ब्लाष्टखबर । भारतकाे महाराष्ट्रकाे पालघर जिल्लाकाे एक काेराेना  केयर अस्पतालमा भीषण आगलागी हुँदा १३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । आज बिहान करिब ३ बजे  भएकाे उक्त आगलागीका कारण अन्य २१ जना संक्रमित विरामीकाे अवस्था चिन्ताजनक रहेकाे भारतीय संञ्चारमाध्यहरूले जनाएकाे छन् । 

संञ्चार माध्यमका अनुसार अस्पतालमा आगलागी हुनासाथ त्यहाँ रहेका विरामीहरूलाइ नजिकैकाे अस्पतालमा स्थानान्तरण गरिएकाे थियाे  । सर्टसर्किट भएर आगलागी भएकाे हुनसक्ने आशंका गरिएकाे उक्त घटनाकाे थप अनुसन्धानका लागी महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाकाे अनुसन्धानकालागी आदेश दिएका छन् ।