देउराली । प्रधानमन्त्री केपी ओलीले आफ्नो जन्मउत्सवमा नेपालको नक्सा अङ्कित केक काटेपछि सामाजिक संञ्जालमा राम्राे र नराम्राे दुवै खाले चर्चा परिचर्चा भएका छन् ।
नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा अालाेचना भएकाे छ । केक बनाउन लगाउने र प्रधानमन्त्री ओलीकाे चर्को आलोचना भएकाे हाे ।
सामजिक सञ्जालमा केहिले नेपालको नक्सा सहितको केक बनाउन लगाउने सल्लाकार तथा बनाउनेले ओलीलाई आलोचित गर्न यस्तो गरिएकाे भनिए पनि ओली आफैले पनि उक्त केक कटेर खानु उचित नभएको भन्दै तीव्र विरोध भएकाे छ । केहीले भारत अमेरीका लगायतका प्रमुखले पनि त्यस देशको झण्डा तथा नक्सा भएको केक काटेको उदाहण दिएका छन् ।
नेपालको नक्शा स्वरूपको केक भने यती समूहका सोनाम शेर्पा दिएको बताइन्छ । उनी आफ्नै हेलीकप्टरमा उक्त केक लिएर प्रधानमन्त्रीलाई शुभकामना दिन आठराई पुगेका थिए ।
तेह्रथुमकाे आठराई गाउँपालिकाले सनर्वजनिक बिदा समेत दिएको प्रधानमन्त्री ओली जन्माेत्सव करिब ५ हजारजनलाई भाेजको आयोजना समेत गरिएको हुँदा करिब १ महिनाअघि कार्यकर्ता लक्षित गर्दै बनाइएकाे ११ बुँदे आचारसंहिताको ठाडाे उल्लंघनकाे रूपमा बुझेका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली अाफैले अाचारसंहिता उल्लंघन गरेकाे भन्दै प्रमकाे सामाजिक संञ्जालमा आलोचना भएकाे हाे ।
नेकपाले माघ ५ गते आफ्ना नेता तथा कार्यकर्ताहरूलाई जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारहरू घरपरिवारमा मात्र सीमित गर्नु पर्ने गरी ११ बदे सर्कुलर जारी गरेको थियो । जसमा भाषिक मर्यादा सहितका कुराहरू पनि उल्लेख गरिएका थिए ।
पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि उनले कर्मचारीलाई इङ्कित गर्दै प्रयोग गरेको भाषामा अस्लील शब्दहरुको प्रयोगले पनि उक्त आचारसंहिताको आलेचना भएको थियो ।