धरान । एउटा सामान्यभन्दा सामान्य नागरिक तथा व्यापारीलाई कसरी राजनीतिले गाँजेको हुन्छ भन्ने आमबुझाइ सायदै कमै हुन्छ । तर, यस्तो कथा बोल्ने भारतीय सिनेमा उद्योगमा एउटा फिल्म छ । हुनत् बलिउड उद्योगमा राजनीतिसँग जोडिएका थुप्रै फिल्म छन् । नेपालीमा पनि बनेका छन् । तर, एउटा आम व्यापारीलाई राजनीतिले कसरी प्रभावित बनाउँछ । ऊ कसरी मुख्यमन्त्रीको हत्या गर्न पुग्छ । यही कथा बोकेको आम फिल्ममध्येको एक हो, कुलदीप पटवाल । यस फिल्ममा भारतका चर्चित अभिनेता तथा अभिनेत्रीहरूको उपस्थिति छैन । छ त केवल सामान्य नागरिक जसले फिल्मलाई २ घण्टा २ मिनेटसम्म बाधेर राख्न सफल भएका छन् । यी कलाकार सामान्य कलाकार हु
गलकोट। अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए । आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे । मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो ।पछिल्लो एक वर्षयता देखिएको कोरोना भाइरसले आयुर्वेद औषधिको महत्व उल्लेख्य बढाएको छ । अहिले आयुर्वेद औषधालयका स्वास्थ्यकर्मीसमेत व्यस्त देखिन थालेका छन् । कोरोना जितेका अधिकांशले बेसार, गुर्जो, असुरोलगायतको सेवनका कारण कोरोना जितेको अनुभव सुनाउँछन् । सक्रिय सङ्क्रमित सङ्क्रमणको बखत बेसार र गुर्जो पानी नखाने कमै भेटिएका छन् ।कोरोनाको हालसम्म कुनै औषधि नबनेका
उनी कहाँबाट आएकी हुन्, उनको नाम के हो ? कसैलाई थाहा छ्रैन । तर सबैले उनलाई माया गर्छन् । कसैको केही बिगार पनि नगर्ने, कसैले दिए खाने नदिए नखाने । आफ्नै लयमा रमाइरहने उनी गाउँलेकी प्यारी बनेकी छन् ।अधबैंसे उमेरकी उनी बाल सुलभ ढंगमा यताउती हिंडिरहने उनको निर्दोष व्यवहारबाट खुशी भएर गाउँलेले उनको नाम छुनुमनु राखिदिएका छन् । बिहान, बेलुका, राति प्रायः हिंडिरहने छुनुमुनु कहिले यता कहिले उता, यो गाउँ, त्यो टोल भौतारी रहने उनको कुनै स्थायी बसोबास छैन । गाउँलेले खाना दिए खाने नभए नमाग्ने, कसैले बस्न दिए बस्ने नत्र हिंडिहाल्ने, कसैसँग कुनै फटाही नगर्ने, एवम् रितले उनको दिन बितिरहेको छ । चतरा आउने
कोरोना लकडाउनमा रोजगारी गुमाएका, दैनिक मजुदरी गरेर गुजारा गर्ने विपन्न परिवारले भोकै बस्नु नपरोस् भन्ने उद्देश्यका साथ चतराका युवाहरुले विपन्नलाई घरदैलोमै राहत पुर्याउन थालेका छन् । युवाहरुले ‘निभेको चुल्हो बाल्ने अभियान’ थालेका छन् ।महामारीको दोस्रो लहरमा लागेको निषेधाज्ञामा ज्यालादारी मजदुरलाई सहयोग गर्न वडा नं १ चतरामा रहेको औलिया बाबा मठ तथा छिन्नमस्ता संरक्षण मञ्चका युवाहरुले वडा नं १ र २ मा उक्त अभियान शुरु गरेका हुन् ।अभियानले एक नं वडाको १५ र २ नं का २२ घरपरिवारलाई घरमै पुगेर प्रति परिवार चामल १० केजी, तेल आधा लिटर, दाल र चिउरा १–१ केजी प्रदान गरेका छन् । यसैगरी नून १ केजी र सोयाबिन आध
वराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ मा कोरोना संक्रमितहरुको घरघरमा सेनिटाइज गरिएको छ । संक्रमणबाट निको भएकाहरुको घरघरमा गएर घर वरिपरि र कोठाहरुमा भाइरसका जीवाणु रहन नदिने उद्देश्यले निसङ्क्रमण गरिएको हो ।राष्ट्रिय युवा संघ वराहक्षेत्रको सक्रियता र जिल्ला कमिटीका युवाहरुको सहयोगमा निसङ्क्रमण गरिएको स्थानीय युवा अरुण राईले जानकारी दिए ।
धरान । निषेधाज्ञा जारी रहेकै बेला जेठ १३ गते धरान १५ स्थित अस्थायी प्रहरी चौकीमाथि आक्रमणमा संलग्न दुई मुख्य आरोपी धनकुटाको बञ्चरे क्षेत्रबाट पक्राउ परे ।घटनाका मुख्य आरोपी भनिएका धरान १५ का ३२ वर्षीय रेगन लिम्बू र धरान ४ का ३० वर्षीय वसन्त राईले सोमबार राति जिल्ला प्रहरी कार्यालय धनकुटामा आत्मसमर्पण गरेको बताए पनि उनीहरू बाध्य भएर प्रहरीसामु पुगेको अनुसन्धानमा खटिएका एक प्रहरी बताउँछन् । ‘अन्तिम विकल्प नभएपछि बाध्य भएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन्,’ इलाका प्रहरी कार्यालय धरानका कार्यबाहक प्रमुख इन्स्पेक्टर हेमराज वली भन्छन् । उनीहरू घटना घटाएपश्चात् भागेर केराबारी गाउँपालिकामा क
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेको कारणले प्रदेशको नामकरणमा ढिलाइ भएको बताएका छन् । प्रदेशसभामा मंगलबार विशेष समयमा बोल्दै आङ्बोले प्रधानमन्त्री ओलीले गरेको हस्तक्षेप तत्कालीन नेकपाका सांसद्हरुले नमानेकाले प्रदेश १ को नामकरण हुन नसकेको बताएका हुन् ।प्रदेशको नामांकनको हुन नसक्नुको कारण तत्कालीन नेकपाको संसदीय दलले प्रधानमन्त्री ओलीको निर्देशन नमान्नु रहेको आङ्बोले बताए । प्रदेश सभामा प्रधानमन्त्रीले हस्तक्षेप नगरको भए राजधानीसँगै नाम तोकिने स्मरण गर्दै त्यसलाई मुख्यमन्त्रीले प्रदेशसभाको क्षेत्राध
कोरोना महामारीको संक्रमणले सिर्जित विषम परिस्थितिमा वराहक्षेत्रका युवाहरुले विपन्नलाई राहत सामग्री वितरण गर्ने क्रम बढ्दै गइरहेको छ । युवाहरुको अनुकरणीय कामलाई राजनीतिक दलका नेतृत्वले पनि निरन्तरता दिइरहेका छन् । वराहक्षेत्रका युवा नेता तथा जनता समाजवादी पार्टी (जसपा नेपाल) का सुनसरी जिल्ला सचिव प्रदीप कार्कीको संयोजनमा वराहक्षेत्र चतराका विपन्न र अपांगता भएका घरपरिवारलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको छ ।नेता कार्कीको संयोजनमा मंगलबार वराहक्षेत्र १ र २ का अपांगता भएका १३ घरपरिवार विपन्नलाई खाद्य सामग्री वितरण गरिएको छ । नेता कार्कीले घरदैलोमै पुगेर राहत सामग्री प्रदान गरिएको बत
ब्लाष्टखबर । दरबार हत्या काण्ड भएको दुई दशक पुरा भएकाे छ । २०५८ साल जेठ १९ गते शुक्राबार नारायणहिटि दरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको गाेलप हानी हत्या भएकाे थियाे । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यमै छ । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।
‘मानव सेवा नै धर्म हो’ भन्ने नाराका साथ मानव सेवा गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको धरान मानव कल्याण समाज सेवा नामक संस्थाले धरानमा विगत १७ दिनदेखि सडकमा आश्रितलाई खाना खुवाइरहेको छ ।‘निःशुल्क खाना वितरण अभियान’ अन्तर्गत सडकमा आश्रित नागरिकहरुलाई खाना खुवाइरहेको संस्थापक विशाल माझीले जानकारी दिए ।कोरोना संक्रमणका कारण सडकमा आश्रितहरुले पेशा व्यवसाय गुमाएको अवस्थामा उनीहरु भोकै बस्न नपरोस् भन्ने मनसायले खाना वितरण गरिएको संस्थापक माझीले बताए । सुरुवातमा १६– १७ जनालाई खाना खुवाउन शुरु गरेकामा हाल बढीमा ५० जनासम्मलाई खाना वितरण गरिरहेको संस्थाको भनाइ छ ।
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved