ब्लाष्टखबर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो भाइ रबर्ट ट्रम्प शनिबार राति न्यु योर्ककाे एक अस्पतालमा मृत्यु भएकाे छ । भाइकाे मृत्युबारे स्पस्ट पार्दै ट्रम्पले एक विज्ञप्ती मार्फत श्रद्धांजली अर्पण गरेका बिबिसी बल्डले जनाएकाे छ । 

७१ वर्षीय रोबर्ट एक व्यापारीको रूपमा चिनिन्थे। गम्भीर बिरामी भएको कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।  शुक्रबार मात्रै आफ्ना विरामी भाइलाई भेट्न अस्पताल  गएका ट्रम्पले विज्ञप्तिमा रबर्ट भाइमात्र नभएर आत्मिय साथी समेत रहकाे बताएका छन् ।