धरान : शान्ति सुरक्षा तथा अमनचयन कायम राख्नेमा झापासहित तीन जिल्ला उत्कृष्ट ठहरिएका छन्।गृह मन्त्रालयले मंगलबार विज्ञप्ति निकाल्दै झापासहित अर्घाखाँची र रुकुमपूर्वलाई उत्कष्ट कार्यसम्पादन गर्ने जिल्लाको रुपमा लिएको छ।गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच वार्षिक रुपमा कार्यसम्पादन सम्झौता हुने गरेको छ। सो कार्यसम्पादनमा झापा उत्कृष्ट ठहरिएको हो। झापासहित उत्कृष्ट ठहरिएका जिल्लालाई गृह मन्त्रालयले पुरस्कृत गर्ने छ।मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकनको आधारमा आर्थिक वर्ष २०७७÷७८ मा झापासहित तीन जिल्ला उत्कृष्ट ठहरिएको गृह मन्त्रालयले जनाएको छ।मूल्यांकन गर्दा कार्यसम्पादन सम्झौताको छ
राष्ट्रिय खाद्य बैंक पब्लिक कम्पनीले धरानमा कृषिसम्बन्धि साक्षात्कार गरेको छ । ४० वटा स्थानीय तहमा साक्षात्कार सन्चालन गरेको खाद्य बैंकले इटहरीमा समेत शाखा सन्चालनको तयारी गरेको छ । कम्पनीले बर्दिया खैरेनीमा ६० बिघा, पोखराको हेम्जामा ३५ रोपनी, झापाको गौरादहमा ५५ बिघामा जग्गा लिजमा लिएर पाइलट प्रोजेक्ट सन्चालन गरिरहेको बैंकका संचालक सदस्य किरणराज रेग्मीले जानकारी दिए । उनका अनुसार बैंक आफैंले खाद्यान्न, दलहन, हरिया सागसब्जी, फलफूल, दुग्धजन्य उत्पादन, अन्डा, मासु, जडिबुटी, चिया, कफी, उखुलगायत उत्पादन गर्ने उदेश्य लिएको छ । कृषक र कृषिमा काम गर्ने सस्थाको समन्वयमा उत्पादन गर्ने र गराउ
हिमालय रोडिज सिजन–४ का लागि डिजिटल अडिसनमा छुटेका प्रतियोगीका लागि देशभर यामाहा शोरुममा फिजिकल अडिसन गरिंदै छ । हिजो धरान, इटहरी र विराटनगरमा अडिसन गरिएको छ । आज बिर्तामोडमा अडिसन सुरु हुँदैछ । शनिबार धरान ८ भोटेपुलमा रहेको यामाहाको स्वरुममा स्वास्थ मापदण्ड पालन गर्दै डिजिटल अडिसन दिन नसकेकालाई फिजिकल अडिसन लिएको थियो ।रोडिज टिम ग्रीनका ग्याङका लिडर आशिष राना (लाउरे) र यमाहाका मार्केटिङ म्यानेजर प्रशान्त राजभण्डारीले अडिसन लिए । धरानबाट रोडिजले खोजे अनुरुपको ‘कन्टेस्टेन्ट’ पाएको लाउरेले प्रतिक्रिया दिए । ‘धरानमा हाम्रो ‘एस्पेक्टेसन’ अन्य सहरहरुको भन्दा हाई हुन्छ र त्यो अ
एकातिर कोसी नदीले निरन्तर कटान गरिरहेको छ । अर्कातिर स्थानीयवासी तारजाली लगाउन व्यस्त छन् । गृहमन्त्री बालकृष्ण खाँड शनिबार हेलिकोप्टर चढी टप्पुमा आएपछि कोसी नदी पीडितले राहतको सास फेरेका छन् ।निरीक्षणमा कोही नआउने, कोसीले बगाउनै लाग्दा पनि कसैले वास्ता नगरेको गुनासो गरिरहेका स्थानीयवासीलाई गृहमन्त्री आउँदा लामो सास फेरेको स्थानीय युवा सन्तोषकुमार चन्द्रवंशीले बताए ।कोसी नदी उकास जग्गामा ७० वर्षअघिदेखि बसोबास गर्दै आएका स्थानीय र बस्ती जोखिममा परेपछि बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका थिए । नगर प्रमुख थापाकै आग्रहमा मन्त्री खाँड स्थलगत निरीक
सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको सम्झौताका विवादित विषयमा स्पष्ट हुन चाहेको भन्दै अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र लेखेको छ । अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अरु सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो ।एमसीसी इन्डो–प्यासिफिकको हिस्सा भए नभएको, एमसीसीसँग नेपालको सुरक्षा रणनीति जोडिएको वा नजोडिएको, परियोजनाको लेखापरीक्षण हुने ठाउँ तथा एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हो वा होइन, यो पूर्वाधार र उर्जा विकासको लागि मात्रै हो कि होइन, अरु सहयोग र यो सहयोगमा के फरक छ, सम्झौताले नेपालको राष्ट्रिय हित र सार्वभौम सत्तालाई असर पार्छ कि पार्
नेकपा एमाले सुनसरीले १० बुँदे सहमति कार्यान्वयनको विषयलाई लिएर विद्रोहको चेतावनी दिएको छ । पार्टी कार्यालय इनरुवामा बसेको पदाधिकारीको भेलाले जिल्लाभित्र पार्टी एकताको मर्म विपरीतका गतिविधि भएको ठहर गर्दै जेठ २ मा फर्कने निर्णय नमान्ने बताएको छ । अध्यक्ष रेवतीरमण भण्डारीसहितको उपस्थितिमा बसेको बैठकले एकता कार्यदलका नाममा भीम आचार्यलगायतका नेताले पार्टीभित्र स्वार्थगत निर्णय लाद्न खोजेको आरोप लगाएको छ । भण्डारी अध्यक्ष रहेकोे जिल्ला कमिटीका पदाधिकारीले एकलौटी ढङ्गले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै जबरजस्ती गर्न खोजिए पार्टीभित्र दुर्घटना निम्तनेतर्फ समेत पार्टी पङ्क्
मोरङ पथरीशनिश्चरे ७, स्थित लामाटोलीका पत्रकार बिजय खम्बूलाई आर्थिक सहयोग गरेर जीवन बचाई दिन तीन छोराछोरीले आग्रह गरेका छन् । जेण्डिस बिग्रेर कलेजो रोगबाट पीडित ३३ वर्षीय खम्बूको चिन्ताजनक अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सोही समस्याको कारण खम्बूको फोक्सो र पेटमा पानी जमिनुको साथै खुट्टालगायतको भाग सुन्निएको अवस्था छ । लामो समयदेखि अस्वास्थ्य रहँदै आएका खम्बूको मोरङ विराटनगरको नोबेल, उर्लाबारीको अरनिकोलगायतको अस्पतालमा उपचार गरिसकेको पत्नी कल्पना राईले बताइन् । नोबेलमा करिब दुई हप्ता आईसीयु (सघन उपचार कक्ष) मा राखेर उपचार भएको थियो
१ नंः प्रदेश सभामा एमालेका ५१ सांसदमध्ये माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका १० जना सासंद निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन जाने भएका छन् ।१० सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी प्रदेश १ को निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन आज ११ बजे जान लागेका हुन् ।आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य राजेन्द्र राईले जानकारी दिए । ‘सनाखतका लागि निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ,’ उनले भने ।राईका अनुसार हाललाई १० ज
अफगानिस्तानबाट सैन्य फिर्तापछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले देशका नाममा सम्बोधन गरेका छन् । बाइडेनले सम्बोधनमा अफगानिस्तानमा अमेरिकी मिसन सफल रहेको बताए । उनले काबुल छाड्नुको विकल्प नरहेको बताए । अफगानिस्तानमा लाखौं, करोडौं डलर खर्च गरिएको र यो अभियान निकै महँगो प्रमाणित भएको बाइडेनको भनाइ थियो । I believe this is the 'right decision, wise decision and the best decision'. The war in Afghanistan is now over. I am the fourth president to have faced this issue on how to end this war... I made a commitment to Americans to end this war, I honoured it: US President Joe Biden pic.twitter
झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले ‘दधिकादो पर्व’ मङ्गलबार मेचीनगरमा उल्लासपूर्वक मनाएका छन् । कोभिड–१९ को महामारीका कारण यसपालि ठूलो मेला आयोजना नगरिए पनि मौलिक परम्परालाई जोगाउँदै स्थानीयस्तरमा कार्यक्रम गरिएको छ । राजवंशी, गनगाई र ताजपुरिया समुदायले यस पर्व विशेषरूपमा मनाउने गर्दछन् ।मेचीनगर नगरपालिका–७ मदनबस्तीमा राजवंशी युवाले चिल्लो बाँसको टुप्पामा बाँधिएको नरिवल र पैसा झिक्ने प्रतियोगितात्मक खेलको आयोजना गरे । सो प्रतियोगितामा मेचीनगर–७ का देवलाल राजवंशी प्रथम भए । दधिकादो पूर्वी नेपालका आदिवासी राजवंशीको मौलिक र विशिष्ट पर्व हो । ‘दधि’ भनेको दही र ‘कादो’ भनेको हिलो
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved