तिहार नजिकिएसँगै एक कोहार दम्पतीलाई माटाका भाँडा बनाउन र बिक्री गर्न भ्याई नभ्याई भएको छ । बिहान उठेदेखि झमक्क साँझ नपरेसम्म माटोको भाँडा बनाउने काममा व्यस्त छन्, उनीहरू ।विगत ५० वर्षदेखि पुर्ख्यौली पेसाको संरक्षण गर्दै आएका दुखी कोहार र उनकी श्रीमती इश्रावती कोहार चक्रमा राखेको माटोमा कला उतार्ने गर्दछन् । उनीहरूको एउटै उद्देश्य छ, चाडपर्वको बेला सबैलाई सहजरुपमा माटोका भाँडाहरू उपलब्ध गराउदै आर्थिक उपार्जन गर्नु हो ।अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री भए पनि तिहारको समयमा भने धेरै नै बिक्री हुने गरेको रूपन्देहिको ओमसतिया–४ बेतवलिया बस्ने उनीहरू बताउँछन् । उनीहरूले बनाएको माटोका भाँडाहरू
–निनाम कुलुङ ‘मंगले’नेपालका राई जातका बारेमा लेख्ने, बोल्ने र आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, इतिहासकार, समाजशास्त्री, मानवशास्त्री, भाषाविद, मुन्धुमविद (हामी कुलुङहरु मुन्धुमलाई ‘रीदूम’ भन्छौं ।), विश्लेषक, लेखक, जान्ने–सुन्ने–बुझ्ने (अति जान्ने सुन्ने, बुझ्ने/अजासुबु !), भूतपूर्व मन्त्री, भूपू सांसद, विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, समाजसेवी, गायक, कलाकार, चित्रकार आदि भनी आफ्नाे नामको अगाडि विशेषण र फुर्को झुन्ड्याएका/झुन्ड्याईएकाहरुले आफूले लेख्ने, बोल्ने, भाषण गर्ने अन्तार्वार्ता दिने क्रममा राई के–कति कारणले जात हो ? अथवा जाति हो ? प्रस्ट्याएर कहिल्यै अन्तार्वा
‘रमरम मरौटीतिम्रो रुपै करौँती।।।’युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ ।भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के हो रु जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौँ । गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीद्वारा स्वरबद्ध गीतले मरौटी शब्दलाई जुन ओजका साथ उछालेको छ, उति नै त्यो गुणकारी पनि छ । युट्युबमा सार्वजनिक भएको तीन सातामै ५० लाख भ्यूज कमाउन सफल गीतमा प्रयोग गरिएको मरौटी खासमा के हो त ?स्वास्थ्य रक्षाका ला
वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ ।आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै ९अखिल० बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बेलुकी अखिल बलिपूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए।कोजाग्रत पूर्णिमाका अवसरमा
नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिएविजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उहाँले बताए। “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विस
बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुरा
नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् ।नवरात्रको पहिलो द
नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देव
नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूज
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बडा दशैं २०७८ काे अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरू दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् । नवरात्रिको पहिलो दिन घटस्थापनाका दिन मुख्यमन्त्री आचार्यले शुभकामना सन्देश जारी गदै दशैं पर्वले अन्याय, अत्याचारको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका छन् ।उनले । दशैंले भिन्न भिन्न जातजाति, भाषा, धर्म एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भ्रातृत्व कायम गर्न सकोस् भन्ने उनले कामना व्यक्त गर्दै कोभिड–१९ को महामार
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved