मोरङ । मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेको जंगलमा मंगलबार दिउँसो एकजना महिलाको शव भेटिएको छ । शवको पहिचान खुलेको छैन । सिर्जना सामुदायिक वनभित्र अन्दाजी ४५–४६ वर्षीया महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए ।उनका अनुसार जंगलमा निगुरो टिप्न गएकाहरुले शव देखेपछि दिउँसो २ः ३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । अपरिचित महिलाको मृत्युको कारण भने नखुलेको उनले बताए । शवको प्रकृति हेर्दा घटना केहीदिनअघि भएको जस्तो देखिने प्रहरीले जनाएको छ । घटनास्थलबाट उठाएर प्रहरीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।‘मृतकको पहिचान ख
भद्रपुर । झापा गाउँपालिका वडा नं ५ सिमलडाँगीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ ।वुधबार बिहान झापा गाउँपालिका ५ सिमलडाँगी बस्ने अवदुल कोरिम अलीको घरमा विद्युत सर्ट भई आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।आगलागीबाट टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख, अब्दुल जुलास अलीको टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी ३ लाख,अमोर अली टिनको छाना, बाँसको टाटीबेराले बनेको एकतले घर र घरभित्र रहेका लत्ता–कपडा, अन्नपात,भाँडावर्तन गरी २ लाख ५० हजार , अनाबर अलीको टिन
सुनसरी । टिनको छानो भएको पाँचवटा भवन छ । कक्षा एकदेखि कक्षा आठसम्म पढाइ हुने विद्यालयको रजिष्टरमा विद्यार्थीको सङ्ख्या ९२ जना देखिन्छ ।प्रअसहित पाँचजना शिक्षक छन् । तर, नियमित रूपमा विद्यार्थी मात्रै होइनन्, शिक्षकसमेत विद्यालय आउँदैनन् । कहिलेकाहीँ कक्षा कोठा आउने विद्यार्थीसँगै शिक्षकसमेत टिफिनपछि भेटिँदैनन् । यो दुरावस्था हो, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ स्थित राष्ट्रिय आधारभूत विद्यालयको । कक्षा आठसम्म सञ्चालनको अनुमति पाएको सो विद्यालयको शैक्षिक अवस्था निकै दयनीय रहेको अनुगमनको क्रममा पाइएको छ । यस्तै भोक्राहा नरसिंह गाउँपालिका–५ मा रहेको आदर्श आधारभूत विद्यालयको
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दलहरुले पहिचान विरोधी नामाकरण प्रदेशको गराउन खोजे रमिते बनेर नबस्ने बताएका छन् । विराटनगरमा किराँत राई यायोक्खा केन्द्रिय समितिले प्रकाशन गरेको ‘किराँत सभ्यता’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । अधिकतम लचकता अपनाएर पहिचान सहितको नामाकरण गराउन सहमत हुने तर जभाभावी नामको प्रस्तावमा सहमती गराउन खोजे सरकार रमिते भएर नबस्ने मुख्यमन्त्री राईले बताए । उनले प्रदेश १ को नामाकरण किराँत पहिचान सहितको हुँदा आपत्ती मान्नुपर्ने कुनै कारण नभएको भन्दै कसैले जर्बदस्ती अर्को पहिचान
विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ की कल्पना मेहताको छाला चिलाउने रोगले हैरानी भएकी छिन् । कहिले छाला फुस्रो हुन्छ । कहिले दाग देखिन्छ । कहिले घाउ खटिरा आउँछ । कहिले चाहुरिन्छ । छालाका यावत् समस्या झेल्दै आएको उनले बताइन् ।यसरी गाउँभरी छालाको समस्याले ग्रस्त भएकी कल्पना मात्र होइन् । कटहरी ४ का गाउभरीका स्थानियको समस्या हो । गाउँभरी छालाको समस्याले ग्रस्त बनाएको कटहरी ४ मा रहेको क्वालिटी थाइ फुडस उद्योगबाट निस्किने प्रदूषित पानी प्रमुख कारण भएको यहाँका स्थानियको भनाई छ । ‘क्वालिटी थाइ फुडस उद्योगबाट निस्किने दूषित पानी उद्योगको पछाडीबाट सोझै लोहन्द्रा खोलामा हालेको छ,’ स्थानिय रामकुमार सिं
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको ५६ वर्षको उमेरमा निधन भएको छ । डा रौनियारको आज बिहान १० बजे निधन भएको उनको परिवारका निकट व्यक्तिले बताएका छन् । "वहाँको निधन भइसकेको हो । अहिले अरू डिटेल भन्ने अवस्था छैन" उनका एक नातेदारले भने । उनको उपचारको क्रममा भारतको कलकत्तामा निधन भएको हो । उनी उच्च रक्तचाप, मिर्गौला रोगबाट प्रताडित रहेको परिवार निकट स्रोतले जनाएको छ । उनको एक छोरा रहेका छन् । प्रतिष्ठानको उपकुलपति रहेकै समय २०७६ साल असारमा अख्तियारको स्टिङ अप्रेसनमा भतिजा डा. रामहरी रौनियारसहित पक्राउ परेका उनले ख
विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रतिनिधी सभाको निर्वाचनमा एमाले कसैसँग गठबन्धन नगरि एक्लै चुनावमा लडने बताएका छन् । प्रेस चौतरी प्रदेश नं. १ ले विराटनगरमा मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालले तत्काल राष्ट्रिय स्थरको गठबन्धन पक्षमा नभएको बताएका हुन् । ‘बाम गठबन्धन प्रिय लाग्ने शब्द मात्र हुन् । अहिले नै गठनबन्धन हुन सक्दैन,’ उनले भने, ‘ राजनैतिकमा सम्भावना भन्ने कुरा चाही हुदैन । तर, अहिलेको यो अवस्थामा बाम गठबन्धन आवश्यक छैन । त्यसैले अहिले बजारमा हल्ला भएजस्तो गठबन्धन हुनै सक्दैन ।’स्थानीय तहको निर्वाचनम
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि रिक्त रहेको रजिष्ट्रार पद र केही सातादेखि रिक्त रहेको अस्पताल निर्देशक पदमा को नियुक्त होला ? अहिले चासोको विषय बन्दै गएको छ । बीपी प्रतिष्ठानको चार प्रमुख पदहरूमध्ये उपकुलपतिपछिको चलायमान पद रजिष्ट्रार र अस्पताल निर्देशक हो । तर, गत असोजमा रजिष्ट्रार पदबाट प्रा.डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि हालसम्म पदपूर्ति हुन सकेको छैन । अस्पताल निर्देशक प्रा.डा. गौरिशङ्कर साहको पदावधि एक महिनाअघि सकिएपछि सो पद पनि रिक्त रहेको छ । रिक्त रहेको पदपूर्ति गर्न प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी केही दिनदेखि स्वास्थ्य मन्
विराटनगर । प्रदेश नं. १ लाई किरात प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरिएको छ ।प्रदेश नं. १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी गरेको सन्दर्भमा किरात राई यायोक्खाले किरात प्रदेशको माग राख्दै विराटनगरमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेको हो । सुनसरीको धरानबाट सुरु भएको मोटरसाइकल र्याली इटहरी, दुहबी हुँदै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै ज्ञापन–पत्र बुझाएका छन् । मुख्यमन्त्री र
विजयपुर । वराह ग्रुपसहित वराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूको चलअचल सम्पत्ति छानबिन गरी रोक्का गर्न माग गरिएको छ । वराह सहकारीबाट पीडित ‘वराह सहकारी पीडित सङ्घर्ष समिति’ ले केन्द्रीय सहकारी विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका हुन् ।आइतबार पीडित सङ्घर्ष समितिले धरान उपमहानगरमार्फत् केन्द्रीय सहकारी विभागमा निवेदन पठाएको छ । सङ्घर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलाका अनुसार वराह ग्रुप अफ कम्पनीका सञ्चालकसहित सहकारीका सञ्चालक समिति, पूर्व सञ्चालक, उपसमिति व्यवस्थापक र कर्मचारीहरूको चलअचल सम्पत्ति र बैङ्क खाता रोक्का गरी शेयरधनी र बचतकर्तालाई दिलाउन माग गरी निवेदन दिएको हो
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved