धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरानका दुई जना कोरोना संक्रमितको ज्यान गएको छ ।

धरान–१७ र ३ नम्बरका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको हो । धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारको क्रममा ज्यान गएको बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उच्च रक्तचापको समस्या भएका उनको असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै धरान–३ का ७२ वर्षीय वृद्धको ज्यान गएको हो । उनलाई असोज २९ गते कोरोना पुष्टि भएको थियो भने आज १ बजेर ४५ मिनेटमा ज्यान गएको हो । शवको व्यवस्थापन नियमानुसार भइरहेको जनाएको छ ।