Trending Tags

विशेष

    Showing ११-२० of १,४५५ items.
  • ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

    बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।   यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।सरकारले फागुन ६, ७ र ८ गते तीन दि

    • प्रकाशित मितिः फाल्गुन ७, २०७८
    • ३३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ

    राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज विराटनगरको ट्राफिक चोकदेखि तीनपैनीसम्म नगरको दुवैतर्फ सफाइ गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति मोरङका संयोजक प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा भएको सफाइ अभियानमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुरक्षा निकायका प्रमुख, कर्मचारी एवं सर्वसाधारणको सहभागिता थियो । विराट नगरपालिकाको संंयोजनमा भएको उक्त सरसफाइ कार्य सञ्चालन गर्नुका साथै नगरका विभिन्न सार्वजनिकस्थलमा राष्ट्रिय झण्डासमेत फहराएको छ ।यसैगरी आजै जिल्लास्थित विभिन्न स्थानीय पालिकाका मुख्यमुख्य क्षेत्रमा सरसफाइ गर्ने कार्य सम्पन्न भएको बताइएको छ । दिवसको उपल

    • प्रकाशित मितिः फाल्गुन ६, २०७८
    • ३३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अब त देश बनाउन फर्किने सपना देख्न सुरु गर्ने कि ?

    १७ मे २०१६, मेरो जीवनको सबभन्दा यादकार दिन हुनु पर्छ किनकि मलाई आज पनि याद छ त्यो दिन जब मैले मेरो बुवालाई काठमाडौँबाट फोन गरेर “बुवा दर्शन, मेरो अस्ट्रेलियाको भिसा आयो नि” भनेको थिए ।खुसीले होला या छोरो अब मबाट टाढा हुन लाग्यो भन्ने कुराले मन दुखेर,  भावुक हुँदै मेरो बुवा केही सेकेन्डको लागि टक्क रोकिनुभयो, अनि एक छिन को सन्नाटा पछि लामो सुस्केरा निकाल्दै जवाफ पाए "ल, अब घर आइजा तयारी गर्न ।छोरोले  उच्च शिक्षा पाउनु  बुबाका लागि सबैभन्दा गर्वको क्षण हो  तर,  त्योसँगै  बाबु छोरा बिचको दुरी छन् बढ्नाले अझ बढी चिन्ता र दुखी बनाएन भन्न के सकुँला र ? बुवाको मन न हो, ब

    • प्रकाशित मितिः माघ २१, २०७८
    • ८८८ पटक पढिएको
    • सुनिल सिग्देल, आईटी इन्जिनियर (सिड्नी, अष्ट्रेलिया)
  • खुलाइयो ताला, सुनिएन माग

    विजयपुर/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुद्धीकरण अभियानको सङ्घर्षरत पक्षले लगाएको ताला करिब ६ महिनापछि खुलेको छ । तर, सुद्धीकरण अभियानका आन्दोलित पक्षको मागप्रति सरकारले अझै प्रक्रिया अगाडि बढाउन सकेको छैन । मङ्सिर २१ गते सर्वोच्च अदालतले बीपी प्रतिष्ठानको अस्पताल क्षेत्रमा तालाबन्दी भएको भन्दै तालाबन्दी खुलाउन अन्तरिम आदेश दिएको थियो । उक्त आदेशको कार्यान्वयन स्वरूप जिल्ला प्रशासन कार्यालयको निर्देशनमा धरान प्रहरीको रहोबरमा ताला फुटाइएको हो । बीपी प्रतिष्ठान सुद्धीकरण भन्दै आन्दोलित चिकित्सक, कर्मचारी र नर्ससम्मिलित संयुक्त सङ्घर्ष समितिले असार १६ गते तालाबन्दी गरेको थियो । प्

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • १८६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बहुगुण भएको 'चिराइतो '

                                  –निनाम लोवात्तीहिमालयको काखमा रहेको र, आदि अनादि कालदेखि ऋषि मुनीहरुले वास गरेको हाम्रो देश प्राकृतिक स्रोत–साधनमा पनि धेरै धनी रहेको छ । प्राकृतिक स्रोत र साधनको कुरो गर्दा हिमालयबाट बगेर आउने स्वच्छ पानीको स्रोतका रुपमा रहेका स–साना खोलानाला, नदी, पोखरी, तालतलैया, वन–जंगल, औषधीजन्य वनस्पति, जडीबुटीजन्य बुट्यान, लेऊ, झ्याऊ, च्याऊ, फलफूल, झारपात, रुखबिरुवा, भीर मह, घर मह आदिलाई लिन सकिन्छ । भनिन्छ, नेपालमा वनस्पतिजन्य पूmल फुल्ने फुलहरु मात्रै लगभग सात हजार प्रकार छन् भन्ने अध्ययन–अनुसन्धान

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • ५२६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै

    विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी  सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ ।  पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उनको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन (हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन) थियो, हामी कुनै वर्ष मेला भर्न छुटाउँदैनथ्याैँ”, ४५ वर्षीया बाँतरले २०५७ सालसम्म रेल चढेर विवाहपञ्चमी  हेर्न जाने गरेको विगत सम्झँदै भने, “२०५८ सालको बर्खामा बिग्ही पुल धसिएपछि रेल सेवा बन्द भएसँगै त्यसयता म मेला भर्न जनकपुर गएकी छैन ।” पछिल्ला तीन वर्षयता  चाँडै रेल चल्ने कुरा सुनेका उह

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ३३९ पटक पढिएको
    • रासस
  • भरौलबाट देखिएको साहित्यको उज्यालो प्रकाश

    कवि प्रकाश दिप्साली राई, जसले गरे लकडाउनमा रचना गरिएका सिर्जनालाई दस्तावेजीकरण । कवि हुन्छु भनेर फ्याट्टै हुन पाउने भए, बन्छु बनेर बनिहाल्ने भए अखबारमा समाचारभन्दा धेरै ‘यहाँ कवि बनाइन्छ’ वा ‘कवि पढाइन्छ’ भन्ने सूचना छापिन्थे होला । दुःख, परिश्रम, साधनाको तीव्र खहरेहरूले बगाएका शब्दका दर्शन ढुङ्गाहरूमा कुँदिएको एउटा नाम हो प्रकाश दिप्साली । ऊ आफै पनि एउटा ‘कविता’ हो र, कसैका लागि ‘देउता’ । होइन भने सोध्नोस् भरौलतिर गएर, सोध्नोस् पात्लेपानीतिर गएर, जेफालेतिर अनि हसनपुरतिर गएर । अनि सोध्नोस् यतैकतैतिर जहाँ दिनहुँ ‘कवि पढाइरहेछ’ उत्प्रेरणासहितको प्रकाशले ।भरौलको एउटा बस्तीबाट झण्डै १ सय २५ कविको

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ४३१ पटक पढिएको
    • ब्लाष्टखबर
  • महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

    किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ । जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)मा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन् । प्रत्येक वर्ष पूर्वी नेपालको एक स

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • २०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विपरीत गुणका सूर्य र पानीको आराधना गरिने पर्व छठ

     विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व सुरु भएको छ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ आज बिहान स्नान गरेसँगै सुरु भएको हो ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन आज बिहान व्रतालुले स्नान गरेसँगै यो पर्वको विधि सुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । केही व्रतालुले भने कोजाग्रत पूर

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • २८७ पटक पढिएको
    • रासस
  • सुरु भयो छठपर्वको रौनक

     मिथिलामा  सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् ।सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु हुन्छ ।  बर्तालुले पर्व सुरु हुनु एक दिनपूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यवस्तु खान छाड्छन् । यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ ।आज (कार्तिक शुक्ल त्रितीया)बाट ‘अरबा–अरबाइन’ गरेका बर्तालुले भोलि अर्थात् चौथी तिथिमा ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने), पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खा

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ३५३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved