सुनसरी । नेपालबाट भारततर्फ चौपाया तस्करी हुने गरेको पाइएको छ । सीमा नाकामा सुरक्षार्थ खटिएका प्रहरीले निगरानी बढाएको दाबी गर्दै आए पनि तस्करी हुने क्रम रोकिएको छैन । बेला–बेला त्यसरी अवैध रूपमा भिœयाउने भैंसी, राँगा, गाई, गोरु प्रहरीले नियन्त्रणमा लिने गरे पनि तस्करी हुने क्रम यथावत् छ । प्रहरी, पशु क्वारेन्टाइन र भन्सारका कर्मचारीकै मिलेमतोमा तस्करी गराउने गिरोह सक्रिय रहेको स्रोतको दाबी छ । सुनसरीको घुस्की, वसन्तपुर, विक्रमपुर, देवानगञ्ज, भुटाहा, उल्टीसहितका नाका हुँदै दिनहुँजसो चौपाया भित्र्याउने गरिएको छ । तस्करहरूले चराउने बहानामा हिँडाउँदै भैंसी, राँगा, गाई, गोरु भित्र्याउने गरेका छन् भन
भद्रपुर। मेची भन्सार कार्यालयले आयातमा कम मूल्य र फरक शीर्षक देखाएर एक करोड ८७ लाख ८० हजार राजस्व छली गरेको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम भन्सारमा दाखिला गर्न निर्देशन दिएको छ । हालै प्रकाशित ५९ औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताबाट ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ । दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८/७९ मा भटमासको दाना आयात गर्दा कानूनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको प्रतिवेदनमा उल्ल
विजयपुर । धरान उपमहानगरपालिकामा स्थानीय सरकार सञ्चालन ऐनविपरीत राजनीतिक रूपमा करारमा कर्मचारी नियुक्त गर्दा नगरलाई नचाहिँदो आर्थिक भार बढ्ने गरेको छ ।वर्तमान नगर प्रमुख हर्कराज राईले 'काम चोर प्रवृत्तिका कर्मचारीलाई करार अवधि थप नगरी बिदा गर्ने’ सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेसँगै यसअघि नियुक्त भएका विभिन्न पदका १८ जना करारका कर्मचारीलाई हाजिर गर्न दिइएको छैन । पूर्व तथा निवर्तमान जनप्रतिनिधिहरूले स्थानीय सरकार सञ्चालन ऐनविपरीत आफ्ना कार्यकर्ता र नातेदारलाई करारमा कर्मचारी नियुक्त गरेकामध्ये १८ जनालाई हाजिर नगराएको हो । प्रदेश लोकसेवा आयोग गठन भई कर्मचारी भर्ना प्रक्रिया सुरु गरेक
विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणको विषयमा बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।शुक्रबार तीन घण्टा चलेको बैठक विना निष्कर्ष टुङ्गिएको हो । प्रदेशको नामकरणको विषयमा सहमति जुट्न नसकेपछि फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको सभामुख भण्डारीले जानकारी दिए । छलफल सकारात्मक भए पनि सहमतिमा नपुगेको उनले बताए । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचान नभए प्रदेशको नामै नआउने दाबी गर्दै आएका छन् । उनले छलफलमा पनि त्यही अडान दोहोर्याएको सभामुख भण्डारीले बताए । मुख्यमन्त्रीले बैठकमा पहिचानको आधारमा नामकरण गर्नुपर्ने विचार राख्नुभन्दा अघि काब्ग्रेस संस
धरान उपमहानगरपालिकामा विभिन्न घटनामा फरर रहेका ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्ने हरूमा विभिन्न समयमा धरान क्षेत्र भित्र लुटपाट तथा गुण्डागर्दी पूर्ण आतङ्क फैलाउने गरी हतियार प्रहार गरी फरार रहेका फरार हुनेहरू रहेका छन् । पक्राउ पर्नेहरूमा खरायो भनिने दिवस राई, नकुल राई, टाउके भनिने सुरज राई, विदुर राई, पप्पु भनिने योगेश तामाङ, कान्छा भन्ने निश्चल राई र रोजन लिम्बु रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेकाहरू मध्ये दिवस राई गत वर्ष साउन ११ गते धरान ११ का किरण तामाङलाई खुकुरी प्रहार गरी घाइते बन
धरान उपमहानगरपालिकामा करार अवधि सकिएका करारका कर्मचारीहरूलाई हाजिरी गर्न रोक लगाइएको छ । यसरी हाजिरी गर्न रोक लगाइएकाहरूमा उपमहानगरपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूमा कार्यरत ९ जना, प्राविधिक तर्फका ८ जना र एक जना नगर प्रहरी रहेका छन् । गत असार ३२ गते करार अवधि सकिएका ती कर्मचारीहरूको करार अवधि थप्ने वा नथप्न भन्ने विषय अन्योलमै रहिरहेको अवस्थामा हाजिरी खातामा नै सूचना टाँसेर उपमहानगरपालिकाले उनीहरूलाई हाजिर गर्न रोकेको हो ।प्रमुख प्रशासकीय अधिकृतको निर्देशन बमोजिम भनी हाजिर नगर्न भएका कर्मचारीहरूमा इन्जिनियर सौहार्द श्रेष्ठ, प्रभात तामाङ, सब–इन्जिनियर कमल बहादुर राई, सागर
विराटनगर । प्रदेश नं. १ को १४ जिल्लाको प्रहरी कार्यालयहरूमार्फत् आर्थिक वर्ष २०७८/०७९ मा ८ हजारभन्दा बढी मुद्दा दर्ता भई कानूनी कारबाही भएको छ । आर्थिक वर्षमा ८ हजार ५५ वटा विभिन्न अपराधसम्बन्धी शीर्षकमा मुद्दा दर्ता भई कारबाही भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुद्दा दर्ता भएकामध्ये ३ हजार १ सय ७७ वटा मुद्दाहरू फछ्र्यौट गरिसकेको छ । फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिबाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ८ करोड ७ लाख ४७ हजार ६ सय ७५ रुपैयाँ राजश्व सङ्कलन गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्त
मोरङको पथरी शनिश्चरे नगरपालिकामा पैनिमा डुबेर एक बालिकाको मृत्यु भएकाे छ । नगरपालिकाको ९ नम्बर वडा स्थित सगरमाथा चोक नजिकै पैनी डुबेर बालिकाको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेले जनाएको छ । कार्यालयका अनुसार आज बिहान ८ः४५ बजे अन्दाजी तेह्रथुमको छथर गाउँपालिका ३ घर भई कोठा भाडामा बस्दै आएका कुमार लिम्बूकी १९ महिने छोरी स्नेहा लिम्बू पैनीमा डुबेको अवस्थामा मृत फेला परेकि हुन् । बिहानै घरको आँगन खेल्ने क्रममा घर देखी ५० मिटरको दुरीमा रहेको पैनीमा डुबेको अवस्थामा स्थानीय भिमप्रसाद ढुङ्गानाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।डुबेको देखेपछि स्था
धरान । मोरङको बूढीगङ्गा गाउँपालिका–१ का दीपेन्द्र यादवलाई दुई महिनाअघि अपरिचित महिलाको फोन आयो । फोनमा सामान्य कुराकानी भयो । त्यो कुराकानी त्यतिमै सीमित रहेन । फोनमा हुने कुराकानी बाक्लियो । पेशाले मेकानिकल इन्जिनियर यादवसँग ती अपरिचित महिला अन्ततः यति नजिक भइन् कि उनीहरूबीच एक प्रकारले ‘प्रेमीप्रेमिका’को सम्बन्ध बन्यो । ती अपरिचित महिला थिइन्–विराटनगर महानगरपालिका–५ की अनु साह । यादवको पत्नी एक वर्षीया छोरीलाई छोडी बी.बी.ए गर्न काठमाडौँ गएकी थिइन् । पत्नी नभएपछि एक्लो महसुस गरेका यादवले आफूसँग जोडिन आइपुगेकी अनुसँग ‘हाइहेल्लो’मा मात्रै सीमित राखेनन् । चिया, कफी खानेदेखि भेटघाट पनि
धरान । धरान मेघा थ्री बाई थ्री एसईई स्तरीय खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि चिल्डे«न एकेडेमीले जितेको छ ।बुधबार सम्पन्न फाइनलमा होलिल्यान्ड स्कुललाई १२–१० झिनो अंकको अन्तरले पारजित गरेको हो । विजेताले नगद ६ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । होलिल्यान्डले नगद तीन हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । कार्यक्रमका अतिथि सियोन स्कुलका अध्यक्ष खड्क थापा मगरले विजेता, उपविजेताले थप एक–एक हजार रुपैयाँ दिएका थिए । आयोजकले भने ५ हजार र २ हजार ५ सय रुपैयाँ नगद दिने घोषणा गरेको थियो ।धरान बास्केटवल संघको आयोजना प्रतियोगिता भएको हो । धरानको मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved