Trending Tags

मुख्य समाचार

    Showing ३१-४० of ६,७०९ items.
  • महिला हिंसाविरुद्धको अर्थहीन अभियान

    महिला हिंसाविरुद्धको सोह्र दिने अभियान अर्थात् ‘बजेट सक्ने चटके अभियान’ बिहीबारबाट सुरु भएको छ । यसलाई किन चटके अभियान भनियो होला ? धेरैलाई लाग्दो हो, यस्ता सङ्गीन आरोप लगाउने अधिकार कसैलाई छैन, तर यो अभियानको प्रारम्भ भइरहँदा प्रदेश १ मा मात्रै यो चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म २ सय ९७ वटा महिला तथा बालबालिकासम्बन्धी अपराधका घटना भए । जसमा ६५ जना पीडक त महिला नै छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवम् एसपी नवीनराज राईमार्फत् प्राप्त तथ्याङ्कमा महिलाहरू महिलाहरूबाटै पीडित छन् । महिलामाथि हुने घरेलु हिंसाको अवस्था उस्तै भयावह छ । साउनदेखि कात्तिक मसान्तसम्म ४ सय १५ जना मह

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • ८३ पटक पढिएको
    • भोजराज श्रेष्ठ
  • लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियानः संखुवासभामा महिला, बालबालिकासहित एकल महिला बढि हिंसामा

     सङ्खुवासभा । बिहीबार वाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । विगतबाट बर्सेनि रूपमा मनाउने गरेको यो अभियान मनाउनको लागि मात्रै मनाइने गरेको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बर्सेनि धेरै सङ्ख्यामा हिंसाका घटनाहरू भइरहेको छ । भने हिंसाको सिकार महिला तथा बालबालिकाहरू तथा एकल महिलाहरूले भोग्नु परिरहेको छ । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ देशैभरि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीमा बिहानैबाट प्रभात फेरीसहित विभिन्न कार्यक्रमको आयोजना भएको छ ।  महिला तथा बालबालिकाको मानव

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • ९९ पटक पढिएको
    • खेवाहाङ मेवाहाङ
  • इटहरीबाट मोटरसाइकल चाेरी गरि लादै गर्दा पक्राउ

    इटहरीमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ घर भई इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्दै आएका २४ वर्षीय समिर परियार र इटहरी ३ तालतलैयाका १९ वर्षीय राजेश खडका रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।कार्यालयका अनुसार इटहरी ५ का राजेन्द्र प्रसाद ढुङ्गानाको आफ्नै घरमा पार्किङ गरी राखेको  बा ९४ प ९९२६ नम्बरको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा  विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाट नटीकैबाट इलाका प्रहरी कार्यालय रानीले मोटरसाइकलसहित परियारलाई पक्राउ गरेको थियो ।मोटरसाइकल सहित पक

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • २४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाचँथरमा भालुको आक्रमणबाट ७० वर्षीय बृद्धा घाइते

    पाचँथरमा भालुको आक्रमणबाट एक बृद्धा महिला घाइते भएकी छिन् । घाइते हुनेमा फालेलुङ गाउँपालिका ३ मेमेङका ७० वर्षीय रामकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले बताएका छन् ।थापाका अनुसार गाईवस्तु चराउन भ्याक्टे जङ्गल पुगेकी उनिमाथि शुक्रबार बिहान अन्दाजी ७ बजे भालुले आक्रमण गरेको थियो । आक्रमणमा परि गम्भिर घाइते भएकी बृद्धको उपचारका लागी जिल्ला अस्पताल फिदिम लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए  ।

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • ८० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘गुण्डा नाइके’ ल्याउन चौकीदारसहित ८ कैदीबन्दीको सरुवा

    विराटनगर । गुण्डा नाइके अभिषेक गिरीलाई फेरि विराटनगर कारागार सरुवा गर्ने निर्णय कार्यान्वयन गराउने उद्देश्यले चौकीदार कात्तिक कामतसहित ८ जना कैदीबन्दीको सरुवा गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा अपराधी ठहर भएर कैद सजाय भुक्तान गरिरहेका गिरीलाई मोरङ कारागार ल्याउनको लागि कारागार व्यवस्थापन विभागले बुधबार आठ जनालाई सिन्धुली कारागार सरुवा गरेको हो । सरुवा हुनेहरूमा चौकीदार कामत, सिटी कमाण्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रशासनका विकास महतो, विवेक कामत, शिवनारायण माझी र मौसम चौधरी कैदीको सरुवा गरिएको छ । ८ जना कैदीबन्दीको सरुवाको पत्र आएको आफूले पनि जानकारी पाएको मोरङका प्रमुख

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • २२५ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • झापा कांग्रेसको सभापतिकालागि थेवे र कट्टेलले प्रतिष्पर्धा गर्ने

    बिर्तामोड । नेपाली कांग्रेस झापाको आसन्न जिल्ला अधिवेसनमा सभापतिका लागि दुईजनाबीच प्रतिष्पर्धा हुने भएको छ । कांग्रेसको झापा नेतृत्वको लागि पुर्व उपसभापति देउकुमार थेवे र बर्तमान उपसभापति राम कट्टेलले प्रतिष्पर्धा गर्ने भएका हुन् ।कांग्रेस झापाको मंसीर १० गते जिल्ला अधिवेसन हुँदैछ । दुबै उम्मेद्वारले बिर्तामोडमा पत्रकार सम्मेलन गरी सभापति पदमा उम्मेद्वारी दिने बताएका छन् । थेवेले उपसभापतिमा केशबराज पाण्डे र शेरबहादुर भट्टराई, सचिवमा पत्रकार महासंघका पुर्व सभापति समेत रहेका कृष्ण हुमागाँई र बिद्यार्थी राजनीतिबाट उदाएका नविन बिमली, सहसचिवमा कमल भण्डारी र कालेन्द्र राजबंशीलाई पदाधिकारीमा खडा गरेक

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एम्स कलेजद्वारा वक्तृत्वकलाकी विजयी उषा कार्कीलाई सम्मान

    धरान । आन्तरिक राजस्व कार्यालय धरानले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा विजयी बनेकी एम्स एकेडेमी विज्ञान सङ्कायकी उषा कार्कीलाई कलेजले सम्मानित गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी सम्मानित गरेको कलेजका व्यवस्थापन सङ्कायका प्रमुख संयोजक दुर्गा सुवेदीले जानकारी दिए । सुवेदीका अनुसार मङ्गलबार सम्पन्न प्रतियोगितामा एम्सकी उषा तेस्रो बनेकी थिइन् । उनले विज्ञान सङ्कायका विद्यार्थीहरू ‘सिङ्गल डाइमेन्सन’ का हुने भनी व्याख्या गरिए पनि विज्ञान सङ्कायमा पढ्ने विद्यार्थीहरू त्यस्तो नहुने भन्ने प्रमाणित गरिदिएको बताए । ‘विज्ञान पढ्ने भनेपछि यिनीहरू पढन्ते मात्रै हुन्, यिनीहरूलाई

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • २५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सजायबाट बच्न मृत्यु दर्ता प्रमाण–पत्र

    धरान । डाँका मुद्दामा ६ वर्ष कैद सजाय पाई फरार रहेका सुनसरी इनरुवाका एक अभियुक्तले सजायबाट बच्नका लागि मृत्यु दर्ता प्रमाण पत्र बनाएको प्रहरीले प्रमाण फेला पारेको छ । सुनसरी इनरुवा नगरपालिका–७ (साविक चाँदबेला गाविस–१) का अजित मियाँले स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाण–पत्र बनाएको प्रहरीले प्रमाण फेला पारेको हो । २०६८ सालमा उनीसहित तीन जनाको समूह डकैत गरी फरार रहेको थियो । सुनसरी जिल्ला अदालतले उनको नाममा २०७५ असार ११ गते ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिबाना तोकेको थियो । यसबीचमा स्थानीय पञ्जिकाधिकारीबाट मृत्यु दर्ताको प्रमाण–पत्र बनाइसकेकाले पक्राउ गर्न प्रहरीलाई हम्मे परे

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरी क्षेत्र नम्बर १ कांग्रेसमा कोइराला समूहको बर्चश्व

    धरान । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ मा कोइराला समूहका सुजेन्द्र तामाङको प्यानल विजयी बनेको छ ।संस्थापन देउवा समूहका लक्ष्मी खतिवडाको प्यानल पराजित बनेको हो । धरान ८ सभागृहमा राति सम्पन्न मतपरिणामअनुसार कोइराला पौडेल समूहबाट सभापतिमा उम्मेदवारी दिएका तामाङले ३९३ मत ल्याई विजयी बनेका हुन् । संस्थापनकी लक्ष्मी खतिवडाले २१५ मत पाइन् । त्यस्तै सचिवमा महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत ल्याउँदा संस्थापनका देवेन्द्र लिम्बूले २९३ र जयबहादुर लिम्बूले १७२ मत मात्रै पाए । त्यस्तै सहसचिवमा भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले २८२ मत पाए भने संस्थापनका सहसच

    • प्रकाशित मितिः मंसिर ८, २०७८
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सोलुखुम्बुमा बुबाद्वारा आफ्नै छोराछोरी माथि एसिड प्रहार

    सोलुखुम्बुमा बुबाले आफ्नै  छोराछोरीलाई एसिड प्रहार गरेका छन् । सोलु–दुधकुण्ड नगरपालिका ५ का ५० वर्षीय मोहन बराइलीले घरायसी विवादका कारण छोरा २५ वर्षीय सुरज र १५ वर्षीय छोरी माथि एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।कार्यालयका अनुसार सुनचाँदी व्यवसायी मोहनले मादक पदार्थ सेवन गरी घरसंगै रहेको सुन पसलको विषयमा विवाद हुँदा उनीहरूमाथि पसलमा रहेको सुन सफा गर्ने एसिड प्रहार गरेका हुन् । बुबाले प्रहार गरेको एसिड छोरा सुरजको घाटी र दायाँ हातमा र छोरीको हात र खुट्टामा पोखिएपछि घाइते भएका  सुरजको जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौँस्थित

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • १७२ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved