धरानमा होटल म्यानेजमेन्टको अध्यापन गराउँदै आएको युएन नवोदय कलेजले यही असार ६ गतेबाट ‘युएन सेफ कम्पिटीसन’ गर्ने भएको छ । पाक कलासँग सम्बन्धित यो प्रतिस्पर्धा नेपालमा बेलायतमा भएको मास्टर सेफ प्रतियोगितामा नेपालका सन्तोष साहको सहभागिता र विजयी भएसँगै पछिल्लो समय परिचित हुँदै आएको भए पनि प्रदेश १ कालागि भने यो नौलो प्रतियोगिता हो भन्दा फरक नपर्ला । अन्य विभिन्न प्रतिभाका प्रतिस्पर्धाहरू हुने भए पनि व्यावसायिक शिक्षा अन्तरगतको होटल म्यानेजमेन्ट भित्रको पाक शिक्षा (कलिनरी आर्ट) अन्तरगतको यो प्रतिस्पर्धाका विषयमा नवोदय प्लस टु तथा युएन कलेजका होटल म्यानेजमेन्ट विषयका कोर्डिनेटर सेफ गगनमा
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले छुवाछूतरहित समतामूलक समृद्ध राष्ट्र निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।‘जातीय विभेद तथा छुवाछूत उन्मूलन दिवस २०७९’ अवसरमा उहाँले प्रदेशवासी एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले नेपालको इतिहास सिंहावलोकन गर्दा वर्णाश्रम जात व्यवस्था नै जातीय विभेद र छुवाछूतको मूल आधार बनेको बताएका हुन् ।जारी सन्देशमा प्रदेश प्रमुख परियारले भनेका छन्, “सशस्त्र युद्ध र १९ दिने शान्तिपूर्ण जनआन्दोलनले सामन्ती राजतन्त्रात्मक सत्तालाई विस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापित गरिदियो, त्यसकै उपलब्
प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् । उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको कलङ्कका रुपमा चित्रण पनि गरे । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास हुँदै आएको पनि बताए । देश ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६औँ वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देशमार्फत देउवाले हरेक नागरिकलाई न्याय सम
धरान । केन्द्रीय निर्देशनअनुरूप सत्तारुढ दलबीच चुनावी तालमेल वडा तहसम्मै हुनुपर्ने हो । तर, उक्त निर्देशन पालना भएन । केही पालिकामा ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने भनी सहमति भए । धरानमा पनि प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरे पनि वडा तहमा भने मित्रवत प्रतिस्पर्धा गर्ने भनी सहमति गरेका थिए । तर, धरान–२० नम्बर वडामा भने त्यही मित्रवत प्रतिस्पर्धा कटुतामा परिणत भएको छ । धरान–२० को अन्तिम मतपरिणाम सुनाउनुपूर्व १८ वटा मतपत्रमा त्यहाँस्थित मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनका क्रममा पब्लिक हाईस्कुलको मतगणना स्थलमा लगाएको बार माओवादी कार्यकर्ताले तोड
जितेन्द्र शर्मा२०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हासिल गरे । विजय हासिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए,‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो ।” यसको सिधा अर्थ नेपाली कांग्रेस अझैपनि धरानमा एक्लै चुनाब जित्ने हिम्मत छैन,वा त्यो अनुुसार संगठन गर्न सकेन । उपनिर्बाचनमा एमाले किन हार्यो ? त्यसबेला अहिले नेपाली कांग्रेसको साथमा भएको माओबादी केन्द्र एमालेसँग पार्टी एकता गरेर नेकपा भएको थियो । एमाले र माओबादीको भोट मात्र आउँदा पनि सजिलै जित हा
गलकोट । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर बारीको छेउमा राखेर धमाघम किबीको बगैँचा खन्दै थिए । एउटा सामुदायिक विद्यालयमा पस्दा फरक माहोल देखिन्थ्यो बागलुङको काठखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माविमा । कक्षाकोठामा नपढाएर किबी बारीमै बगैँचा गोडमेलका क्रममा परागशेचनका बारेमा विद्यार्थीलाई बुझाउँदै थिए विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या । सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमा दिउँसोको समयमा
हाङ्जाजित हंसपति बोलिन्द कुरूम्बाङ स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘याक्थुङ वंश एकः वंशावली अनेक’ जर्नल पुस्तकको प्रदेश १ का पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले चैत २ गते एक समारोहका बीच विमोचन गरिसकेका छन् । पुस्तकभित्रका पानाहरुमा आँखा डुलाउँदा कुरूम्बाङ र पाङ्मा एकै वंशका हुन् कि होइनन् भन्ने बहस र विवादसँगै याक्थुङ लिम्बू जातिको इतिहास, अवस्थाबारे खोज अनुसन्धान गरेर लेखिएका आलेख सङ्ग्रहित छन् । याक्थुङ वंश एकः वंशावली अनेक पुस्तकले पछिल्लो समयमा याक्थुङ लिम्बू जातिभित्र भएका विभिन्न थर उपथरले माङ्गेन्ना यक र मिङ्स्राको आधारमा आफ्नो पुर्खाको पहिचान गर्दै ‘आफू को हो
विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरो हस्पिटलले पाँच जना महिलालाई सम्मान गरेको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि समाजमा योगदान पुर्याउने उदाहरणीय पाँच जना महिलाहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा सुनसरीको इटहरीस्थित माया घरकी राधिका दासी, विराटनगरकी अन्तर्राष्टिय महिला क्रिकेट अम्बिका बुढोथकी र लक्ष्मी चौलागाइ, नर्सिङ सेवामा लामो समयदेखि कार्यरत मेनुका भण्डारी, एक खुट्टाले नृत्य गर्ने निलम ढुंङगनालाई सम्मान गरियो । सम्मानित भएका महिलाहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्व
नेपाल विभिन्न चाडपर्वले भरिएको देश । विभिन्न समयमा मनाइने नेपाली चाडपर्वहरूको आआफ्नै विशेषता छ । यी चाडपर्वहरूको व्यग्र प्रतिक्षा मानिसहरूलाई हुने गर्दछ । सधैँभरिको काम र बेफुर्सदीबाट आक्रान्त भएका मानिसहरूलाई यसले पुनर्जागरण दिने गर्दछ । त्यसैले त अधिकांश नेपालीहरू चाहे साना होस् वा ठूला, सबैलाई यी चाडपर्वहरूको व्यग्र प्रतीक्षा रहेको हुन्छ । सबैले आआफ्नो हिसाब र सामथ्र्यअनुसार यी चाडवाडहरू मनाउने गर्दछन् । अन्य बेला भेटघाट नभएका व्यक्तिहरू चाडबाडका अवसरमा भेट्ने, एकापसमा रमाइलो गर्ने गरेको पनि पाइन्छ । नेपालमा चार किसिमका रात्रिहरूलाई महत्वपूर्ण रात्रिको रूपमा लिइन्छ । यी चार रात्रिहरूको आआफ्
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved