अफगानिस्तानमा मिसन समाप्तिपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनको वक्तव्य सार्वजनिक भएको छ । विगत १७ दिनदेखि अफगानिस्तानमा फँसेका नागरिकलाई उद्धार गर्ने काम जारी रहेको उनले बताए । हातमा बन्दुक । झुकेको शीर । एयरक्राफ्टतर्फ अघि बढिरहेका सैनिक । अफगानिस्तानमा अमेरिकाले झण्डै २० वर्षपछि आफ्नो मिसन समाप्ति गरेको छ ।अमेरिकाको रक्षा मन्त्रालयले मंगलबार उसका सबै सैनिक फर्किएको र मिसन पूर्ण रुपमा समाप्त भएको जानकारी दिएको छ । अफगानिस्तानबाट आतंकवादको समाप्तिको प्रण बोकेर अमेरिकी सेना १९ वर्ष १९ महिना र १० दिन पछि अन्ततः अफगानिस्तानलाई तालिबानको हातमा सुम्पिएर बिदा भएको छ । फर्किएका
सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजमध्ये १५ वटा प्याकेजमार्फत ६० जिल्लाका तोकिए बमोजिमका स्थानमा १०० प्रतिशत तथा २ वटा प्याकेजमार्फत १० जिल्लाका तोकिए बमोजिमका स्थानमा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरी सेवा सञ्चालनमा ल्याइको छ ।ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय, क्याम्पस, स्वास्थ्य चौकी, कृषि केन्द्र, पर्यटकीय केन्द्र, प्रत्ये
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य मन्त्रिपरिषद विस्तारको लागि आन्तरिक छलफलमा जुटेका छन् । शुक्रबार दुई मन्त्री नियुक्त गरेका उनले नेकपा एमालेमै बहुमत जुटाउने कसरतमा लागेका छन् ।तर यो कसरतले प्रतिफल दिने हो कि नदिने हो भन्ने चाहिं तीव्र शंका छ । नवनियुक्त मुख्यमन्त्री आचार्यले एमालेको बहुमत जोगाउने दाबी गर्दै आइरहेका छन् । उनैले भनेको ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दल’ सँग कुरा अगाडि बढाइरहेका छन् ।एमालेका ५ सांसद मात्रै एकीकृत समाजवादीतिर गए मुख्यमन्त्री आचार्य अल्पमतमा पर्नेछन् । विपक्षी दल टसमस गर्ने अवस्थामा छैन । नेकपा एमालेमा माधव समूहका नेताका रुपमा चिनिएका म
बिर्तामोड । भदौ १ गते साँझ झापाको मेचीनगर–१३ चारआलीका दुई महिला र एक पुरुषसँगै ‘खाजा खाने’ सल्लाह गर्दै बिर्ताबजारको एक होटलमा आए । अरु समयमा ‘मिठो खाजा’ उपलब्ध गराउने होटल त्यो दिन बन्द थियो । अरुबेला आउँदा खाजा खाने होटल बन्द भएको थाहा पाएपछि उनीहरुले नजिकैको सीमाना होटल खुल्ला रहेको देखे । टोलीमध्ये पुरुषले होटल सिमानाका सञ्चालकसँग खाजामा के पाउँछ भन्दै सोधे । होटल सञ्चालकले भारतबाट आँखा उपचारका लागि आएका मान्छेलाई खाना तयार गर्न होटल खोलेको बताए । तर, होटलमा मासु भने रहेको जानकारी दिए । लक–डाउन त्यही दिन खुलेका कारण बिर्तामोडमा अरु होटल सञ्चालन भई सकेका थिएनन् । उनीहरु त्यही होटल
नेपाली कांग्रेसका नेता शेखर काेइरालाले सरकारले दल विभाजकाे अध्यादेश ल्याउनु गलत भएकाे बताएका छन् ।चलिरहेकाे संसद अन्त्य गरेर अन्य दललाइ विभाजना गर्ने उदेश्यले राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याउनु कांग्रेसकाे संस्कार नभएकाे भन्दै सरकारकाे याे कार्यले लाेकतन्त्र कमजाेर भएकाे बताएका छन् ।उनले केही समय अघी ओली नेतृत्व सरकाले अध्यादेश ल्याउँदा विरोध गर्ने र आफूले सरकारको नेतृत्वमा गएपछि पुन: त्यही अध्यादेश ल्याउन मिल्छ ? भन्दै प्रश्न समेत गरेका छन् । उनले लामाे समयसम्म पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको
वेलका नगरपालिकाको ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा किरात उद्गम स्थल मैनामैनीमा निर्माणधीन सुँगुरको प्रतिमा विवादित बन्दै गएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि नगरप्रमुख दुर्गाकुमार थापाले योजनाअनुसारकै निर्माण कार्य हुने बताए । बेलका नगरपालिकाबाट विनियोजित ६० लाख रुपैयाँ बजेटमा ‘कोशी नदीमा फाल हान्न लागेको वराह (बँदेल) को प्रतिमा निर्माण गर्ने’ निर्णय भएको थियो । हाल ७५ प्रतिशतमात्रै निर्माण भएको भनिएको प्रतिमा ‘लोकल जातको सुँगुर’ बनेपछि विवादित भएको छ । सामाजिक सञ्जालमा मतमतान्तर र विरोध–समर्थनमा स्थानीय सरोकारवाला र सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गरेका छन् । बेलका नगरप
सरल, सुसंस्कृत, व्यक्तिगत स्वार्थमा नलागी देश र कर्तव्यप्रति बफादार, धरानको शिक्षा, स्वास्थ्य बिजुली र खानेपानीमा अतुलनीय योगदान पु¥याउनुभएका धरान नगर पञ्चायतको पहिलो प्रधानपञ्च, राष्ट्रिय पञ्चायतका सदस्य, पूर्व अञ्चलाधीश, गाउँफर्क राष्ट्रिय अभियानका अञ्चल सभापति विभिन्न क्षेत्रमा प्रशंसनीय कार्यहरु गर्दै आउनुभएका भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने विकासप्रेमी आदर्श व्यक्तित्वको नाम हो स्व. सूर्यप्रसाद उपाध्याय । उनी धरानका सौरभ हुन् ।जोसँग असल विद्या छ, त्यो व्यक्ति विनयशील हुन्छ, विनयशील व्यक्ति सत्पात्र मानिन्छ, जो सत्पात्र छ, त्यसलाई इमान, मान, प्रशंसा प्राप्त हुन्छ । इमान, मान र प्रशंसाल
झापाको चिया बगानको करोडौँ मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न रोक्नुपर्ने प्रदेश सभा बैठकमा सांसदले माग राखेका छन् । प्रदेश १ प्रदेशसभाको बिहीबार बसेको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका इन्द्रबहादुर आङ्बोले यस्तो माग राखेका हुन् ।उनले ओली सरकारले असार २४ गतेको मन्त्रीपरिषद् बैठकबाट झापाको गिरिबन्धु टिस्टेटको करिब ३४१ बिघा जग्गा सट्टापट्टा गर्ने निर्णय गर्नु राष्ट्रघाती र जनताविरोधी भएको भन्दै उक्त निर्णय तत्काल खारेज गरिनुपर्ने माग राखे । अघिल्लो केन्द्र सरकारले गरेका जनविरोधी कामहरु सबै बदर गरिनुपर्ने उनले बताए । 
बराहक्षेत्रवासीलाई बाघ खोलाले बर्सेनी दुःख दिन्छ । पानी पर्नासाथ बाघ खोला बहुलाएर आउँछ । बाघ खोलाको बितण्डाका कारण धरान चतरा गर्ने यात्रुहरुले सास्ती खेप्दै आउनु परेको छ । शिक्षा, स्वास्थ्य, रोजगार र बजारका लागि धरानमा आश्रित वराहक्षेत्र, चतरा र उदयपुरको रामपुरसम्मका मान्छेले बाघ खोलाकै कारण सास्ती खेप्दै आएका छन् । बाघ खोलासँग पौंठेजोरी खेलेकै कारण कतिले आफ्ना सवारी गुमाएका छन् । कति मान्छे आफैं घाइँते भएका छन् । बाघ खोलाबाट सिर्जित दुर्घटनाका कारण बर्सेनी क्षति पुग्दै आएको छ । स्थानीय सरकार आइसकेपछि पनि बाघ खोलाको मति उस्तै छ । धरान चतरा गर्नेहरुको गति पनि उस्तै छ । बाघ ख
भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । यसै सन्दर्भमा नेपाल बसोबास बस्ती संरक्षण समाज (नेपाल बसोबास) ले लालपूर्जा पाउने आधार ढलेको बताएको छ । प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बसोबासले अब फास्ट ट्र्याकबाट काम नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार जारी विज्ञप्तिमा समाजले राणा साशनको अन्त्यपछि पहिलो प्रजातन्त्र ०७ सालदेखि भूस्वामित्व लालपूर्जाको माग गरी आएका सुकुम्बासीलाई फेरि राजनीतिक कारणले अधिकारबाट बञ्चित गराएको उल्लेख गरेको छ । ०७६ माघ २८ गते भूमिसम्बन्धी आठौं ऐन पास भई ०७७ वैशाख १ गते ग
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved