Trending Tags

विशेष

    Showing १३१-१४० of १,४५९ items.
  • सिंगो परिवारमै फैलिएको थियो संक्रमण, ८६ वर्षीय हजुरबाको नेतृत्वमा पराजित भयो कोरोना

    कोभिड १९ बाट परिवारका वयोवृद्ध हजुरबुबादेखि नातिसम्म सबै एक साथ संक्रमित भए । परिवारको कसैलाई पनि छोडेन कोरोनाले । आमा–बुबा, छोरो–छोरी, हजुरबुबा, हजुरआमा र नाति नातिनी सबैलाई पोजेटिभ बनाई छाड्यो कोरोनाले ।वराहक्षेत्र वडा नं. २ बस्ने यातायात व्यवसायी ५३ वर्षीय युवराज भट्टराई एक महिना अघि काठमाडौंबाट घर फर्किए । केटाकेटीको परीक्षा समाप्त भएपछि घर आएको भोलिपल्ट घरका मुली उनलाई हलुका जिउ दुख्यो । शरीर कटकटी खायो । बिहानदेखि लगातार सबैलाई उस्तै तरिकाले जिउ दुख्ने र कटकटी खाने हुन थाल्यो । जिउ दुखे पनि ज्वरो भने आएन ।कोरोनाको शंका लागेर विराटनगरस्थित अस्पतालमा पिसीआर चेक गराए ।  ५३ वर्षीय युवरा

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • ७६७ पटक पढिएको
    • सन्तोष गुप्ता/ वराहक्षेत्र
  • बढ्दै छ कोसी नदीको सतह, बाढीको खतरा तत्काल छैन

    निरन्तर वर्षाको कारण जलाशयको सतह केही मात्रामा बढ्दै गइरहेको छ । सप्तकोशी नदीमा पानीको सतह तुलनात्मक रुपमा वृद्धि भएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका अनुसार नदीमा पानीको सतह हिजो ३ मिटरसम्म पुगेको थियो । पहाडी क्षेत्रमा भएको वर्षाको असरले नदीको पानीको सतह बढ्दै गएको मौसम कार्यालय धरानको भनाइ छ ।‘हिउँदमा कोशी नदीको सतह औसत ०.५ मिटर हुन्छ, जल विज्ञान विज्ञ सुनिल पोख्रेलले भने, ‘पहाडमा वर्षा हुँदा हिजो पानीको सतह केही बढेको थियो, आज घटेको छ, बाढीको खतरा भने तत्काल देखिएको  छैन ।’जलाशयमा भने साविकभन्दा पानी बढेको देखिएको छ । कोशी नदीका सहायक भँगालाहरुमा पानीको सतह बढिरहेको छ ।&n

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • ७५४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आगामी आवको बजेटः ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता

    कोरोना कहरका कारण ऊर्जा क्षेत्रमा सोचेअनुसारको प्रगति हुन व्यवधान खडा भए पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा समेत यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत आर्थिक वर्ष चैतदेखि कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनका कारण काम हुने समयमा जलविद्युत् आयोजना रोकिए । चालु आवको गत चैत अन्तिम सातादेखि अवस्थामा पुनरावृत्ति हुँदा समस्या बल्झिन पुग्यो । सोही कारण काम हुने याममा नै परियोजनामा व्यवधान खडा भयो ।सरकारले अर्धजलाशययुक्त र जलाशययुक्त आयोजनाको निर्माणलाई तीव्रता दिई सुक्खा याममा समेत विद्युत्को आन्तरिक माग धान्न पर्याप्त हुने गरी उत्पादन गर्ने विषयलाई आगामी आवको बजेटमा विशेष प्राथमिकता द

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ३९४ पटक पढिएको
    • रमेश लम्साल
  • गणतन्त्र दिवस मनाइँदै

    लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुनस्र्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । संसद विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि रा

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ३३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विपद् जोखिमबाट मुलुकलाई सुरक्षित बनाइनेछः प्रधानमन्त्री

    सरकारले विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणको नीति अवलम्बन गरेको छ । आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त योजनाका लागि जोखिममुक्त संरचना निर्माण, विपद्को पूर्वसूचना प्रणालीको विकास र विपद्सम्बन्धी जनचेतनाको अभिवृद्धिमा जोड दिइने जानकारी दिए । सातै प्रदेशमा आवश्यक सेवा सुविधासहित तत्काल क्रियाशील हुने विपद् उद्धार तथा व्यवस्थापन केन्द्रको व्यवस्था गरिनेसमेत प्रमले जानकारी दिए । प्राकृतिक प्रकोपको उच्च जोखिम र निरन्तर भइरहेको विपद्को वास्तविकतालाई ध्यानमा राखी विपद्पछिको पुनर्निर्माणसम्बन्धी कार्यको व्यवस्थापन गर

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • २६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सेउती र सेहेरा खोला उत्खनन्को विरोधमा धरानका चिनिएका अनुहारः फिल्मी शैलीमा खोलामा पुग्यो स्कारपियो र बुलेट

    सेहरा र सेउती खोलामा अनियमित तरिकाले नदीजन्य सामग्री उत्खनन् भएको स्थानीयले आरोप लगाउँदै आएका छन् । उत्खनन्का सामान्य मापदण्डसमेत पूरा नगरी खोला दोहन भइरहेको खबर स्थानीयले ब्लाष्टलाई गरेपछि ब्लाष्टखबरको टिम ‘फिल्ड’मा पुग्यो ।धरान पानवारीमा पर्ने सेउती खोलामा पाँच वटा स्काभेटर प्रयोग गरी दर्जनौंको संख्यामा टिपर र सोही संख्यामा ट्याक्टरहरु खोलामा देखिन्थे । मेसिन निस्फिक्री खोला खनिरहेका थिए । मजदुर उसैगरी नदीजन्य सामग्री लोड गरिरहेका थिए । केही दिन अघिदेखि खोला उत्खनन्मा विवाद भइरहेको थियो । अनियमित तरिकाले खोला उत्खनन् गर्दा धरान ५ को सुन्दर बस्ती, सितल बस्ती, सुनगाभा बस्ती, अँधेरी खोला र

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • १,७४२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बुद्धजयन्तीमा सभामुखको शुभकामनाः महामारीबाट बच्न नागरिक सचेत रहनुपर्छ

    विश्वव्यापी महामारी कोरोना संक्रमणबाट उन्मुक्ती प्राप्त गर्न नागरिकहरुको आफ्नै सचेत पहल र सजगताको महत्वपूर्ण भूमिका रहने प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले बताएका छन् । संक्रमणबाट समाज तीव्र गतिमा प्रभावित भइरहेको भन्दै सभामुख भण्डारीले संक्रमणका कारण मुत्यु हुनेको संख्या पनि बढ्दो रहेको उल्लेख गरेका छन् । २६४५ औं बुद्ध जन्म जयन्ती र उँभौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख भण्डारीले वर्तमान विषम परिस्थितिलाई ध्यान दिंदै स्वास्थ्य सुरक्षाका सम्भव सबै उपायहरु अबलम्वन गर्न सुझाव दिएका छन् । सभामुख भण्डारीले भनेका छन्, ‘हामी जहाँ छौ त्यही बसेर पर्वहरु मनाउन आग्रह गर्दछु ।’शुभक

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • ४७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वराहक्षेत्र चौतारीद्वारा संक्रमितलाई औषधि र पौष्टिक आहार प्रदान

    प्रेस चौतारी नेपाल वराहक्षेत्र नगर कमिटीको ‘घरदैलोमा चौतारी, संक्रमणविरुद्ध सञ्चारकर्मी’ अभियान अन्तगर्त आज मंगलबार संक्रमित पत्रकारको घरदैलोमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिइएको छ ।वराहक्षेत्र ५ कालाबञ्जारका कोरोना संक्रमित पत्रकारको स्वास्थ्य अवस्था बुझ्दै चौतारी वराहक्षेत्रले स्वास्थ्य सामग्री तथा पौष्टिक आहार प्रदान गरेको छ । स्वास्थ्यकर्मीसँगै वराहक्षेत्रका संक्रमित सञ्चारकर्मीको घरदैलोमा पुगेको चौतारी वराहक्षेत्रले संक्रमित सञ्चारकर्मीका लागि फलफूल, पौष्टिक आहार, माक्स, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री र औषधि प्रदान गरेको अध्यक्ष विमला घिमिरेले जानकारी दिइन् । वराहक्षेत्र

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • ७०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बराहक्षेत्र नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

    जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले बराहक्षेत्र नगरपालिकामा सञ्चालित आइसोलेसन सेन्टरलाई अक्सिजनसहितको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रदान गरिएका स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सेन्ट्रेटर १ थान, अक्सिजन ४ सिलिण्डर, माक्स ५०० थान, डेडबडी ब्याग २ थान छन् ।  प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस कुसियत, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईं, बराहक्षेत्र नगरपालिका नगरप्रमुख निलम खनालसहितको उपस्थितिमा सोमबार आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री प्रदान गरिएको अहेब प्रमोद यादवले जानकारी दिए । टोलीले बराहक्षेत्र नगरपालिकाको आइसोलेसन केन्द्रको अ

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • ९१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सर्वोच्च अदालतः संसद् पुनस्थापनामा २४ र ओलीलाई प्रम नियुक्त गर्न चार निवेदन

    सर्वोच्च अदालतमा  प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने गर्दै २४ रिट निवेदन दर्ता भएका छन् भने केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्नेमाग गरी चार रिट निवेदन दर्ता भएका छन् । प्रतिनिधिसभाका निवर्तमान सदस्य १४६सहित पुनःस्थापना गर्नुपर्ने पक्षमा तथा प्रतिनिधिसभामा बहुमतको आफ्नो  आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने पक्षमा अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायत छन् । दर्ता भएका निवेदनमध्ये नौ वटा संवैधानिक इजलास र १९ वटा नियमित इजलासमा जाने तय भएको अदालत प्रशासनले तय गरेको छ । प्रधानमन्त्री ओलीलाई नै पुनः प्रधानमन

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • २५४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved