पूर्व क्षेत्रीय प्रहरी बहुउद्देश्यीय भवन कार्यसमितिका ब्याडमिन्टन खेलाडीहरुले संघीय इकाइ प्रहरी कार्यालयका धरानका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीलाई बुधबार एक कार्यक्रमका बीच बिदाइ गरेका छन् । सोही कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट सरुवा भएर आएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहलाई स्वागत गरिएको छ । यसैगरी प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहाललाई पनि स्वागत गरिएको छ । उनी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सरुवा भई आएका हुन् । बिदाई कार्यक्रममा बोल्दै एसएसपी चौधरीले खेलले भाइचारा, आपसी सम्बन्ध, सहयोगको विकास हुने बताए । प्रहरी
उपकुलपतिलगायत चार पदाधिकारीसँग असन्तुष्ट चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन गरेको तीनसाता बितेको छ । चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीको आन्दोलनलाई बीपी प्रतिष्ठान सुदृढीकरण अभियान, प्रतिष्ठान बचाउन अभियान भनिएको छ । संयुक्त सङ्घर्ष समिति बनाएर उपकुलपति कार्यालय परिसरमा धर्ना दिने, रिले अनसन बस्ने, प्रतिष्ठानका पूर्व विद्यार्थीहरू ऐक्यबद्धता जनाउने क्रम जारी छ ।प्रतिष्ठानमा आन्दोलन चलिरहँदा उपकुलपति डा. ज्ञानेन्द्र गिरी काठमाडौंमा थिए । उनी करिब १८ दिन पछिमात्र धरान आए । आएको भोलिपल्ट वार्ता गर्ने सिलसिलामा उनी मदिरा सेवन गरेर आएक
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धीकरण अभियान संयुक्त संघर्ष समिति र नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच छलफल भएको छ । छलफलमा संघर्ष समितिले आफ्ना माग राखेको छ । यसलाई औपचारिक वार्ता नभने पनि मन्त्रालयका तर्फबाट प्रतिनिधि आई संघर्ष समितिका कुरा सुन्ने प्रयास भएकामा यसलाई सकारात्मक कदमका रुपमा लिएको समितिको भनाइ छ । मंगलबार विज्ञप्ति जारी गर्दै संघर्ष समितिले आन्दोलनको २२औँ दिनमा पनि औपचारिक वार्ता टोली गठन गर्न ढिलाई गर्नु दुःखद एवम् गैरजिम्मेवारीपूर्ण रहेको बताएको छ । संघर्ष समितिले प्रधानमन्त्री एवम् कुलपतिको अग्रसरतामा अधिकार सम्पन्न, उच्चस्तरीय वार्ता
उपचार सेवामा नमूना अस्पताल (प्रतिष्ठान) बनाउने लक्ष राखेर २८ बर्षअघि सन १९९३ मा स्थापना भएको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यो अवधिमा उन्नती र प्रगतिको चरम उत्कर्षमा पुग्नु पर्ने हो तर दुर्भाग्य ‘जनकपुर चुरोट कारखाना’ कै हविगत बन्ने बाटोमा ओरालो लागेको छ । अहिले प्रतिष्ठानको संचित घाटा बजेट ७ अर्ब रुपैयाँ नाघिसकेको छ भने बेरुजु १ अर्ब १० करोड रुपैयाँ छ । जबकि प्रतिष्ठानको वार्षिक बजेट डेढ अर्ब रुपैयाँदेखि दुई अर्ब रुपैयाँ मात्र हो । प्रतिष्ठान स्थापना कालमा जुन लक्ष्य, उद्देश्य र योजनाको आधारमा आफ्नो मुकाम हासिल गरिसक्नु पर्ने हो तर ठीक विपरीत प्रतिष्ठान अधोग
- निकेश दाहाल (बराहक्षेत्र)‘कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बस्दा गाउँ घरका केही मानिसहरुले टाढैबाट एकटक लगाएर हेर्ने । बरा–बिचरा, कठै । अब के हुने हो ? भन्ने भावले हेर्ने । बोल्दा नै रोग सर्छ झैं गरेर नबोली हिंड्ने । रोगले भन्दा पनि सामाजिक मनोविज्ञान र तिरष्कारले सङ्क्रमितको मनोबल गिराउँदो रहेछ,’ बराहक्षेत्र २ का युवराज भट्टराईले भने, ‘निषेधाज्ञा र संक्रमणले घर बाहिर निस्कन सकिंदैन औषधि–मूलोसहित नगर प्रमुख, स्वास्थ्यकर्मी र मनोविमर्शकर्तासहितको टोली आउँदा मनोबल साँच्चिकै बढ्दो रहेछ ।’ भट्टराई परिवारका ६ जना सबैलाई कोरोना संक्रमण भयो । संक्रमणका अवस्थामा समाजले आफ्नो परिवारलाई
राष्ट्रपति व्यक्ति होइन संस्था हो । देशको अत्यन्त सम्मानित पूर्णतः संवैधानिक यो संस्था जाति, वर्ण, लिङ्ग, वर्ग र समुदायभन्दा धेरै माथि हुन्छ र पदावधि पूरा भएपछि पनि यस पदको गरिमा जोकसैले राख्नुपर्छ । एक शुद्धबुद्ध भइसकेको व्यक्ति त्यस विपरीत कदापि उभिन सुहाउँदैन । अझ यो संस्था राजनीति, धर्म, संस्कृति आदि अनेक सामान्य मानवीय सोच, समझ र मान्यताभन्दा धेरै माथि हुन्छ । सबै नेपालीको एकताको प्रतीक रहेको यो संस्थाले आफ्नो सम्मान आजीवन कायम राख्नुपर्छ । यस्तो गरिमामय संस्था वा राष्ट्रपतिले संविधानतः प्राप्त दायित्व र जिम्मेवारी पूरा गर्दा व्यक्ति, संस्था र देशकै गरिमा वृद्धि हुन्छ । त्यसैले राष्
केन्द्र सरकारले घुमाउरो भाषा प्रयोग गरेर भत्काउन खोजेको छः आदिवासी अभियन्ताप्रदेशले स्पष्टसँग खुवालुङको संरक्षण गर्ने भनेकाले फुट्दैन भन्नेमा हामी विश्वस्त छौंः किरायाधरान/विराटनगरमा गत फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पछि चर्चामा आएको किरातीहरूको आस्थाको केन्द्र ‘खुवालुङ’ अझै सुरक्षित रहने आधार देखिएको छैन ।सङ्घीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा खुवालुङको सिधै चर्चा नगरिए पनि घुमाउरो भाषामा ‘अवरोध हटाइने’ उल्लेख गरिएको छ । बजेटको ३०४ नम्बर बुँदाको अन्तिम वाक्यांशमा यस्तो लेखिएको छ, ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जलयातायात सञ्चालन
भण्टाबारी । नेपाल–भारतबीच रहेको खुला सीमा नाका सिल रहेको अवस्थामा भारी परिमाणमा भारतीय प्रहरीले चाइनिज स्याउ बरामद गरेपछि नेपाल प्रहरीमाथि प्रश्न उब्जिएको छ ।सीमावर्ती क्षेत्रका स्थानीयवासीले सीमा क्षेत्रमा सुरक्षार्थ तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा व्यापक तस्करी हुँदै आएको बताउने गरेका थिए । यद्यपि जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँग जिज्ञासा राख्दा उनीहरू यसबारे अनबिज्ञता प्रकट गर्ने गर्थे । तर, सुनसरीको कोशी गाउँपालिका क्षेत्रको सीमा नाका हुँदै भारतीय भूमिमा पुगेको स्याउ बोकेको तीनवटा ट्रक भारतीय प्रहरीले आइतबार नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीकै संरक्षणमा तस्करी हुने गरेको अनुमानमा थप बल प
धरान/धरान–७ की कल्पना चौहान क्षेत्री जानी नजानी तराईवासीले मान्ने छठ मान्न थालेको एक दशक पुग्न लाग्यो । अहिले पनि उनी छठको मूलमर्म बारे अनभिज्ञ छिन् । तर, इष्टमित्र, तराई मूलकी छिमेकी काकीको सङ्गतले अहिले उनलाई छठ आफ्नै पर्व जस्तो लाग्न थालेको बताउँ छिन् । धरानमा जब तराईवासीहरूको प्रतिनिधित्व बढ्दै गयो, त्यसपछि छठले व्यापकता पाउँदै गयो । आज यो साझा पर्वको रूपमा विकास भएको जानकारहरू बताउँछन् । नेपालमा २०४६ को जनआन्दोलन पछि स्थापित भएको नेपाल अधिराज्यको संविधान २०४७ व्दारा प्रदत्त अधिकारका कारण विस्तारै यस्ता पर्वले पनि स्थान पाउँदै गयो । अझ २०७२ को नयाँ संविधानको भाग १ को ३ मा राष्ट्रको पर
बुइँपा बसेरीका ढुंगाना धामी असाध्यै जान्ने थिए । ८५ वर्षको उमेरसम्ममा पनि उनी चार फुटमाथि उफ्रेर धामी बस्थे । पलेंटी कसेर बसेका उनको पलेंटी खुस्कँदैनथ्यो । ढुंगाना जान्ने मात्र होइन रौसे पनि थिए । बुढ्यौलीमा पनि उल्लिन छाड्दैनथे । गानो, गोला चट पार्ने मन्त्र हाने पछि फरक नखाने । जाडामा ओदान अघि बसेका बेला पनि फुक्न आउने मान्छे टुट्दैनथे । कोही केटी, आइमाइले फुक्न बोलाए भने– ‘कस्ती छस् ? राम्री छस् भने भित्रै आइज, नभए बाहिरै आएँ,’ भन्थे । जिस्किन जान्ने, सीपालु ।जान्ने धामीका अघिपछि धुपौरे भइहाल्छन् । धुपौरे नभई ढुंगाना डेग नचल्ने । धामी बस्दा धुपौरे एउटै हुनुपर्छ । अरु कसैले हालेको धूप प
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved