विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाकोे ग्रामीण सुधार सामुदायिक वनभित्रबाट सखुवा जातको काठ तस्करी बढेको छ । कानेपोखरी गाउँपालिकाभित्र तीनवटा सामुदायिक वन तीन क्षेत्रमा रहेका छन् । यहाँको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समिति क्षेत्र नं. १, २, र ३ नं. रहेको छ । यी तीनवटै सामुदायिक वनबाट रातको समयमा काठ तस्करी गर्ने गिरोह सक्रिय रहेका छन् । गिरोह चारकोसे जङ्गलभित्र प्रवेश गरेर सालको काठ तस्करी गरी स्थानीय काठ मिल र फर्निचरहरूमा बिक्री वितरण गर्दै आएको स्थानीय बताउँछन् । वनभित्रबाट चोरी भएको ४४ क्यूविक फिट सखुवाको काठ बिहीबार बरामद गरेपछि काठ तस्करी धन्दा बाहिरिएको हो ।कानेपोखरी ४ र ६ मा पर
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०७८/०७९ मा ११ करोड रुपैंयाँभन्दा बढी जरिवाना संकलन गरेको छ । प्रहरीले गतबर्षको साउन १ गतेदेखि यसबर्षको असार मसान्तसम्ममा अवैध सामग्री पक्राउ, नदीजन्य पदार्थ उत्खनन् र अवैध काठ तस्करीबाट जरिवाना संकलन गरेको हो ।यस अवधिमा प्रहरीले अवैध सामग्री नियन्त्रण तथा भन्सार दाखिला गरेर मात्र ५ करोड ८५ लाख २५ हजार ४३ रुपैंयाँ संकलन गरेको छ । खुल्ला सिमानाका कारण हुने अवैध ओसार–पसार नियन्त्रण गरेर प्रहरीले सो परिमाणको राजश्व जम्मा गरेको हो ।यस्तै अवैध काठ तस्करी नियन्त्रणबाट ४० लाख ५७ हजार ५३६ रुपैंयाँ राजश्व संकलन गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठ
विराटनगर । बिरामीलाई अत्यावश्यक पर्ने औषधिको अनुचित प्रयोग गरी कमाउधन्दामा लागेका गिरोहले यसको चरम् दुरुपयोग गर्ने गरेको पाइएको छ । औषधिको चरम् दुरुपयोग गर्दै लागूऔषध बनाएर प्रदेश १ का पूर्वी सहरमा बिक्री वितरण गर्ने गिरोहको सञ्जाल सक्रिय रहेको पाइएको हो ।बिरामीले सेवन गर्ने औषधिको दुरुपयोग गरी लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी चाँडै कमाउने धन्दामा लागेका यस्ता गिरोह झापा, मोरङ, सुनसरी र उदयपुरमा अधिक रहेका छन् । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधिलाई मिश्रण गरी लागूऔषध बनाएर युवापुस्तालाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो । डाइसाइक्लोमाइन, ट्
धनकुटा । प्रदेश सरकारको लगानीमा धनकुटा अस्पताललाई १ सय शøयाको स्तरोन्नति गर्ने भनेर उद्घाटन गरिए पनि त्यसबाहेक अन्य काम अगाडि बढेको छैन ।जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले अस्पताललाई १ सय शय्याको बनाउन ३६ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइए पनि अन्य कुनै काम नै सुरु नभएको बताए । १ सय शय्याको अस्पताल बनाउन आवश्यक जग्गाको व्यवस्थापनसमेत भएको छैन । अस्पतालको नाममा १६ रोपनी जग्गा रहेको छ । तर, १ सय शøयाको अस्पताल सञ्चालन गर्न कम्तीमा ५० रोपनी जग्गा आवश्यक पर्ने जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए । उनले धनकुटा अस्पताललाई स्तरोन्नति गर्न चालु आ.व.मा ३ करोड रुपैया“ बजेट विनि
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका पार्टीलाई चुनावबाट कुनै पनि हालतमा पराजित गर्नुपर्ने बताएका छन् ।बुधबार झापाको बिर्तामोडमा नेकपा एमालेको जनबर्गीय संगठन नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा गठबन्धन गरेर देशमा लुट मच्चाउने नेता कार्यकर्तालाई पराजित गर्नुपर्ने बताए । ‘सत्ता गठबन्धनका पार्टीलाई जनता सजग भएर एकमुष्ठ पराजित गर्नुपर्छ, ओलीले भने– ‘हामी सत्तामा हुँदा गरेको बिकास मन नपरेर यिनले गठबन्धन गरेका हुन, उनीहरुलाई पराजित गर्नुपर्छ ।’ओलीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका ल
राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०७८ को ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना परिक्षार्थि रहेकामा ४ लाख ९५ हजार ७५१ जना मात्र परीक्षामा सहभागी भएका थिए । ४.५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।परीक्षा दिएकामा सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन ९ हजार ६३३ जना रहेकाे बाेर्डले जनाएकाे छ । कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । सार्वजनिक नतिजा अनुसार ३.६
धरान । यसै साता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एउटा महत्वपूर्ण निर्णय गर्यो । त्यो निर्णय थियो; विश्वव्यापी रूपमा फैलिएको मङ्कीपक्सबारे । ७५ देशमा फैलिएपछि डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गर्दै सचेत रहन निर्देशन दिएको छ । डब्ल्यूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेकै साता भारतको दिल्लीमा मङ्कीपक्सका बिरामी भेटिए । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको सिटी अस्पतालमा उपचाररत ३१ वर्षीय युवकमा मङ्कीपक्स सङ्क्रमण देखिएको हो । भारतमा मङ्कीपक्सका चारजना बिरामी भेटिएका छन् । जसमध्ये तीनजना केरल प्रान्तका छन् । डब्ल्यूएचओले तेस्रो पटक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । जब कि यसबीचमा विश्व कोर
विराटनगर । विराटनगरस्थित एक कलेजमा नर्सिङ अध्ययन गर्दै आएकी एकजना किशोरीलाई नसालु पदार्थ खुवाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई कराँतेका प्रशिक्षकलाई पक्राउ गरेको छ । ‘जबर्जस्ती करणी’ मुद्दामा विराटनगरका विनोद राउत र सुरज सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राउत र सुवेदी मोरङ जिल्ला कराँतेका स्थायी सहायक प्रशिक्षक हुन् । उनीहरू २०५२ सालदेखि कराँतेको सहायक प्रशिक्षक भएर काम गर्दै आएका थिए । प्रहरीले मङ्गलबार मोरङ अदालतमा दोस्रो पटक म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनीहरूलाई साउन ८ गते प्रहरीले पक्राउ गरेको थियो
सुनसरी । आर्थिक वर्ष २०७८/७८ मा सुनसरी हुँदै झन्डै ६ अर्ब बराबरको विभिन्न सामान आयात भएको छ ।सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म पाँच अर्ब ९३ करोड ८८ लाख ७७ हजार बराबरको प्रमुख १५ वटा वस्तुहरू आयात भएको छ भने निर्यात शून्य रहेको छ । सुनसरी भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी धान, आलु, मकै, चामल, प्याज आयात भएको हो । कृषिजन्य उत्पादनमा कमी आउँदा कुनै बेला नेपालबाट भारत निर्यात हुने चामल र गहुँ अहिले भारतबाट आयात हुने गरेको छ । सुनसरी हुँदै आर्थिक वर्ष २०७७/०७८ सालमा ८८ करोड ९४ लाख २९ हजार
भद्रपुर । केहि दिन अघि झापाको दक्षिणी क्षेत्र कचनकवलमा एउटै रुखमा तीन किशोरी एकैपटक झुण्डिएको घट्नाका विषयमा हालसम्म कुनै कारण पत्ता लाग्न सकेको छैन । घट्नाको कारण खोज्न १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको (आरआईटी), प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बनियानीको संयुक्त टोली आइतबारदेखि सो क्षेत्रमा खटिएको छ । घटनास्थलको विषय वस्तु र पोस्टमार्टम रिपोर्ट बुझ्दा अहिलेसम्म ठोस प्रमाण भने फेला नपरेको जिल्लाका डिएसपी वसन्त पाठकले जानकारी दिए । अलग–अलग परिवारका तीन जना किशोरी एकैपटक जीवन त्याग्नेबारे सहमति जुटाएको विषय आश्चर्य भएको उनको भनाइ छ । पोष्टमार्टम गर्ने चिकित्सकलाई सम्पर्
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved