समान शक्ति, समान स्वतन्त्रता र समान प्रतिनिधित्वको एजेण्डासहित सुनसरीका पाँच स्थानीय तहका किशोरी २ दिने कला कार्यशालामा सहभागी भएका छन् ।‘गर्ल्स गेट इक्वेल’ अभियानअन्तर्गत किशोरीले चिठी लेखन कलाको अभ्यास गरेका छन् । रामधुनी, इनरुवा, वराहक्षेत्र, दुहबी र धरान उपमहानगरपालिकाका ७४ जना किशोरी कला कार्यशालामा सहभागी भए । रामधुनी नगरपालिकाका १४ जना, इनरुवाका २० जना उद्योग वाणिज्य संघको भवनमा, बराहक्षेत्रका २० जना वसन्त ऋतु माविमा, धरान उपमहानगरपालिकाका १० जना विमल स्मृति पुस्तकालयको हलमा र दुहबीका १० जना बीपी आधारभूत विद्यालयको सभाहलमा आयोजित कार्यशालामा सहभागी भए । सहभागीले शक्ति, स्वतन्त
राजनीतिक स्थिरता र मितव्ययीता भएमात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बताएका छन् । संविधान दिवसको अवसरमा ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभकामना दिंदै प्रदेश प्रमुख प्यासीले देशमा राजनीतिक स्थिरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता कायम गरी राष्ट्रको दिगो विकास गर्नसकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने उल्लेख गरेका छन् ।संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख प्यासीले बहुजातीय, बहुभाषिक, बहुधार
सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुनुहुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।जनताका प्रतिनिधिद्वारा निर्माण गरी संविधानसभाबाट जारी भएको नेपालको संविधानलाई विश्वकै उत्कृष्ट संविधानकारुपमा रहेको ख्याख्या र विश्लेषण गरिएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् ग
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेकाे आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए।विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँ
कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा गाउँका साप्ताहिक हाटबजार खुल्न थालेका छन् । हाटबजारमा बढ्दो भीडभाडका कारण सङ्क्रमणको जोखिम बढ्दो छ । वराहक्षेत्र २ स्थित हाटखोला फुटबल क्लबले हाटबजार क्षेत्रमा सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले जनचेतनामूलक अभियान सन्चालन गरेको छ । बिहीबारे हाटमा मास्क लगाउन प्रेरित जनचेतना कार्यक्रममा खेलाडीहरुले २२ सय मास्क वितरण गरेका छन् । हाटखोला फुटबल क्लबमा आबद्ध खेलाडीले मास्क र सेनिटाइजर वितरण गरेको सचिव रोहित साहले जानकारी दिए । खेलाडीहरुको चेतनामूलक अभियानमा उत्साह थप्न चतरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दम्पत
प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा 'कोरोना संक्रमण: बालबालिकाको भोगाई र शिक्षामा असर' विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्तवना भएका थिए । बक्तृत
विराटनगर । छैठौं संस्करणको मिस कोशीको फाइनलमा पुगेका ३० जना प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । उनीहरूले मिस ट्यालेन्ट राउण्डमा आ–आफ्ना रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।ट्यालेन्ट राउण्डको फाइनलमा पुगेका प्रतियोगिहरूले गीत, नृत्य, अभिनय, कविता, मूर्तीकलालगायतका विभिन्न प्रतिभा देखाएको जय मिडिया म्यानिजमेन्ट प्रालिका चियरमेन जय राज रायले जानकारी दिए । किशोरीहरूमा भएका प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्याक्तित्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता विभिन्न चरणको अडिसनबाट ३० जना फाइनलमा पुगेका हुन् ।ट्यालेन्ट राउण्डको निर्णायकहरूमा नृत्य निर्देशक मनोज राजवंशी, संगीतकार तथा
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्ध
धरान डेक्स : राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीनको शुभकामना दिएका छन् । तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई उनीहरुले शुभकामना दिएका हुन् । हरितालिका तीनजस्ता चाडपर्वले समाज र राष्ट्रलाई समेत भावनात्मक एकतामा आवद्ध गर्न सहयोग गर्ने भण्डारीले उल्लेख गरेकी छन् । तीजले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तबीचको सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत गर्ने उनले बताएकी छन् । तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानुपर
“माइतबाट लिन आउँदा खुशी भइन्थ्यो,पिँजडाको चरी फुत्केसरी भइन्थ्यो”विवि अनुरागीको संगीत र पवित्रा रसाइलीको स्वरमा यो गीतले भनेझैँ तीज पर्व वर्षभरि सासु, सुसुरा, पति, नन्द, आमाजुका खटनमा गर्नुपर्ने कामका बोझहरुलाई थपक्कै बिसाएर स्वतन्त्र भइ माइती जान पाइने अवस्थालाई सम्झाएको छ । यसरी माइती गएपछि आफ्ना साथी संगीहरुसँग रमाइलो गर्ने त छँदैछ ।विवाहपछि बुहारीले कर्म घरबाट भोगेका पीडा, नमिठा पलहरुलाई गीतमार्फत निर्धक्क अभिव्यक्ति दिएर गाउने अर्थात् पीडा बिर्र्साएर खुशी हुने पर्व हो तीज । यो पर्वमा महिलाले व्यक्तिगत आफ्ना पीडालाई गीतमा ढालेर प्रस्तुत गर्दछन् । आफूलाई खुशी एवं स्वतन्त्र भएको महसुस
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved