमा रहेको पूर्व मेयर स्व. तारा सुब्वाको सालिकमा माल्यार्पण गरि पदभार ग्रहण गरेका हुन ।उनले निर्धारित समयमा १२ः३० बजे पदभार ग्रहण गरेका थिए । पदभार ग्रहण पछि धरान उपमहानगरपालिकाको करको विषयमा उठेका कुरालाई आगामी नगरपरिषदमा कर समायोजनको विषय लगि कर समायोजन गर्ने पहिलो निर्णय गरेका छन् । नेपाली काङ्ग्रेसले यस अघि कर बढेको विरोधमा उपमहानगरपालिका घेराउ नै गरेको थियो ।पदभार ग्रह

    • प्रकाशित मितिः मंसिर १८, २०७६
    • ८१८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान उपमहानगरको मेयर को बन्ला ?

    धरान / धरान उपमहानगरपालिकाका उपनिर्वाचनको तयारी सबै दलहरुले थालेका छन् । आफ्ना उम्मेद्वारहरु लिएर पार्र्टीहरु जनताको घर दैलोमा पुगेका छन् । निर्वाचन आउन अव २४ दिन बाँकी रहदा यहाँका दलहरु आ–आफ्ना उम्मेद्वारलाई भोट माग्न व्यस्थ भएका छन् । सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले आइतबार साँझ मेयरको उम्मेद्वारमा प्रकाश राईलाई बनाउने निर्णय गरे पछि सोमबार निर्वाचन परिचालन कमिटी तथा उम्मेद्वार घोषणा गरि आजदेखि मैदानमा उत्रेको छ । धरानको विकट वडा ४ नं. को हर्दिया दानावारी, पत्राङवारी देविगाउँबाट चुनाव प्रचार शुरु गरेको छ । मेयरका प्रत्यासी प्रकाश राईसहितको जम्बो टोली तालिका बनाएर प्रचा

    • प्रकाशित मितिः कार्तिक १९, २०७६
    • १,०२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानकाे नेतृत्व लिन म तयार छु : प्रकास राई

    प्रकाश राई सुनसरी नेकपाको राजनीतिक वृतमा नचिनिएको नाम होइन । २०३५ सालदेखि पार्टीमा निरन्तर काम गरेका राई इमान, निष्ठाको राजनीति गर्ने भएका कारण कुनै पनि लाभको पद भागबण्डामा परेन । उनी भन्दा पछि राजनीति गरेका व्यक्तिहरु माथि पुगिसक्दा पनि उनी धराने कार्यकर्ताहरुमा प्रकाश छरेर निष्ठाको राजनीति गरिरहे । माथि पुगेका धेरै नेताहरु ‘पार्टीलाई हामीले बनाएका’ भनेर कुर्लिन्छन् । ‘पार्टीमा आफ्नो ठूलो योगदान छ’ भनेर प्रचार गर्छन् तर आफु ओझेलमा परेर अरुलाई प्रकाश दिने उनै प्रकाश राई भने ‘पार्टीले आफुलाई बनाएको’ तर्क गर्छन । उनी भन्छन्–पार्टीले मलाई योग्य बनाएको छ

    • प्रकाशित मितिः श्रावण ३२, २०७६
    • १,३८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानको मेयर बन्न जागिरवाट अवकाश

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी सुजेन्द्र तामाङले मंसिर १४ गते हुने निर्वाचनमा मेयर पदको उम्मेदवारीका लागि तयारी गर्न तथा पूर्ण समय धरान र धरानवासीको सेवामा समर्पित हुन भन्दै जागिरवाट स्वेच्छिक अवकाश लिएका छन् । उनले प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा गुरुप्रसाद खनाललाई स्वेच्छिक अवकाशको निवेदन बुझाएका छन् । अवकाश पत्र बुझ्दै निमित्त उपकुलपति खनालले प्रतिष्ठानमा लामो समयदेखि अनवरत रुपमा इमान्दारीपूर्वक विभिन्न पदीय जिम्मेवारीहरु वहन गर्नुका साथै पेशागत संगठनको समेत नेतृत्व गर्दै प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी, अध्ययनरत विद्यार्थी र व

    • प्रकाशित मितिः श्रावण २९, २०७६
    • १,३७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ५८ प्रतिशत मात्र विकास बजेट खर्च गरेर धरान देशकै उत्कृष्ट उपमहानगरपालिका

    धरान / धरान उपमहानगरपालिकाले आर्थिक बर्ष सकिन दुई महिना बाँकी रहदा ५८ प्रतिशत मात्र विकास बजेट खर्च गर्न सफल भएको छ । विशेष गरि उपमहानगरले घोषणा गरेको गौरवको आयोजना र खानेपानी परियोजनामा छ्ट्याएको बजेटमा खर्च गर्न नसकेको पाइएको छ । उपमहानगरका बरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार चालु बजेट ८३ करोड ९५ लाख, ५६ हजार ८ सय ४८ रुपैयाँमा बैशाखसम्ममा ४८ करोड ७१ लाख ८८ हजार ६ सय ४१ रुपैया मात्र खर्च भएको छ । यो ५८.०९ प्रतिशत हो । यता पूजीगत खर्चमा ९५ करोड ४ लाख ४३ हजार एक सय ५१ बजेटमा ५५ करोड ३३ लाख ४९ हजार ३ सय ६२ रुपैया मात्र खर्च भएको छ । धरान उपमहानगरले गौरवका आयोजना भनेर ७ वटा आयोजनाका ल

    • प्रकाशित मितिः जेठ २२, २०७६
    • १,०६६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश नं. १ मा साहसिक खेल पर्यटनको सम्भाव्यताबारे धरानमा छलफल

    धरान / धरान उपमहानगरपालिकाले उपमहानगरभित्र के कस्ता साहसिक पर्यटकीय खेलका सम्भावना छन भन्ने विषयमा छलफल शुरु गरेको छ । धरानमा १६ वटा साहिसिक खेलहरु मध्य ५÷६ वटा हाल पनि खेलहरु भईरहेकाले अझ यसको विस्तार र खेलको माध्ययमबाट कसरी पर्यटकहरु भित्राउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्ट फेडेरेशनसँगको सहकार्यमा शनिवार धरानमा सहासिक तथा पर्यटकीय खेल सम्बन्धि अन्र्तक्रिया गरेको छ । धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाईङ जीप, बोटिङ, रेस, बाईक रेसलगायत खेलको सम्भावना रहेको छ । केही खेलहरु नीजी स्तरबाट भइरहेका छन् । कार्यक्रममा माउन्टेन स्पोर्ट फेडेरेसनका अध्यक्ष गोविन्द भ

    • प्रकाशित मितिः फाल्गुन २५, २०७५
    • ४०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान उपमहानगर नेतृत्वको आलोचनाः नेकपाको स्थानीय नेतृत्व जवाफदेही हुने की नहुने ?

    २० बर्षसम्म कर्मचारीहरुले चलाएको स्थानीय तह जनप्रतिनीधिहरुले चलाउन थालेको करिव दुई बर्ष वितेको छ । यो दुई बर्षको अवधीमा जनप्रतिनीधिहरुले जनताले अपेक्षा गरे अनुसार काम गर्न नसक्दा जनताको नजरमा आलोचित हुन पुगेका छन् । कतिपय कर्मचारीहरुको भुलभुलैयामा परेर जनप्रतिनीधिहरु अलमलिएका छन् भने कतिपय जनप्रतिनिधीहरु असक्षमताका कारण आलोचित हुदै आएका छन् । सञ्चार माध्यमहरुले पनि एक बर्षको अवधीलाई जनप्रतिनिधीहरुलाई स्थानीय तह बुझ्नका लागि अवसर दिएका थिए । उनीहरुले गरेका कमीकमजोरीहरुलाई सञ्चारमाध्यमहरुले खासै मुद्धा बनाएनन । तर एक बर्षसम्म मिडियाका लागि परिक्षणमा रहेका जनप्रतिनिधीहरु हामीले गरेको कामबारे मिडि

    • प्रकाशित मितिः माघ ६, २०७५
    • ८३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान उपमहानगरपालिकले किन बनाएन सपिङ कम्प्लेक्स ?(भिडियाे समाचार)

    धरान / धरान उपमहानगरपालिकाले धरानको मुटु भानुचौकमा महत्वकांक्षी योजना अनुरुप सुविधा सम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरु योजना बनाए पनि त्यस स्थानमा अब सपिङ कम्प्लेक्स नबन्ने प्रायः निश्चित भएको छ । बार्षिक ३ करोड गुमाउदै धरान उपमहानगरपालिका २०५६ सालमा धरान उपमहानगरपालिकाले धरानको भानुचौकमा रहेको ६ कट्ठा जग्गामा सपिङ कम्प्लेस बनाउने भनेर यहाँ रहेको सब्जी बजार र फेन्सी स्टोरका टहरा भत्काएर व्यवसायीको विचल्ली बनाएको मात्र हैन धरान उपमहानगरपालिकाले त्यस ठाउँबाट लिने करवापतको बार्षिक ३ करोड रुपैया समेत गुमाएको छ । २०७२ सालभन्दा अगाडी त्यस स्थानमा सपिङ कम्प्लेक्स बनाउने योजना अगाडी सारेको धरान उपमह

    • प्रकाशित मितिः पुष ५, २०७५
    • ४५५ पटक पढिएको
    • गोविन्द बस्नेत
  • कार्यवहाक मेयर भण्डारीद्वारा जनसहभागीतामा बनेको सडक उद्घाटन

    धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मार्गको आज उद्घाटन गरिएको छ । धरान उपमहानगरपालिकाकी कार्यवहाक मेयर मञ्जु भण्डारीले रिवन काटेर उद्घाटन गरेकीछन् । करिब ६ सय मिटर लम्बाईको यो सडकको कुल लागत २९ लाख २७ हजार ९ सय ८० रुपैया रहेको छ । सडका लागि उपमहानगरपालिकाबाट १५ लाख र बाँकी उपभोक्ताहरुले जुटाएका छन् । जनसहभागितामा निमार्ण भएको यो नमुना सडक भएको उपमहानगरकी कार्यवहाक मेयर भण्डारीले बताइृन । वडा अध्यक्ष इवारमका अनुसार यो सडक नगरस्तरीय योजनाअन्तगत ५० प्रतिशत जनसहभागितामा निर्माण सम्पन्न भएको हो । २०७४ चैत २८ गते तत्कालीन मेयर तारा सुब्बाले बाटो निर्माण कार्य प्रारम्भ गरेका थिए ।

    • प्रकाशित मितिः मंसिर २८, २०७५
    • ५६८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved