मुम्बई/ नेपाली फिल्म क्षेत्रमा मात्र होइन विश्वको आकर्षणको केन्द्र बनेको बलिउड फिल्म नगरीमा पनि हिरोको तुलनामा हिरोइनलाई कम पारिश्रमिक दिने गरिन्छ ।  यसो हुदाँहुँदै पनि बलिउडमा केही हिरोइन आफ्नो मिहिनेतले करोडपति बन्न सफल भएका छन् ।

दीपिका पादुकोण दीपिका अहिले बलिउडमा सबैभनदा बढी पारिश्रमिक लिने अभिनेत्री हुन् । छोटै समयमा बलिउडमा पहिचान बनाउन सफल उनी अहिलेकी हिट हिरोइन पनि हुन् । उनीसँग अहिले १० मिलियन डलर सम्पत्ति छ । प्रियंका चोपडा अहिले हलिउड प्रोजेट र बलिउडको पनि ठुलो प्रोजेटमा काम गरिरहेकी छन् प्रियंका । उनी अहिले बलिउडकी महँगी अभिनेत्री पनि हुन् । उनको सम्पत्ति ५५ करोड डलर रहेको छ ।

बिपासा बासु बिपासा बासु पनि बलिउडकी सफल अभिनेत्री हुन् । बोल्ड लुकका कारण उनी सधै चर्चामा रहने गरेकी छिन् । छोटो समयमा बलिउडमा ठुलै फड्को मात्र सफल उनीसँग १५ मिलियन डलर बढी सम्पत्ति रहेको छ ।

बिद्या बालन ५ फिल्म फेयर अवार्ड जितेकी बिद्याले हम पाँच चलचित्रबाट अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले केही सुपरहिट चलचित्र पनि दिइन् । उनी अहिले १५ मिलियन डलरको मालिक्नी भएकी छन् । सोनम कपुर सोनमले पनि बलिउडमा थुप्रै सुपरहिट चलचित्र दिएकी छन् । साँवरिया फिल्मबाट अभिनय करियर सुरु गरेकी उनीसँग १५ मिलियन डलर सम्पत्ति रहेको छ ।

सोनाक्षी सिन्हा सोनाक्षी सबैभन्दा कम समयमा बलिउडमा सफलता हात पार्ने अभिनेत्री हुन् । आफ्नो मिहिनेत र निरन्तरताले उनले बलिउडमा राम्रो स्थान बनाएकी छन् । उनी आफैंले कमाएर करोडपति भएकी छन् । ऐश्वर्या राय बच्चन अहिले बच्चन खानदानकी बुहारी केही समय फिल्म अभिनयबाट पनि टाढा रहेकी थिइन् । उनी बलिउडकी सबैभन्दा धनी हिरोइन पनि हुन् । २०१५ सम्म उनको कुल सम्पत्ति २३५ करोड रहेको थियो । उनी अहिले पनि सबैभन्दा ठूलो ब्राण्डसम्म काम गरिरहेकी छन् ।

अमीषा पटेल लामो समयदेखि चलचित्र अभिनयबाट टाढा रहँदै आएकी अमिषालाई पैसाको कुनै कमी छैन । बलिउडमा सबैभन्दा पढेकी हिरोइन भनेर उनलाई भन्ने गरिन्छ । एक समय बिक्रम भट्टसँगको सम्बन्धका कारण चर्चामा रहेकी अमिषा अहिलेसम्म अविवाहित हुन् । उनसँग ३० मिलियन डलर सम्पत्ति रहेको छ ।

एजेन्सी