Trending Tags

मुख्य समाचार

    Showing ८१-९० of ६,७०९ items.
  • मबेसिर हुसेन मियाँको हत्यामा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ

     गौरादह नगरपालिका ५  बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्यामा  संलग्न रहेको अभियोगमा  ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ११ गते बिहानदेखि सम्पर्क बिहिन रहेका  मियाँको खोजिका लागी १४ गते प्रहरीमा दिएका निवेदनका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घरमा रहेको सेफ्टी ट्याङ्कीभित्र  फेला परेको थियो ।धारीलो हतियार प्रयोग गरी हत्या गरी  कम्बलमा पोको पारेर फालिएको अवस्थामा  शव फेला परेका  मियाँको हत्यामा संलग्न रहेको आरोपमा  गौरादह नगरपालिका ५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १५० पटक पढिएको
    • ब्लाष्ट खबर
  • पथरीमा वडाध्यक्षले नगर परिसरमा किन मच्चाए वितण्डा ? ( भिडियाेसहित)

    मोरङको पथरीशनिश्चरेमा  नगरपालिका ४ नम्बर वडा अध्यक्ष गोविन्द भण्डारीले नगर प्रहरीले हातपात गरेको भन्दै नगर परिसरमा वितण्डा मच्चाएका छन् ।  उनले नगरको समीक्षा गोष्ठीका क्रममा आफ्ना एजेन्डा राख्ने क्रममा नगर प्रमुखको निर्देशनमा ३ जना नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै कार्यालय परिसरमा वितण्डा मच्चाएका हुन् । वडा कार्यालयलाई दिएको मोटर साइकलको मर्मत खर्चकाे विल पेस गरे पनि भुक्तानी  नदिएर विभिन्न बहानामा अड्काएको भन्दै आक्रोशित वडाध्यक्ष भण्डारीले मोटरसाइकलको चाबी बुझाएर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी चढ्न पाउनुपर्ने  बताएका छन् ।  नगरमा आ

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ३८७ पटक पढिएको
    • डम्बर कार्की
  • भाेली प्रदेश १ का मुख्यमन्त्री राईले विश्वासको मत लिने

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने भएका छन् । कात्तिक ३० अर्थात् मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा नियमावली अनुसार मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिन चाहेको सूचना छलफल हुनुभन्दा दुई दिनअघि संसद् सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । सोही अनुसार कात्तिक ३० गते सदनबाट विश्वासको मत लिने तयारीका लागि आइतबार संसदमा सूचना पठाइएको मुख्यमन्त्रीका स्वकीय सचिव सन्दीप राईले जानकारी दिए ।तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ म

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • १३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • झापड हानेको रिस फेर्दा ग्याङ फाइट, रिलायन्स उद्योगमा काम गर्ने युवाको हत्या

    विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति युवाहरूबिच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको छ । दुई पक्षबिच झगडा हुँदा धनकुटा पाख्रीबास घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको हो ।  बुढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे’ ९जन्मदिन० मनाउन रिजन आइतबार राती घर गएका थिए । नानु र रिजन साथी हुन् । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका दुई युवा समूहबिच विवाद भएको हो । बुढीगंगा – ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छरसात जनाको समूहसँग द

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ४६२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • ओटीको लञ्च र खानेपानी कटौतीप्रति चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको ध्यानाकर्षण

    धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले लामो समयदेखि ओटीको लञ्च तथा खानेपानी कटौती गरेकाप्रति प्रशासनलाई ध्यानाकर्षण गराएको छ । ओटीको लञ्च र खानेपानी सुविधा कटौती हुँदा कर्मचारी तथा चिकित्सकलाई समस्या भएको प्रशासनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र उपाध्इक्ष लोकेशशेरखर जैसवालले आइतबार अस्पतला निर्देशन प्रा.डा. गौरीशंकर साहलाई ध्यानाकर्षण पत्र बुझाएको हो । विगत लामो समयदेखि वितरण गरिँदै आएको ओटीको सुविधा कटौतीले चिकित्सक र कर्मचारी मारमा परेकाले तत्काल व्यवस्थापन गर्न माग गरिएको अध्यक

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ११८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एमाले क्षेत्र नम्बर १ मा संस्थापनका ९ जनाको नाम टुंगो लगाइयो, इतर पक्ष समेटिएनन्

    धरान । संस्थापन इतर पक्षलाई नसमेटी नेकपा एमाले क्षेत्र नम्बर १ बाट १० औं महाधिवेशन प्रतिनिधिको नाम टुंगो लगाएको छ । संस्थापन पक्षले आफ्ना तीन महिलासहित ९ जनाको अन्तिम नामावली टुंगो लगाएको हो । जसमा इतर पक्षमा समावेश छैनन् तर इतर पक्षलाई पनि समेटेर जाने एक नेताले जानकारी दिए । आइतबार इनरुवामा महाधिवेशन प्रतिनिधिको लागि नामावली दर्ता गराउने समयमा संस्थापन र इतर पक्षबाट ३१ जनाको नाम परेको थियो । जसमा संस्थापनबाट मात्रै २१ जना रहेका थिए भने १० जना इतर पक्षका थिए । इतर पक्षले धरानको होटल ड्रिमल्याण्डमा एक कार्यक्रम गर्दै महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी नहुने भनी निर्णय गरेको थियो तर आइतबार इ

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ९९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रदेश १ मा बिहानैदेखि एनसेल अवरूद्ध

    आज बिहानैदेखि प्रदेश १ मा एनसेलकाे नेटवर्कमा समस्या आएको छ । सुनसरीको दुहबीमा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि आज बिहानैदेखि एनसेल प्रयोगकर्ताहरूले सास्ती खेप्नु परेको छ । बिहानैबाट फोन नलाग्ने, आफै काटिने जस्ता समस्याहरू देखिएका छन् । एनसेलका एक प्रतिनिधिका अनुसार दुहबीमा केही समय अघि डुबानमा परेको स्थानमा समस्या आएको हो । मर्मतपछि दिउसो ३ बजे देखी केही समय चलेको भए पनि पुनः नेटवर्क आउने जाने समस्या देखिएको छ ।   उनका अनुसार अहिले फाइबर मर्मतको काम भइरहेको छ । ‘मर्मतको काम भइरहेको छ, केही बेरपछि समस्या हट्छ’, उनले भने ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ४१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरी बारसमेत आन्दोलित

    इनरुवा । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै सुनसरी बार समेत आन्दोलनमा उत्रिएको छ । नेपाल बार एसोसिएसन सुनसरी आजबाट आन्दोलनमा उत्रिएको हो । सोही अनुरूप सुनसरी बार सम्बद्ध कानुन व्यवसायीहरू पहिलो दिन आज १ घण्टा धर्नामा बसेका छन् । सुनसरी बारका अध्यक्ष शारदा प्रसाद अधिकारीको अगुवाइमा कानुन व्यवसायीहरूले कालो मास्क लगाएर १ घण्टा विरोध जनाएका छन् । सो क्रममा उनीहरू कार्यालय हातामा ११ देखि १२ बजेसम्म धर्नामा बसेका थिए ।  सुनसरी बारले सर्वोच्च अदालत परिसरमा जारी धर्ना तथा आन्दोलनको कार्यक्रमको समर्थनमा सुनसरीमा समेत आन्दोलन थालिएको जनाएको छ । बारले एक घण्ट

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • १५८ पटक पढिएको
    • अमर काफ्ले
  • काङ्ग्रेस पालिका अधिवेशनः निर्णायक पदमा दलितको प्रतिनिधित्व शून्य

    विजयपुर / नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका अधिवेशनका लागि निर्णायक पदमा दलितहरूको प्रतिनिधित्व प्रायः शून्य छ । काङ्ग्रेसको विधानअनुसार पालिकाका मुख्य पदमा ७ जना रहने व्यवस्था छ । जसमा एक सभापति, २ उपसभापति, २ सचिव र २ सह–सचिव रहने व्यवस्था छ । यी सातवटा निर्णायक पदमा दलितहरूको  प्रतिनिधित्व शून्य नै रहेको छ । संविधानमा नै समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने प्रावधान छ । नेपाली काङ्ग्रेसको विधानमा पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराउनु पर्ने प्रावधान रहेको छ । सुनसरी जिल्लामा १२ वटा स्थानीय तह छन् । १२ वटै स्थानीय तहमा सभापति, उपसभापति, सचिव, सह–सचिव जस्ता निर्णयक प

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ११८ पटक पढिएको
    • खिलानाथ विक
  • धनकुटामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    धनकुटा । धनकुटाको पाख्रिवासमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।धनकुटाको पाख्रिवास बजारबाट पाख्रिवास नगरपालिका ८ सुनबालुवातर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर पाख्रिवास नगरपालिका ८ लुम्पुवामा दिउँसोतिर दुर्घटना भएको हो । पाख्रिवास मुगा सडकखण्डमा पर्ने लुम्पुवामा भएको दुर्घटनामा परी ट्याक्टरका सहचालक पाख्रिवास नगरपालिका ७ का २४ वर्षीय टेकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । ट्याक्टरको इञ्जिनको भाग सडकको बीचमा पल्टिएर दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भएर दु

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • २१६ पटक पढिएको
    • सन्तवीर लामा

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved