धरान । केन्द्रीय निर्देशनअनुरूप सत्तारुढ दलबीच चुनावी तालमेल वडा तहसम्मै हुनुपर्ने हो । तर, उक्त निर्देशन पालना भएन । केही पालिकामा ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने भनी सहमति भए । धरानमा पनि प्रमुख र उपप्रमुख पदमा गठबन्धन गरे पनि वडा तहमा भने मित्रवत प्रतिस्पर्धा गर्ने भनी सहमति गरेका थिए । तर, धरान–२० नम्बर वडामा भने त्यही मित्रवत प्रतिस्पर्धा कटुतामा परिणत भएको छ । धरान–२० को अन्तिम मतपरिणाम सुनाउनुपूर्व १८ वटा मतपत्रमा त्यहाँस्थित मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनका क्रममा पब्लिक हाईस्कुलको मतगणना स्थलमा लगाएको बार माओवादी कार्यकर्ताले तोड
जितेन्द्र शर्मा२०७४ मा एमालेका मेयर स्वर्गीय तारा सुुब्बासँग पराजित भएका कांग्रेसका नेता तिलक राईले उप–निर्वाचनमा बाजी मारेर कम्यूनिष्टको गढ धरानमा पहिलो जित हासिल गरे । विजय हासिल गर्न साथ कांग्रेसका नेता तिलक राईले भनेका थिए,‘मैले कांग्रेसको मात्र भोटले जितेको हैन,मलाई कम्युनिष्टको पनि भोट आयो ।” यसको सिधा अर्थ नेपाली कांग्रेस अझैपनि धरानमा एक्लै चुनाब जित्ने हिम्मत छैन,वा त्यो अनुुसार संगठन गर्न सकेन । उपनिर्बाचनमा एमाले किन हार्यो ? त्यसबेला अहिले नेपाली कांग्रेसको साथमा भएको माओबादी केन्द्र एमालेसँग पार्टी एकता गरेर नेकपा भएको थियो । एमाले र माओबादीको भोट मात्र आउँदा पनि सजिलै जित हा
गलकोट । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का विद्यार्थी कक्षाकोठामा नभएर किबी बारीमा देखिए । विद्यार्थीले घरबाटै डोकोमा मल बोकेर बारीको छेउमा राखेर धमाघम किबीको बगैँचा खन्दै थिए । एउटा सामुदायिक विद्यालयमा पस्दा फरक माहोल देखिन्थ्यो बागलुङको काठखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माविमा । कक्षाकोठामा नपढाएर किबी बारीमै बगैँचा गोडमेलका क्रममा परागशेचनका बारेमा विद्यार्थीलाई बुझाउँदै थिए विद्यालयका विज्ञान शिक्षक नरबहादुर पच्या । सामुदायिक विद्यालयमध्येको अब्बल मानिँदै आएको धारा माविमा दिउँसोको समयमा
हाङ्जाजित हंसपति बोलिन्द कुरूम्बाङ स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘याक्थुङ वंश एकः वंशावली अनेक’ जर्नल पुस्तकको प्रदेश १ का पूर्वप्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले चैत २ गते एक समारोहका बीच विमोचन गरिसकेका छन् । पुस्तकभित्रका पानाहरुमा आँखा डुलाउँदा कुरूम्बाङ र पाङ्मा एकै वंशका हुन् कि होइनन् भन्ने बहस र विवादसँगै याक्थुङ लिम्बू जातिको इतिहास, अवस्थाबारे खोज अनुसन्धान गरेर लेखिएका आलेख सङ्ग्रहित छन् । याक्थुङ वंश एकः वंशावली अनेक पुस्तकले पछिल्लो समयमा याक्थुङ लिम्बू जातिभित्र भएका विभिन्न थर उपथरले माङ्गेन्ना यक र मिङ्स्राको आधारमा आफ्नो पुर्खाको पहिचान गर्दै ‘आफू को हो
विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरो हस्पिटलले पाँच जना महिलालाई सम्मान गरेको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि समाजमा योगदान पुर्याउने उदाहरणीय पाँच जना महिलाहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा सुनसरीको इटहरीस्थित माया घरकी राधिका दासी, विराटनगरकी अन्तर्राष्टिय महिला क्रिकेट अम्बिका बुढोथकी र लक्ष्मी चौलागाइ, नर्सिङ सेवामा लामो समयदेखि कार्यरत मेनुका भण्डारी, एक खुट्टाले नृत्य गर्ने निलम ढुंङगनालाई सम्मान गरियो । सम्मानित भएका महिलाहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्व
नेपाल विभिन्न चाडपर्वले भरिएको देश । विभिन्न समयमा मनाइने नेपाली चाडपर्वहरूको आआफ्नै विशेषता छ । यी चाडपर्वहरूको व्यग्र प्रतिक्षा मानिसहरूलाई हुने गर्दछ । सधैँभरिको काम र बेफुर्सदीबाट आक्रान्त भएका मानिसहरूलाई यसले पुनर्जागरण दिने गर्दछ । त्यसैले त अधिकांश नेपालीहरू चाहे साना होस् वा ठूला, सबैलाई यी चाडपर्वहरूको व्यग्र प्रतीक्षा रहेको हुन्छ । सबैले आआफ्नो हिसाब र सामथ्र्यअनुसार यी चाडवाडहरू मनाउने गर्दछन् । अन्य बेला भेटघाट नभएका व्यक्तिहरू चाडबाडका अवसरमा भेट्ने, एकापसमा रमाइलो गर्ने गरेको पनि पाइन्छ । नेपालमा चार किसिमका रात्रिहरूलाई महत्वपूर्ण रात्रिको रूपमा लिइन्छ । यी चार रात्रिहरूको आआफ्
बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएकाले सोही दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । यस अवसरमा विसं २००८ पछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।सरकारले फागुन ६, ७ र ८ गते तीन दि
राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज विराटनगरको ट्राफिक चोकदेखि तीनपैनीसम्म नगरको दुवैतर्फ सफाइ गरिएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति मोरङका संयोजक प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा भएको सफाइ अभियानमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुरक्षा निकायका प्रमुख, कर्मचारी एवं सर्वसाधारणको सहभागिता थियो । विराट नगरपालिकाको संंयोजनमा भएको उक्त सरसफाइ कार्य सञ्चालन गर्नुका साथै नगरका विभिन्न सार्वजनिकस्थलमा राष्ट्रिय झण्डासमेत फहराएको छ ।यसैगरी आजै जिल्लास्थित विभिन्न स्थानीय पालिकाका मुख्यमुख्य क्षेत्रमा सरसफाइ गर्ने कार्य सम्पन्न भएको बताइएको छ । दिवसको उपल
१७ मे २०१६, मेरो जीवनको सबभन्दा यादकार दिन हुनु पर्छ किनकि मलाई आज पनि याद छ त्यो दिन जब मैले मेरो बुवालाई काठमाडौँबाट फोन गरेर “बुवा दर्शन, मेरो अस्ट्रेलियाको भिसा आयो नि” भनेको थिए ।खुसीले होला या छोरो अब मबाट टाढा हुन लाग्यो भन्ने कुराले मन दुखेर, भावुक हुँदै मेरो बुवा केही सेकेन्डको लागि टक्क रोकिनुभयो, अनि एक छिन को सन्नाटा पछि लामो सुस्केरा निकाल्दै जवाफ पाए "ल, अब घर आइजा तयारी गर्न ।छोरोले उच्च शिक्षा पाउनु बुबाका लागि सबैभन्दा गर्वको क्षण हो तर, त्योसँगै बाबु छोरा बिचको दुरी छन् बढ्नाले अझ बढी चिन्ता र दुखी बनाएन भन्न के सकुँला र ? बुवाको मन न हो, ब
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved