भद्रपुर । झापा हल्दीबारीका एक पुरुषले स्थानीय १२ वर्षीया बालिकालाई गर्भवती बनाएको परिवारले आरोप लगाएका छन् । ती पुरुषबाट बालिकाको २८ हप्ताको गर्भ रहेको समेत दावी गरेका छन् । पुरुषबाट बलात्कृत भएको बताएपछि परिवारजनले सोमबार जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दिएका छन् ।बालिका बलात्कार गरेको आरोपमा परिवारबाट जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए । प्रहरीले सोही उजुरीका आधारमा आरोपीतलाई पक्राउ गरेको डएसपी पाठकले जानकारी दिए । उनलाई प्रहरीले सोमबार दिउँसो हल्दीबारीबाटै पक्राउ गरेको उनले बताए । पीडित बालिकालाइ स्वास्थ्य परीक्षणका लागि अस्पताल
विजयपुर । धरान उपमहानगरमा २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले आफ्नो ५ वर्षे कार्यकालमा धरान खानेपानी व्यवस्थापन बोर्डमा कुल कर्मचारीको ५० प्रतिशतभन्दा बढी भर्ती गरेको पाइएको छ ।बोर्डमा कुल १ सय ११ जना कर्मचारी रहेका छन् । जसमा २ जना स्थायी र ३ जना धरान उपमहानगरका काजका कर्मचारी छन् भने अन्य १ सय ६ जना करारका कर्मचारी हुन् । २०७४ मा निर्वाचित जनप्रतिनिधिको पदावधिमा नै ६८ जना कर्मचारीले नियुक्ति पाएको बोर्डको कार्यालयले दिएको तथ्याङ्कले देखाएको छ । जनप्रतिनिधिको ५ वर्षे पदावधिमा कार्यवाहकसहित ३ जना प्रमुख पायो । धरान खानेपानी व्यवस्थान बोर्डको अध्यक्ष धरान उपमहानगरको प्रमुख रहने व्यवस्था रहेको छ
विजयपुर । धरान उपमहानगर क्षेत्रमा पर्ने सरकारी तथा उपमहानगरकै नाममा भएको जग्गा पनि भूमाफियाले चलखेल गरी खरिद बिक्री गर्ने कार्य अझै रोकिएको छैन । सरकारी जग्ग अनधिकृत रूपमा खरिद बिक्री हुँदा पनि नियामक निकाय भने मौन रहँदै आएको छ ।विगत लामो समयदेखि विभिन्न स्थानमा सुकुम्बासीका नाममा राजनीतिक दलका नेतासहित जनप्रतिनिधिहरूबाट नै सरकारी जग्गा खरिद बिक्री हुँदै आएको थियो । धरानको सेउती, सर्दुलगायतका खोला आसपासमा सरकारी जग्गा राजनीतिक दलका कार्यकर्तासहित भूमाफियाले सरकारी जग्गा बिक्री गर्दै आएका थिए । पछिल्लो समय धरानका विभिन्न स्थानमा भूमाफियाले सरकारी जग्गा अतिक्रमण गरी खरिद बिक्री गर्दै आएका छन् ।
वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाले चतरामा निर्माणाधीन १५ शय्याको प्राथमिक चतरा अस्पतालको काममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको भन्दै काममा रोक लगाएको छ । अस्पताल निर्माणस्थलमा आइतबार नगर प्रमुख रमेश कार्कीलगायतको समूहले गरेको अनुगमनमा गुणस्तरहीन इँटा र बालुवा प्रयोग गरिएको भेटिएपछि निर्माण कार्यमा रोक लगाएको हो । प्रमुख कार्कीले ठेकेदार कम्पनी एमएस प्रतिष्ठा के एन्ड केजी ज्वाइन्ट भेन्चरले अस्पतालको भित्ता बनाउन कमसल बिडीआर ब्रान्डको इँटा प्रयोग गरेको बताए । प्लास्टर गर्ने बालुवाले इँटा जडान गरेको पाइएपछि काम रोक्न भनिएको नगर प्रमुख कार्कीले बताए । वराहक्षेत्रको गौरवको रूपमा बन्दै ग
देउराली । आइतबार एक नम्बर प्रदेशको दशौँ तथा बजेट अधिवेशनको २० औँ बैठक चलिरहेकाे थियो । बैठकमा विभिन्न समयमा विभिन्न सांसदहरूले बोलिरहेका थिए । सांसद सर्वध्वज साँवाको पनि बैठकमा शून्य समयमा बोल्ने पालो आयो । उपसभामुख सरस्वती पोखरेलले बोल्नका लागि नाम लिएसँगै उठेका साँवा " गुहार... गुहार... " भन्दै चिच्याए ।डर भावमा स्वरमा चिच्याएका साँवा तर्फ बैठकमा रहेका सांसद देखी कर्मचारी सबैले एक पटक मुन्टो घुमाए । बिस्तारै श्वासलाई मधुरो बनाउँदै साँवाले भने "...भन्न चाहन्छु ।"प्रदेश सभाका बैठकमा प्रायः अलग अन्दाजमा प्रस्तुत हुने साँवा पछिल्लो समय प्रदेशको नामाकरणको विषयलाई दिएर आफूहरू घेराबन्दीमा परे
सुनसरीकाे इनरुवाबाट २ सय बढी लागुऔषध गाँजा सहित प्रहरीले १ जनालाइ पक्राय गरेकाे छ । इनरूवा नगरपालिका ४ नम्बर वडास्थित बसचाेकमा चेक जाचकाे क्रममा पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को १ ख २९२६ नम्बरको पिकअप भ्यानमा ७ बोरा २०८ केजी गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्याल, सुनसरीले जनाएकाे छ । कार्यालयका अनुसार अदुवा बाेकेको उक्त पिकअप भित्र लुकाएर ल्याउदै गरेकाे अवस्थामा उक्त परिमाणकाे गाँजा बरामद भएकाे हाे । गाँजासंगै उक्त पिकअपका चालक धनकुटा जिल्ला शहिदभूमी २ का वर्ष २१ का तेज राई लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानूनी कारवाही भइर
झापाकाे एक चिया बगानकाे रूखमा झुन्डिएकाे अवस्थामा तीन किशाेरीकाे शव फेला पारेकाे छ । जिल्लाकाे कचन कवाल गाउँपालिका ५ पाठामारीको बेल्लेगाँउमा रहेकाे सुनकोशी चिया बगानकाे बयरकाे रूखमा झुण्डीएकाे अवस्थामा चिया बगानमै काम गर्ने स्थानिय १६ वर्षीया करिना गणेश, १७ वर्षिया अञ्जली गणेश र १६ वर्षिया कल्पना गणेशको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताएका छन् । दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए । हिजाे ( शनिबार) दिउसाेबाट हराएका उनिहरूकाे खाेजिकार्य भइरहेकाे थियाे । आइतबार बिह
विराटनगर । आर्थिक रूपमा ‘टाट’ पल्टिएको विराटनगरस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालि बन्द भएको छ । अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरूले पाउने तलबसमेत नदिइकन आर्थिक रूपमा टाट पल्टिएको एम्स अस्पताल अनिश्चितकालीन बन्द भएको हो ।विराटनगरको हस्पिटल चौक नजिक रहेको अस्पतालमा तीन दर्जन स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब पाउन बाँकी रहेको छ । एक जना चिकित्सकले ७ लाख रुपैयाँसम्म पाउनुपर्ने देखिएको छ । यहाँ काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारी गरी करिब ३० जना कर्मचारीहरूले २० देखि २५ लाख रूपैयाँभन्दा बढी पारिश्रमिक पाउनुपर्ने देखिन्छ । चरम् आर्थिक सङ्कट उत्पन्न भएपछि आन्तरिक द्वन्द्वको
धनकुटा । धनकुटा नगरपालिका वडा नं. १० को छाप र लेटरप्याड कीर्ते गरेर प्रयोग गरिएको पाइएको छ । धनकुटा–१० मा रहेको ऐतिहासिक मार्गा पोखरी संरक्षण समितिले प्रदेश सरकारबाट पाएको ६ लाख रुपैयाँ नगद भुक्तानीको लागि वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग गरेको हो । प्रदेश सरकार, पर्यटन मन्त्रालयले मार्गापोखरी संरक्षणको लागि ६ लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटमा सम्झौता गर्दा वडा कार्यालयको सिफारिस लगेको भए पनि रकम निकासा गर्दा भने छाप र लेटरप्याड आफै बनाएर लगेको पाइएको वडा कार्यालयले बताएको छ ।मार्गापोखरी संरक्षण समितिका निवर्तमान अध्यक्ष टङ्क दर्लामी, सचिव दामोदर सुवेदी र जलकल्याण माविका प्रधान
पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका किसानको लाखौं रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम–३ लालीखर्कमा कनका सुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताउने महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् ।कृषक तथा व्यवसायीहरूलाई लाखौं रुपैयाँ भुक्तानी दिनुपर्नेमा उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् । सदरमुकाम फिदिम जाने भनी हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । व्यवसायी हमाल र उनकी श्रीमतीको मोबाइल स्वीचअफ गरिएको र उनीहरूको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले खोजी गर्न प्रहरीमा निवेदन दिएका छन
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved