Trending Tags

विशेष

    Showing ८१-९० of १,४५५ items.
  • बराहक्षेत्रको हर्दियामा एसिड आक्रमण, आरोपी फरार, घाइँतेको अवस्था गम्भीर

    श्रीमान श्रीमतीको सामान्य विवादबाट उत्पन्न झगडाका कारण छिमेकीको शरीरमा एसिड आक्रमण भएको छ । श्रीमती सरस्वती राजधामी (बस्नेत ) सँग बेलुका घरायसी कुरामा विवाद उत्पन्न भएपछि  बराहक्षेत्र–३ हर्दियाका ३१ वर्षीया रोमन राजधामीले मार्छु  भन्दै धम्की दिएपछि सरस्वती छिमेकीको शरणमा पुगेकी थिइन् । शरण लिएकै घरमा गई सरस्वतीमाथि आक्रमण गर्ने क्रममा रोमनले  छिमेकी ४३ वर्षीया श्यामुमारी राजधामीमाथि नै एसिड आक्रमण गरेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जनाएको छ । प्रहरीका अनुसार छिमेकमा लुकेर ढोका थुनेर बसेकी श्रीमतीलाई  खोज्दै जाँदा रोमनले ढोका ढकढक गरेपछि छिमेकी श्यामकुमार

    • प्रकाशित मितिः श्रावण १३, २०७८
    • २,९४६ पटक पढिएको
    • प्रदीप जस्मैत चौधरी
  • प्रदेश नामाकरण सम्बन्धमा मुख्यमन्त्रीको पहलकदमी, प्रमुख प्रतिपक्षले भन्योः मुख्यमन्त्रीको आइसब्रेक

    प्रदेश १ को नामाकरणका सम्बन्धमा मुख्यमन्त्री शेरधन राईले छलफल अगाडि बढाएका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितलाई आमन्त्रण गरी छलफल अघि बढाएका हुन् ।‘मुख्यमन्त्रीले कार्यालयमै बोलाएर प्रदेशको नामाकरण सम्बन्धमा छलफल अघि बढाउने प्रस्ताव गर्नु भएको छ,’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भने, ‘मुख्यमन्त्रीले आइसब्रेक गर्नु भा’छ, अनौपचारिक भए पनि  छलफल अघि बढेको छ ।’नेता कोइरालाले वर्षे अधिवेशनमै प्रदेशको नामाकरणको विषय टुंग्याउने मुख्यमन्त्रीको आशय रहेको बताए । उनले आआफ्नो संसदीय दलमा छलफल गरी निर्णय गर्ने सहमति भएको ज

    • प्रकाशित मितिः श्रावण १२, २०७८
    • ३७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • महिन्द्रा फोरह्वीलरको मनसुन सर्भिस क्याम्प हुँदै

    महिन्द्रा फोरह्वीलरको नेपालका लागि एकमात्र अधिकृत विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवर्क्स प्रालिले साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ । महिन्द्राका सम्पूर्ण फोरह्वीलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरू पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । बालाजु अटोवर्क्स प्रालिले ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गरी सर्भिस क्याम्पमा गाडीको ३०–पोइन्ट चेकअपमार्फत् सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ बताएको छ ।कम्पनीका अनुसार महिन्द्रा मनसुन स

    • प्रकाशित मितिः श्रावण १२, २०७८
    • ४५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • संक्रमणमा नेपाली चलचित्रः अझै डेढ दशक प्रभावित हुने

    कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ । सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन । चलचित्रकर्मीले भने सबैलाई खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्डसहित विस्तारै चलचित्र क्षेत्र पनि खोल्नु पर्ने बताउँदै आएका छन् । नेपाली चलचित्र क्षेत्र कोरोना भाइरसको जोखिमअघि नै प्रभावित अवस्थामा थियो

    • प्रकाशित मितिः श्रावण ११, २०७८
    • ४७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कचनकवल गाउँपालिकाद्वारा प्रदेश सरकारको बजेट दुरुपयोग

    झापाको कचनकवल गाउँपालिकाले प्रदेश सरकारको बजेट दुरुपयोग गरेको छ । दक्षिणी झापाको यो स्थानीय तहले भवन निर्माण कार्य सम्पन्न नगरी प्रदेश सरकारको बजेट खर्च गरेको खुलेको छ ।१ नम्बर प्रदेश सरकारको समपुरक अनुदानमा अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा कचनकवल गाउँपालिकालाई राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको थियो । तर, गाउँपालिकाले भवन निर्माणको काम सम्पन्न नहुँदै प्रदेश सरकारको एक करोड बजेट खर्चमा तानिसकेको भेटिएको छ ।प्रदेश लेखा इकाई कार्यालय झापाको तथ्याङ्क अनुसार गाउँपालिकाले जेठ महिनासम्म ६६ लाख ६७ हजार खर्च गरेको थियो, भने असार महिनामा ३३ लाख ३३ हजार खर्च गरेको द

    • प्रकाशित मितिः श्रावण ९, २०७८
    • ८६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • असुरक्षित अफगानका लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति

    अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप भिषाको प्रस्तावलाई अनुमोदन गरिएको हो । अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग सँगै काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन गरेको निवेदनपछि यो निर्णय आएको हो । त्यस्तै १० हजार अफगानीले तेस्रो मुलुक वा समुद्रपार सैनिक शिविरमा बस्ने व्यवस्था गरिदिन निवेदन दिएका खामा प्रेसले जनाएको छ ।&n

    • प्रकाशित मितिः श्रावण ९, २०७८
    • ४३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१६ डोज खोप लगाइयो

    विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु प्रकाशित भएको छ ।  चीनमा एक अर्ब ४७ करोड १६ लाख ५ हजार  डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा  ३३ करोड ८७ लाख ३८ हजार १२५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९०० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७२८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५१४ डोज कोरोना भाइरसविरुद्ध ख

    • प्रकाशित मितिः श्रावण ९, २०७८
    • ६८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पुष्पलाल स्मृति दिवसमा धरानबाट एमाले एकताको सन्देश (भिडियो)

    विभाजनको संघारमा पुगेको नेकपा एमाले एकताका लागि धरानले विभिन्न समयमा प्रयत्नसहितको सन्देश दिइरहेको छ । नेकपा एमालेकातर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा विजयी प्रभावशाली नेता स्वर्गीय तारा सुब्बाको स्मृतिमा संयुक्त कार्यक्रम गरेर नेकपा एमाले धरानले एकताको सन्देश दिइसकेको थियो । पुष्पलाल स्मृति दिवसमा पनि युवाहरुले पार्टीलाई एक हुन सन्देश दिएका छन् । पार्टी विभाजनले पार्टी नै ध्वस्त हुने भएकाले नेतृत्वलाई समझदारीसाथ काम गर्न धरानका युवाले आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं स्मृति दिवसमा धरानमा युवा संघ नेपालले तारा सुब्बा स्मृति पार्कमा

    • प्रकाशित मितिः श्रावण ७, २०७८
    • ७७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'नेकपा विप्लव'को चेतावनीः सहमति कार्यान्वयन नभए ‘संघर्षको बाटो’

    नेपाल सरकारसँगको सहमति कार्यान्वयन नभए संघर्षको बाटोमा जाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहले चेतावनी दिएको छ । धरानमा पार्टीको सुनसरी जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै देशका विभिन्न जिल्लाका कारागारमा रहेका करिब दुई दर्जन नेता तथा कार्यकर्ताको रिहाइको माग राखेको छ । विगतमा राज्य व्यवस्थाको सम्पूर्ण अधिकार दरबारमा रहे पनि हाल असफल व्यवस्था र अव्यवस्थित राजनीतिक व्यवस्थाको परिणामका कारण अदालतले राज्यका महत्वपूर्ण फैसला गरेको पार्टीले धारणा सार्वजनिक गरेको छ । नेकपाले हत्या र हिंसाको बाटो नभएर क्रान्ति रोजेको बताउँदै केन्द्रीय सदस्य दीपेशले राज्य अहिले पनि सिद्धान्त

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • २२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • 'क्षयरोग'ले 'साइट क्लियर' नगर्दा कोशी अस्पतालको भवन निर्माणमा ढिलाइ

    ठेक्का सम्झौता भई निर्माण कम्पनीले कार्यदेश पाइसक्दा पनि विराटनगरस्थित कोशी अस्पतालमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणमा ढिलाइ भएको छ । अत्याधुनिक भवन निर्माण हुने स्थानमा ‘साइट क्लियर’ हुन नसक्दा निर्माणमा ढिलाइ भएको हो । कोशी अस्पतालको नयाँ बन्ने भवनको जग्गामा नेपाल क्षयरोग निवारण संस्थाको भवन रहेको छ । उक्त भवन खाली गरी संरचना हटाउन कोशी अस्पतालले गरेको पत्रचारलाई क्षयरोग निवारण संस्थाले आनाकानी गरेको कारणले नयाँ भवन निर्माणमा ढिलाइ भएको हो । ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँ लागतमा पहिलो चरणमा चार तलाको भवन बनाउने सम्झौता २०७८ असार २३ गते निर्माण कम्पनी रमन भूम

    • प्रकाशित मितिः श्रावण ६, २०७८
    • ५५४ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved